काठमडौं । नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नम्बर ३ ले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उमेदवारको सिफारिस गरेको छ ।
क्षेत्रीय समितिको बुधबार बसेको बैठकले प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ पनि १० जना उमेदवार सिफारिस गरेको हो ।
प्रत्यक्षतर्फ सिफारिस हुनेहरूमा मनोज गुरुङ, गंगाधर पराजुली र बाबुराम आचार्य रहेका छन् । यस्तै, आशबहादुर गुरुङ, ललित गुरुङ, रामचन्द्र त्रिपाठी, पशुपति भट्टाराई, दीपक गुरुङ, इन्जिनियर यमकृष्ण पौडेल र बद्रीनाथ पराजुली रहेका छन् ।
समानुपातिकतर्फ सिफारिस हुनेहरूमा महादेव गुरुङ, खिमलाल बास्तोला, गंगा केसी र शारदा पौडेल रहेका छन् । यस्तै, खेमराज पौडेल, कृष्णकुमारी परियार, अब्दुल रसिद, मनबहादुर बिक, रामप्रसाद अधिकारी र अमृतकुमार श्रेष्ठ रहेका छन् ।