राजनीति
![सरकारले विद्युत् विधेयक फिर्ता लियो](https://12khari.top/uploads/posts/National Assembly Rastriya Sabha Nepal1653563098.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । सरकारले राष्ट्रियसभामा विचाराधीन ‘विद्युत् विधेयक, २०७७’ फिर्ता लिएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विधेयक फिर्ता लिनका लागि पेस गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकले सर्वसम्मतिले पारित प्रस्ताव फिर्ता भएको घोषणा गरे ।
राष्ट्रियसभाको अर्को बैठक आगामी असोज २ गते आइतबार बिहान १० बजेर ५९ मिनेटमा बस्नेगरी बोलाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९ १६:०५
प्रतिक्रिया दिनुहोस्