site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पृथ्वीसुब्बा र खगराज मुख्यमन्त्री बन्न प्रदेशसभामा सिफारिस
SkywellSkywell

पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का ‘हेभिवेट’ नेताले पनि मुख्यमन्त्रीको लालसामा प्रदेशसभा रोजेका छन् । गण्डकी सरकारका मन्त्रीद्वयदेखि सत्तारूढ नेपाली कांग्रेसका प्रदेश सभापति शुक्रराज शर्मा समेतले मुख्यमन्त्री बन्ने इच्छाका साथ प्रदेशसभा रोजिसकेका छन् ।

कांग्रेस गण्डकी सभापति शर्माले आफ्नो नाम समानुपातिकमा हालेका छन् । एउटै वडा, एउटै निर्वाचन क्षेत्रका मन्त्रीद्वय विन्दुकुमार थापा र कुमार खड्काले कास्की निर्वाचन क्षेत्र नम्बर–२ ‘ख’बाट प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गर्ने इच्छा देखाएका छन् ।

गण्डकीका संस्थापक मुख्यमन्त्री एवं एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको इच्छा पनि प्रदेशसभामा नै देखिएको छ । तत्कालीन नेकपाको दुईतिहाइ र एमालेको एकलसहित गुरुङले दुई कार्यकालमा गरी करिब साढे तीन वर्ष गण्डकी सरकार चलाएका थिए ।

KFC Island Ad
NIC Asia

उनै गुरुङको नाम लमजुङ ‘ख’बाट सिफारिस भएको छ । गुरुङ यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । गुरुङसँगै पार्टी जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको नाम पनि उमेदवारका लागि सिफारिस भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्ने चर्चाबीच गुरुङको नाम प्रदेशसभा सदस्यमा सिफारिस भएको हो । यद्यपि, अन्तिम निर्णय केन्द्रीय कमिटीले गर्नेछ ।

Royal Enfield Island Ad

एमालेले अघिल्लो निर्वाचनमा गण्डकीमा १७ प्रत्यक्ष र १० समानुपातिक गरी २७ सिट जितेको थियो । गुरुङसँगै तनहुँका किरण गुरुङ पनि प्रदेशसभामा नै विजयी भएका थिए ।

मुख्यमन्त्रीका लागि संसदीय दलको नेता बन्नुपर्ने प्रावधान छ । त्यतिखेर एमालेभित्र संसदीय दलको नेता को बन्ने भन्ने विषयमा यी दुईबीच प्रतिस्पर्धा नै थियो । अन्तिम समयमा एमालेका तत्कालीन महासचिव तथा वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आएर पृथ्वीसुब्बालाई संसदीय दलको नेतामा सहमति गराएका थिए ।

त्यति बेला मुख्यमन्त्रीमा दाबी गरेका किरण अर्थमन्त्री बनेका थिए । योपटक उनले प्रतिनिधिसभामा इच्छा देखाएका छन् । पृथ्वीसुब्बा र किरणबीच उमेदवार बन्ने विषयमा छलफल समेत भएको एमाले स्रोतको दाबी छ । पृथ्वीसुब्बा फेरि प्रदेशमै आउने भएपछि किरण प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्ने तयारीमा रहेको एमाले स्रोतले बतायो ।

गण्डकीमा आसन्न निर्वाचनपछि एमालेको सरकार बन्ने उक्त पार्टीका नेताहरूको जिकिर छ । उपमहासचिव गुरुङले यही भदौ ३ गते म्याग्दीको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा ‘एमाले एक्लै भारी हुने’ बताएका थिए ।

गएको स्थानीय तह निर्वाचनको परिणाम हेर्दा गण्डकीमा एमाले अघिल्लोपटकको तुलनामा झन् बलियो देखिएको छ । ०७४ को निर्वाचनमा पनि एमाले पहिलो दल बनेको थियो । त्यति बेला एमालेले समानुपातिकमा आफ्ना १० सांसद जिताउन सफल भएको थियो ।

अहिले पनि समानुपातिक मत नघट्ने एमाले नेता बताउँछन् । हिमाली जिल्लामा एक्लैले चुनाव जित्न सक्ने आकलन तथा हरेक जिल्लाबाट केही न केही सिट जितिने विश्लेषणका आधारमा गण्डकीमा सरकार बनाउन सक्ने आसमा एमाले छ । सोही कारण पृथ्वीसुब्बा पुनः प्रदेशमा नै आउन खोजेको विश्लेषकहरूले भनाइ छ ।

प्रदेशसभामा नाम टिपाउने हेभिवेट नेतामा गुरुङ मात्र होइन, एमालेकै संगठन विभाग प्रमुख खगराज अधिकारी पनि छन् । प्रदेश राजधानी कास्कीका अधिकारी कास्की–३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

एमाले वृत्तमा गण्डकीको राजनीति आफ्नो प्रभुत्वमा पार्न शक्तिसंघर्षका बेला गुटबन्दी गर्ने नेताका रूपमा गुरुङ र अधिकारीको नाम जोडिन्छ । चाहे त्यो कास्कीको महानगर कमिटी होस्, चाहे जिल्ला कमिटी वा स्थानीय तह निर्वाचनमा टिकट सिफारिसदेखि लिएर अन्तर्घातको आरोपसम्म । यी दुई नेताका कार्यकर्ताहरूले एकार्कालाई ‘अन्तर्घाती’ भन्दै आएका छन् ।

नेता अधिकारीको नाम पनि प्रदेशसभामा नै सिफारिस गरिएको छ । शनिबार अधिकारीको निर्वाचन क्षेत्र कास्की–१ ‘क’को क्षेत्रीय कमिटीले अधिकारीको नाम सिफारिस गरेको हो ।

अधिकारी हाल जापान भ्रमणमा छन् । वारिसनामार्फत उनको मनोनयन परेपछि सिफारिस गरिएको बताइएको छ ।

“मुख्यमन्त्री बन्ने अवस्था आयो भने हाम्रो क्षेत्रबाट किन नबन्ने भनेर शुभेच्छुकले नाम हालिदिएका हुन् । मुख्यमन्त्रीबाहेक अरू भन्नेचाहिँ हुँदैन,” अधिकारीनिकट एक कार्यकर्ताले भने । तर, अधिकारीको इच्छा संघमा नै रहेको उनले बताए ।

क्षेत्रीय कमिटीले नाम सिफारिस गरेता पनि अन्तिम निर्णय केन्द्रीय कमिटीले गर्ने हुँदा यी दुवै नेताले प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गर्ने सम्भावना पनि सकिएको छैन ।

पार्टीको उपमहासचिव भएकाले पृथ्वीसुुब्बा चुुनाव नलडी संघमा समानुुपातिकतर्फबाट सांसद हुुन सक्ने चर्चा पनि छ । त्यस्तो भएमा संघमा लमजुुङबाट अर्का एमाले नेता जमिन्द्रमान घले लड्न सक्छन् ।

लमजुङको प्रदेशसभा ‘क’तर्फ धनञ्जय दवाडी, राजकुमार विष्ट र जितबहादुर गुरुङको नाम सिफारिस भएको छ । ०७४ मा यहाँबाट दवाडी विजयी भएका थिए ।

लमजुुङमा एउटा मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छ । त्यहाँबाट ०७४ मा नेकपा (माओवादी केन्द्र)का देव गुुरुङ निर्वाचित भएका थिए । माओवादी महासचिव गुुरुङ योपटक कास्की–१ बाट प्रतिस्पर्धा गर्ने चर्चा छ ।

कास्की–१ ‘क’बाट अधिकारीसँगै टिकाराम पंगेनी, विष्णुु पुुन र तिलकुुमारी थापाको नाम पनि सिफारिस गरिएको छ । अधिकारीले प्रदेशमा सरकार बन्दा मुुख्यमन्त्री नपाउने हो भने प्रतिनिधिसभाकै लागि लड्ने सर्त पार्टी नेतृत्वसमक्ष राख्ने बताइएको छ ।

गण्डकीबाटै एमाले केन्द्रीय कमिटी सचिव रहेकी स्याङ्जाकी पद्या अर्यालले भने प्रतिनिधिसभामा नै दोहोरिने इच्छा राखेकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  ०६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro