site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काउन्सिलको ‍सिफारिसबिना स्वास्थ्यकर्मीविरुद्ध प्रक्राउ पुर्जी जारी नगर्न आग्रह
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले काउन्सिलको अनुसन्धान समितिको सिफारिसबिना कुनैपनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पक्राउ पुर्जी जारी नगर्न अनुरोध गरेको छ । काउन्सिलले उपचारको क्रममा भएका कुनैपनि घटनाका बारेमा काउन्सिलको अनुसन्धान समितिले काम कारबाही गर्ने भएकाले आरोपितविरुद्ध पक्राउ पुर्जी वा मुद्दा दर्ता नगर्न आग्रह गरेको हो ।

काउन्सिलले आज एक विज्ञप्तिमार्फत कुनैपनि चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारको क्रममा कुनै लापरबाही गरेको शंका लागेमा पीडितले काउन्सिलको अनुसन्धान समितिमा उजुरी गर्नुपर्ने र काउन्सिलकै तर्फबाट अनुसन्धान हुने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

जिल्ला अदालत जुम्लाले अनुसन्धानका लागि भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अफिसर डा. करण साहलाई पक्राउ पुर्जी जारी गरेको सन्दर्भमा काउन्सिलले विज्ञप्ति जारी गरेको हो ।

2079.05.21 Press note on Criminal medical case copy1662466979.jpeg

Royal Enfield Island Ad

डा. साहमाथि यही भदौ २ गते प्रतिष्ठानकै प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले इमर्जेन्सी कक्षमा कुटपिट गरेका थिए । धनबहादुरका छोरा चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीबाडाका छ वर्षीय पृथकविक्रम शाहीको उपचारमा डा. साहले बाल हिंसा गरेको जनाउँदै बालककी आमा आशा हमाल (शाही)ले जुम्ला प्रहरीमा यही भदौ १३ गते उजुरी दिएकी थिइन् ।

यता नेपाल चिकित्सक संघ (एनएमए)ले डा. साहका नाममा जारी गरिएको पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गरेको छ । मंगलबार संघले एक विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी ७२ घण्टाभित्र खारेज नभए कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने अल्टिमेटम सरकारलाई दिएको छ ।

nma-dr-shah1662466979.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro