![चीनको सान्दोङ प्रान्त पुग्दा जे देखियाे... (फोटोफिचर)](https://12khari.top/uploads/posts/cover-1734920130.jpg)
काठमाडौं । विन्झाओ फोटोग्राफर एसोसिएसनको निमन्त्रणामा राष्ट्रिय फोटोपत्रकार समूह नेपालको केन्द्रीय टोली डिसेम्बर ८ मा साताव्यापी चीनको सान्दोङ प्रान्तको भ्रमणमा गएको थियो ।
चीनको सबैभन्दा धेरै जीडीपी भएको तेस्रो प्रान्त सान्दोङका विभिन्न पर्यटकीय स्थानमा पुग्दा त्यहाँको विकास, सुविधा सम्पन्न भवन, फराकिला सडक, झिलिमिली बिजुलीले सहरको सुन्दरता थपेको देखिएको थियो ।
सान्दोङ प्रान्तको भ्रमणमा द लिविङ रोड लाइन, बिनझाउ अन्डरवाटर वर्ल्ड, बिन्झाउ सिटी आर्ट म्युजियम, बिन्झाउ हाई टेक हाई स्कुल, कन्फ्युसियस म्युजियम, कन्फ्युसियस मन्दिर, कोङ परिवारको महलको सुन्दरता फोटो पत्रकारको समूहले अवलोकन गरेको थियो ।
कुफू सहर, जिनान सहरको ड्यामिङ लेक, कुसुइटिंग स्ट्रिट, फुरोंग सड़क, जिनान सहरको लिवरेसन प्याभिलियन, बाओटु स्प्रिंग बगैँचा, क्वानचेंग स्क्वायर, मुक्ति मण्डप, मे फोर्थ स्क्वायर, ओलम्पिक सेलिङ केन्द्र, लाइट सो छिन्ताओ सहरसम्म फोटो पत्रकारको समूह पुगेको थियो ।
क्वान्चेंग स्क्वायर, बओटु स्प्रिंग वाटर गार्डेन, फाइभ ड्रागन पुल, ड्यामिङ लेक, लिटिल फिस हिल पार्क, नेभी म्युजियम, किन्यु रोड, झाँकियाओ पियरको फोटो पत्रकारको समूहले अवलोकन गरेको थियो । सोही अवलोकन भ्रमणका क्रममा खिचिएका केही तस्बिरहरू :–