काठमाडौं । आज सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ । अहिले राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।
त्यसअघि उनी शीतलनिवासबाट सिंहदरबार, माइतीघर हुँदै बानेश्वरस्थित संसद् भवन पुगेका थिए । उनी सडकमा सर्वसाधारणलाई अप्ठेरो नहुने गरी संसद् भवन पुगेका थिए । यसअघि संसद्मा सरकारको नीति तथा कार्यक्रमका लागि राष्ट्रप्रमुख पुग्दा सडकमा अन्य सवारीसाधानमा रोक लाग्ने गरेको थियो ।
तर, अहिले राष्ट्रपति पौडेलले जनतालाई अप्ठेरो पर्ने कुनै पनि काम नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।
त्यसक्रममा बाह्रखरीका फोटो पत्रका सुनिल प्रधानले विभिन्न तस्बिहरू कैद गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १६:१९
प्रतिक्रिया दिनुहोस्