site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आगामी माघ २६ देखि विराट एक्सपो लगाउने उद्योग संगठन मोरङको तयारी
Siddhartha BankSiddhartha Bank

विराटनगर । उद्योग संगठन मोरङले आउँदो माघ २६ देखि फागुन ०३ गतेसम्म विराटनगरमा विराट एक्स्पो–२०७९ (कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी) आयोजना गर्ने भएको छ । यसको तयारी सुरु गरिएको संगठनले जनाएको छ । 

'आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार' भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको विराट एक्स्पोले औद्योगिक उत्पादनको प्रवर्द्धन, कृषि क्षेत्रमा गुणस्तरीय र व्यावसायिक उत्पादन, पर्यटन क्षेत्रको विकास, उत्पादक र उपभोक्ताबीचको सम्बन्ध विस्तार, उत्पादकहरूबी स्वस्थ्य प्रतिष्पर्धा, सम्भावित बजार र प्रविधिको पहिचान, लगानीमैत्री वातावरण निर्माणमा सहयोग पुर्‍याउने संगठनका महानिर्देशक चुडामणि भट्टराईले बताए ।  

Agni Group
NIC Asia

बिराट एक्स्पोको सातौँ संस्करणलाई पृथक बनाउन यसपटक क्षेत्रगत सेमिनार, दैनिक पर्यटकिय गन्तव्य प्याकेज, बी२बी बैठक, स्थानीय फुड फेस्टिबल र विभिन्न जातजातिको भेषभुषालाई समावेश गरी सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको महानिर्देशक भट्टराईले जानकारी दिए ।

उनले मुलुकभरिको औद्योगिक उत्पादनहरुका साथै सार्क राष्ट्रका प्रदर्शनकर्ताहरूको समेत सहभागिता रहने बिराट एक्स्पोले आर्थिक एवं औद्योगिक प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास संगठनले लिएको बताए । 

Global Ime bank

सात दिनसम्म सञ्चालन हुने एक्स्पोमा २० भन्दा बढी क्षेत्रका तीनसय भन्दा बढी स्टल रहनुका साथै झापा, मोरङ, सुनसरीलगायत भारतको सीमावर्ती क्षेत्रका करिब ३ लाख दर्शकले प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा आयोजक उद्योग संगठन मोरङले लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय