नेपाल राष्ट्र बैंक
काठमाडौं । ८४ वर्षीय तेजबहादुर चित्रकारले यो वर्ष पनि परम्परागत पुर्ख्यौली सीपलाई निरन्तरता दिएका छन् । हरेक वर्षजस्तै उनी अहिले इन्द्रजात्रामा देखाइने हलचोक भैरव, चन्दी कुमार र चन्दी कुमारी नाचको मुखौटा रङरोगन गर्न व्यस्त छन् ।
ती मुखौटा हरेक वर्ष कुुसे औँशीको भोलिपल्टदेखि इन्द्रजात्राका लागि रङरोगन गर्न थालिन्छ ।
चित्रकार भन्छन्, “तीनैवटा मुखौटा हरेक वर्ष रङरोगन गरिन्छ भने बाह्र वर्षमा एकचोटि पूरै मुखौटो नै नयाँ बनाइन्छ ।”
उनका अनुसार सो रङरोगन गर्न पहिलेपहिले विभिन्न जडीबुटीबाट बनेको रङ प्रयोग गरिन्थ्यो । अहिले पानीको रङ प्रयोग गरिन्छ । अन्तिममा दुई कोट ‘वाटर प्रुफिङ’ गरिन्छ ।
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९ १२:०८
प्रतिक्रिया दिनुहोस्