राजनीति
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकमा संशोधन प्रस्ताव ल्याउन सरकारसँग आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले विचारारार्थ पठाएको विधेयकमा संशोधन गर्न एमाले अध्यक्ष ओलीले सरकारलाई सुझाव दिएका हुन् ।
“यो विधेयक फिर्ता लिएर जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउनेछन् भनेर विधेयक ल्याए हुन्छ,” उनले भने, “सरकारले चाहेको खण्डमा यति काम तीन दिनमा हुन्छ ।”
तनाव बढाएर नागरिकता विधेयकको समस्या समाधान नहुने उनको जिकिर छ । विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग ओलीले विचारारार्थ पठाएको विधेयकलाई जस्ताको तस्तै पठाउनु बाउन्सर लगाएर थर्काएजस्तै भएको टिप्पणीसमेत गरे ।
प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९ १४:१३
प्रतिक्रिया दिनुहोस्