site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
पर्वत अस्पतालमा छैन डेंगी परीक्षण गर्ने कीट
SkywellSkywell

पर्वत । पर्वतमा दिन प्रतिदिन डेंगी सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्दै गएको छ । गत साउनदेखि बिरामीको सङ्ख्या बढ्दै जाँदा पर्वत अस्पतालमा भने कीट अभाव भएको छ ।  

अस्पतालमा कीट अभाव हुँदा डेंगीका लक्षण देखिएका बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल तथा पोखरा र बागलुङ जान बाध्य भएका छन् । पर्वत अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले आफूहरूले नै खरिद गरेर ल्याएको दुई सय कीट परीक्षणको क्रममा सकिएकाले अहिले कीट नभएको बताइन् । 

“अस्पताल विकास समितिबाट निर्णय गराएर हामी आफैँले कीट खरिद गरेर परीक्षण गर्दै आएका थियौँ । हामीले ल्याएको २०० कीट सकिएपछि फेरि २०० कीट माग गरेका छौँ,” उनले भनिन्, “अन्य अस्पतालमा जुन दरमा डेंगीको परीक्षण भइरहेको छ, त्यसरी नै सेवा दिने भनेर एक जनाको परीक्षणको रु ८०० मात्र लिएका छौँ । माग गरेको कीट आएपछि परीक्षणमा समस्या हुँदैन ।” 

Dabur Nepal
NIC Asia

कीट आइपुग्न अझै केही दिन लाग्ने अधिकारीले बताइन् । सरकारले निःशुल्क परीक्षण गर्ने डेंगी पर्वतका बिरामीले सरकारी अस्पतालमै पनि महँगो शुल्क तिरेर परीक्षण गर्न बाध्य भएका हुन् ।

अधिकारीका अनुसार केही समय पहिलेसम्म अस्पताललाई आवश्यक परेका सामग्री प्रदेशबाट जिल्ला स्वास्थ्य कार्यालयलाई दिएर स्वास्थ्य कार्यालयले जिल्ला अस्पतालसहित जिल्लाका अन्य ठाउँमा रहेका स्वास्थ्य संस्थालाई उपलब्ध गराउने गरेको थियो । तर अहिले त्यो नियम परिवर्तन गरेर स्वास्थ्यले वितरण नगरी प्रदेश आपूर्तिले प्रदेश ल्याबलाई र प्रदेश ल्याबले जिल्लामा रहेका अस्पताललाई सामग्री उपलब्ध गराउने नियम छ ।

यही नियमका कारण स्वास्थ्य कार्यालयले अस्पताललाई परीक्षण कीट उपलब्ध गराउन नसक्ने स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले जानकारी दिए । अहिले डेंगीको प्रभाव बढ्दै गइरहेको बेलामा नागरिकले पाउने स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित हुनुपर्ने उनको भनाइ छ । 

स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयमा नआउने भएकाले माथिबाट आउँछ कि आउँदैन भनेर पर्खिएर बस्नुभन्दा जिल्लाका सबै स्थानीय तहहरूले नै नागरिकको आधारभूत स्वास्थ्यको जिम्मेवारी लिनुपर्ने पौडेलको भनाइ छ । केन्द्र र प्रदेश सरकारबाट कीट सप्लाई होला र अनि जाँचेर उपचार सुरु गरौँला भनेर नबस्न उनको सुझाव छ । 

परीक्षण कीट ठूलो परिमाणमा किन्नुपर्ने भएकाले प्रदेश स्वास्थ्य मन्त्रालयको आपूर्ति महाशाखा टेन्डरको प्रक्रियामा जानुपर्ने र यही बेलामा आर्थिक वर्ष परिवर्तनपछिको समय रहेकाले अलि अभाव रहेको कुरा आफूले बुझेको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले बताए । तर, माथिबाट कीट नआएको बहानामा बिरामीलाई निजी वा जिल्ला बाहिरका महँगा अस्पतालमा जान बाध्य नपार्नका लागि फरक शीर्षकको रकमबाट कीट ल्याएर भए पनि काम चलाइएको उनको भनाइ छ ।

“बिरामीलाई समस्या हुनु त भएन नि भनेर अस्पताल आफैँले खरिद गरेर कीट ल्याएको छ । त्यो कीटको खर्च हामीले बिरामीसँगबाट लिने गरेका छौँ । हामीले एक जनाको परीक्षणमा रु आठ सय लिएका छौँ, यो बिमाले दिने दर हो,” अध्यक्ष गिरीले भने, “डेंगी हो होइन भनेर छुट्याउन बिरामी पोखराकै निजी अस्पतालमा जानुपर्ने अवस्था आयो, जसको खर्च धेरै आउँछ । यसैले केही रकमलाई सारेर कीट ल्याएका छौँ । अब प्रदेश प्रयोगशालाले दिन थालेपछि हामीले खरिद गर्नुपर्दैन र बिरामीले पनि त्यो रु ८०० तिर्नु पर्दैन । प्रयोगशालाले नदिने बेलासम्म हामीलाई निकै कठिन भइरहेको छ ।”

जिल्ला अस्पतालले रु ८०० मा डेंगीको परीक्षण गरिरहेको बेलामा बजारमा रहेका निजी स्वास्थ्य संस्थाले भने रु एक हजार २०० वा त्यसभन्दा बढी रकम लिने गरेका छन् । एकै प्रकारको कीटबाट परीक्षण गरेको भए पनि मूल्य भने कम्तीमा पनि पर्वत अस्पतालको भन्दा रु ४०० भन्दा बढी लिने गरेको परीक्षणमा गएका बताउँछन् ।

सुपरिन्टेन्डेन्ट डा अधिकारीका अनुसार अहिलेसम्म अस्पताल परीक्षणमा आएकामध्ये ३५ मा डेंगीको सङ््क्रमण पुष्टि भएको छ । निजी तथा जिल्लाका अन्य क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा भएको पुष्टिको तथ्याङ्क अस्पतालसँग नहुने भएकाले डेंगीका बिरामीको वास्तविक सङ्ख्या धेरै रहेको हुनसक्ने उनले बताइन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro