site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कास्की १ र ३ बाट आकांक्षीको नाम संकलन, गगनको नामबाट आवेदन किन ?
फाइल तस्बिर ।
SkywellSkywell

पोखरा । आउँदो प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस महामन्त्री गगन थापा कास्की १ बाट 'लड्ने' खबर पोखरामा बुधबार निकै चर्चित बन्यो । तर, थापा आफैँले बुधबार नै आफू कास्की १ बाट नभई काठमाडौं ४ बाटै उमेदवारी दिने स्पष्ट पारिसकेका छन् । 

कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट पनि यही क्षेत्रका हुन् । पूर्व महामन्त्रीको क्षेत्रमा वर्तमान महामन्त्रीको नामबाट उमेदवारीका लागि निवेदन दिने कांग्रेसकै कार्यकर्ता हुन् ।

महामन्त्री थापा निकटका नेता कार्यकर्ताहरूले आफैँ नाम हालिदिएर चर्चामा ल्याएका थिए । थापा काठमाडौंबाटै लड्ने भएपनि जिल्ला सचिव भानु ढकालसहित निकटका कार्यकर्ताहरूले उनको नाममा कास्की १ बाट आवेदन दिएर चर्चामा ल्याएका हुन् ।

KFC Island Ad
NIC Asia

गगन थापा कास्कीबाट चुनाव लड्ने भन्नेबित्तिकै सामाजिक सञ्जालमा तरंग छाएको थियो । उनको पक्षविपक्षमा कार्यकर्ताहरूले धारणा राखे ।

तर, थापाले ट्विट गर्दै आफू उमेदवार नबन्ने भएपछि यो च्याप्टर क्लोज भएको छ  ।

Royal Enfield Island Ad

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेसले बुधबार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठक राखेर प्रतिनिधिसभा निर्वाचनमा उमेदवारका आकांक्षीको नाम संकलन गरेको थियो ।

परिपत्रअनुसार प्रत्यक्ष र समानुपातिकमा बढीमा ३/३ जनाको नाम सिफारिस गर्न भनेपनि आकांक्षीको संख्या भने निकै ठुलो छ । 

तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कास्कीमा १ र ३ बाट आकांक्षीको नाम संकलन गरिएको छ । क्षेत्र नं.  २ को बैठक भने शुक्रबार बस्नेछ ।

कास्की क्षेत्र नं. १ बाट पार्टीका सहमहामन्त्रीदेखि केन्द्रीय सदस्य, पूर्व महामन्त्री, वर्तमान महामन्त्री, पूर्व र वर्तमान जिल्ला सभापति लगायतले आकांक्षा राखेका छन् ।

कृष्णबहादुर केसी कास्की कांग्रेसका पूर्व सभापति हुन् भने गुरुप्रसाद बराल वर्तमान केन्द्रीय सदस्य हुन । पार्टी सभापतिमा पराजित भएका सुदीपमोहन भट्टराई, कांग्रेस सहमहामन्त्री जीवन परियारले यो क्षेत्रबाट आकांक्षा राखेका छन् ।

तिलकबहादुर रानाभाट, विश्व घिमिरे, वीरबहादुर बुढाथोकी, कृष्ण कार्की, रामबाबु भण्डारी, डा. दीपक सुवेदी, व्यवसायी होमबहादुर बसेल बिमल,  सुनिल गुरुङ, जिल्ला सभापति किशोरदत्त बराल,  चतुराखर अधिकारी, सरस्वती गुरुङ, महामन्त्री गगन कुमार थापा र पूर्वमन्त्री यज्ञबहादुर थापा यसै क्षेत्रबाट उमेदवार आकांक्षी हुन् ।

पूर्व महामन्त्री तारानाथ रानाभाटले भने समानुपातिकमा आकांक्षा देखाएका छन् । रानाभाटसहित कांग्रेस नेतृ सरस्वती गुरुङ, तीर्थ जङली, राजकुमार गुरुङ, सूर्यप्रसाद भण्डारी, खलिल मिया, विन्दु भण्डारी, इन्जिनियर रामबहादुर केसी र तर्कजङ गुरुङले समानुपातिकमा नाम टिपाएका छन् । 

सरस्वती गुरुङले भने प्रत्यक्ष र समानुपातिक दुवैमा नाम लेखाएकी छन् । उनी अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसबाट पोखरा महानगरको उपमेयर उमेदवारसमेत थिइन् ।

क्षेत्र नं. ३ बाट भने क्षेत्रीय सभापतिसहित प्रत्यक्ष र समानुपातिकमा गरी २० जनाले इच्छा देखाएका छन् । क्षेत्रीय सचिव लक्ष्मीप्रसाद पौडेलका अनुसार प्रत्यक्षमा क्षेत्रीय सभापति मनोज गुरुङले नाम टिपाएका छन् । उनी कास्कीको तरुण दलका पूर्व सभापतिसमेत हुन् । त्यसबाहेक कांग्रेस पोखरा महानगर समिति सभापतिमा पराजित गंगाधर पराजुली, रामचन्द्र त्रिपाठी यो क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्ने आकांक्षा राखेका छन् ।

पूर्वसचिव तथा तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाका प्रशासनिक सल्लाहकार बाबुराम आचार्य पनि यसै क्षेत्रबाट चुनाव लड्ने आकांक्षा राखेका छन् । आचार्य गत स्थानीय तह निर्वाचनमा पोखराको मेयरका आकांक्षी थिए ।

यसबाहेक युवा नेता ललित गुरुङ, दीपक गुरुङ, इन्जिनियर यामकृष्ण पौडेल, पशुपति भट्टराई, बद्रीनाथ पराजुली र आशबहादुर गुरुङले प्रत्यक्षतर्फ नाम टिपाएका छन् । 

समानुपातिमा कास्कीका पुराना नेता तथा पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङले अपेक्षा राखेका छन् । ०७६ सालको उपनिर्वाचनमा कास्की २ बाट उमेदवार बनेका कांग्रेसका अर्का पुराना नेता खेमराज पौडेल पनि समानुपातिकमा आकांक्षा देखाएका छन् ।

खिमलाल बास्तोला, गंगा केसी, शारदा पौडेल, कृष्णकुमारी परियार, अब्दुल रजित मिया, मनबहादुर बिक, रामप्रसाद अधिकारी र अमृतकुमार श्रेष्ठले पनि समानुपातिकमा नै इच्छा देखाएका छन् ।

उम्मेदवार हुन आवेदन आएका नाम क्षेत्रीय कार्यसमितिले बिहीबार बैठक बसी जिल्लालाई पठाइने पौडेलले जानकारी दिए । 

प्रतिनिधिसभातर्फ बढीमा तीनजना र समानुपातिकतर्फ एक महिलासहित बढीमा दुईजनाको नाम सिफारिस गर्न सक्ने अधिकार क्षेत्रीय कार्यसमितिमा छ ।

तर, आकांक्षी चाहिँ विधान भन्दा निकै बढिरहेका छन् ।

पर्वत ‘क’ मा २८ जना आकांक्षी
दुई प्रदेशसभा निर्वाचना क्षेत्र रहेको पर्वतबाट प्रदेश ‘क’ मा मात्रै २८ जनाले आकांक्षा राखेका छन् । प्रत्यक्षमा १० जना समानुपातिकमा १८ जनाले नाम टिपाएका हुन् । 

क्षेत्रीय सभापति राजकुमार केसीका अनुसार प्रत्यक्षमा उमेदवारका आकांक्षीमा नवराज गुरुङ, यामबहादुर मल्ल, रामशर्मा पौडेल, विप्लवजंग हमाल, कृष्णबहादुर खत्री केसी, राजकुमार क्षेत्री, गंगाधर पौडेल, शिवशर्मा अधिकारी, रामबहादुर प्रसाई र बसन्तबहादुर सीके रहेका छन् ।

जिल्लाका पूर्व सभापति नवराज गुरुङ बारम्बार टिकट पाएर पनि कहिल्यै चुनाव नजित्ने नेता हुन । यामबहादुर मल्ल जिल्ला सभापतिमा पराजित भएका नेता हुन् भने जलजला गाउँपालिकाका पूर्व अध्यक्ष पनि हुन् । पुराना नेता रामशर्मा पौडेलदेखि शिक्षणबाट राजनीतिमा आएका वसन्त सीके पनि प्रदेशतर्फका आकांक्षी हुन् ।

०७४ को निर्वाचनमा यो क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट उमेदवार बनेका माओवादीका नेत्रनाथ अधिकारीले चुनाव जितेका थिए । अधिकारी अहिले गण्डकीका सभामुख पनि हुन् ।

यस्तै, समानुपातिक उमेदवारमा डा. चुडामणी शर्मा, कुलबहादुर पुन, लेखनाथ पौडेल, प्रेम बिक, मिना केसी, सोम पुन, सरस्वती शर्मा, रमेश पौडेल, जोगमाया प्रसाई, मिनबहादुर नेपाली, सिता काफ्ले लामिछाने, मिना कर्माचार्य, चन्द्रबहादुर जिसी, कलावती पुरी, बलभद्र शर्मा, लालकुमारी सिके, टंक सुवेदी र इश्वरी पाठकले नाम टिपाएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  २०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro