site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुख्यमन्त्री बन्ने आशमा प्रदेश सभापति समानुपातिकमा, मन्त्रीद्वय एउटै क्षेत्रबाट आकांक्षी
SkywellSkywell

पोखरा । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली कांग्रेसले आकांक्षीको नाम टिपाउने प्रक्रिया सुरु भएको छ । 

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको लागि प्रारम्भिक रूपमा प्रदेश सभाका क्षेत्रीय समितिले सोमबार प्रदेश सभा निर्वाचनका आकांक्षीको नाम संकलन गरेको छ ।

पार्टी केन्द्रीय समितिले परिपत्र गर्दै सोमबार नाम संकलन गर्ने र मंगलबार प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समितिमा पठाउन निर्देशन दिएको थियो ।

KFC Island Ad
NIC Asia

सोही अनुरूप गण्डकीमा सबैभन्दा बढी प्रदेश सभा क्षेत्र रहेको कास्कीका ६ वटा प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फका आकांक्षी उमेदवारको नाम संकलन गरिएको छ ।

जसमा कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मादेखि बहालवाला प्रदेश मन्त्रीद्वय विन्दुकुमार थापा र कुमार खड्का सम्मले नाम टिपाएका छन् । त्यसबाहेक उदीयमान युवाहरूको आकांक्षा पनि प्रदेशमा देखिएको छ ।

Royal Enfield Island Ad

६ वटा निर्वाचन क्षेत्रमा ६ जनाले टिकट पाउने, त्यसमा पनि गठबन्धन भएको खण्डमा कांग्रेसले कुनकुन प्रदेश सभा क्षेत्र पाउँछ भन्ने निक्र्योल भएको छैन । तथापि, प्रत्यक्षतर्फका ६ वटा मात्रै सिट रहेपनि कांग्रेसबाट क्षेत्रीय समितिहरूले ४७ जनाको नाम सिफारिस गरेका छन् ।

कांग्रेसले परिपत्र गर्दै कांग्रेसको विधानबमोजिम प्रत्यक्षतर्फ सहमति नभए बहुमतको प्रक्रियाबाट बढीमा तीनजना र समानुपातिकतर्फ बढीमा दुईजनाको नाममा निर्णय गर्न सिफारिस गरेको थियो । तर, क्षेत्रीय समितिमा समानुपातिकतर्फ २० जनासम्मले नाम टिपाएका छन् । 

क्षेत्रले यी नामहरू प्रतिनिधि सभा क्षेत्रीय समिति र उक्त समितिले जिल्ला, जिल्लाले प्रदेश हुँदै केन्द्रमा नाम सिफारिस हुनेछ ।

टिकटको अपेक्षा : मुख्यमन्त्रीको लडाइ

प्रदेश सभामा ६ वटा सिट भएको कास्की गण्डकी प्रदेशको राजधानी पनि हो । यहाँबाट जित्नेले प्रदेशको मुख्यमन्त्रीमा अपेक्षा राख्छन् । 

केही नयाँ आकांक्षीले नाम टिपाएपनि कास्कीबाट मुख्यमन्त्री बन्ने अभिलाषाका साथमा पुराना नेतादेखि मन्त्रीहरूले प्रदेशमा आउन चाहेका छन् ।

कास्कीको २ ‘ख’ बाट प्रत्यक्ष चुनावको लागि मन्त्रीद्वय कुमार खड्का र विन्दुकुमार थापाले नाम टिपाएका छन् । यी दुवैको क्षेत्र एउटै हो । कसले टिकट पाउँछ भन्ने रोचकता कास्कीमा अहिल्यैदेखि सुरु भएको छ । यसको अर्को कारण चाहिँ आगामी मुख्यमन्त्रीमा यी दुवै मन्त्रीको दाबी हुनु हो । 

कुमार खड्का ०७४ को निर्वाचनमा अखण्ड नेपाल पार्टीबाट कांग्रेसमा प्रवेश गरी समानुपातिकमार्फत सांसद बनेका थिए । अहिले सरकारका प्रवक्ता समेत रहेका खड्का भौतिक पूर्वाधार मन्त्री हुन् ।

त्यस्तै, प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापा कास्कीबाट प्रत्यक्षमा चुनाव जित्ने कांग्रेसका एकमात्र सांसद हुन् । सभापति देउवा निकट मानिने थापाको दाबेदारी पनि आगामी मुख्यमन्त्री नै हो ।

मन्त्रीद्वयको समान आकांक्षा र क्षेत्र एउटै परेका कारण टिकटमा कसले बाजी मार्छ भन्नेमा अनेकौँ अड्कलहरू अहिलेदेखि नै सुरु भएका छन् ।

त्यस्तै, संसदीय चुनाव कहिल्यै नजितेका कांग्रेस प्रदेश सभापति शुक्रराज शर्मा समानुपातिकमा बसेका छन् । ३ (ख) बाट समानुपातिकमा बसेका शर्माको दाबी पनि कांग्रेसको नेतृत्वमा सरकार बनेको खण्डमा मुख्यमन्त्री बन्नु नै हो ।

कास्कीबाट आगामी मुख्यमन्त्रीमा नाम आएका शर्मा संस्थापन इतर समूहका नेता हुन् ।

यस बाहेक कास्की कांग्रेसबाट हेभिवेट नेताको रूपमा आनन्दराज मुल्मी, जिल्ला सभापतिमा पराजित आइबहादुर गुरुङ, सभापतिमा नै पराजित गिरिराज गौतम, पोषनाथ शर्मा आकांक्षी छन् ।

नयाँ पुस्ताबाट महासमिति सदस्य दीपक गुरुङदेखि, जिल्ला सचिव भानु ढकाल, महाधिवेशन प्रतिनिधि विद्या बराल, क्षेत्र २ (क) का सभापति दिनेश आचार्य लगायतले प्रत्यक्षतर्फ आकांक्षा राखेका छन् ।

यी हुन् कास्कीका ६ वटा क्षेत्रबाट आगामी प्रदेशसभा निर्वाचनमा उमेदवारका आकांक्षीहरू :

१ (क) 
प्रत्यक्षतर्फ : मुरारी कोइराला, देवेन्द्र रानाभाट, राजेन्द्रमणि लामिछाने, पुष्पमणि भण्डारी, कल्याणबाबु भण्डारी, दुर्गा लामिछाने, गिरिराज गौतम, बुद्धिमान गुरुङ 

समानुपातिकतर्फ : शान्तिकुमारी खनाल, चन्द्रावती पौडेल, नन्दप्रसाद तिवारी, तारा अधिकारी, मुरारी शर्मा, विक्रम गुरुङ, खेमबहादुर गुरुङ, कुमार सुनार, सुरजजंग राणा, अप्सरा श्रेष्ठा, अजिम बक्स मियाँ

१ (ख)
प्रत्यक्षतर्फ :
कृष्णप्रसाद कोइराला, दीपक गुरुङ, विकास लामा गुरुङ, भानुभक्त ढकाल, नवीन सिग्देल, अनिता तिमिल्सिना, भोजप्रसाद गुरुङ

समानुपातिकतर्फ : संज्ञा पोखरेल, बजिरमान श्रेष्ठ, माया बराल क्षेत्री, पूर्णकला घर्ती, आनन्दी राणा, निशा मल्ल ठकुरी, रेनुका गुरुङ, परशुराम बी पोखरेल, चौबहादुर गुरुङ, मीरादेवी आचार्य, शिरोमणि बराल, सरिता कार्की, लोककुमारी गुरुङ, इन्द्रमान बानिया, नारायणप्रसाद बराल, विष्णु कार्की, रामकुमारी पौडेल, यमबहादुर गुरुङ

२ (क) 
प्रत्यक्षतर्फ :
दिनेश आचार्य, केशवप्रसाद निर्दोषी, खिमकुमारी बराल, रंगीला आचार्य, आशिक गुरुङ

समानुपातिकतर्फ : श्यामप्रसाद शर्मा, शोभाचन्द्र बराल, खेमकुमारी बराल, कोपिला तिवारी 

(क्षेत्रीय सभापति दिनेश आचार्यकाअनुसार यो क्षेत्रका प्रतिनिधि सभाको लागि क्षेत्रीय सभापतिको अनुपस्थितिका कारण बुधबार मात्रै बैठक बस्ने र नाम सिफारिस गर्नेछ ।) 

२ (ख) 
प्रत्यक्षतर्फ :
मधु बास्तोला (प्रदेश पार्टी कार्यालय प्रवक्ता), मदन बस्नेत, होम बहादुर बानिया, कुमार खड्का, विन्दुकुमार थापा

समानुपातिकतर्फ : रामराज लामिछाने, राजेन्द्र पहारी, राधाकृष्ण गुरुङ, अब्दुल मजिद मिया, अर्पण कोइराला, पदमसिंह गुरुङ, ऋषिराम सापकोटा, चोलेन्द्र पौडेल, कल्पना बराल, लक्ष्मी पाण्डे, मिलन बाटाजु, मञ्जुश्री थापा, उमाकुमारी ठकुरी ।

३ (क) 
प्रत्यक्षतर्फ :
विरेन्द्र गुरुङ, सुरेन्द्रमान बिजुक्छे, उमेशराज पराजुली, शंकर ढुंगाना, केशवराज अधिकारी, दिपकराज पौडेल, विष्णुबहादुर क्षेत्री, सूर्य खड्का, खुसीमान गुरुङ, मीनादेवी सुवेदी

समानुपातिकतर्फ : अमृतकुमार श्रेष्ठ, गोविन्द नेपाली, आनन्दराज मुल्मी, टेकनशोभा गुरुङ, महादेव थापामगर, जीतबहादुर गुरुङ, मनबहादुर लामगादे, खम्बसिंह गुरुङ, गंगाबहादुर गुरुङ, कृष्णकुमारी गुरुङ, जीवन सुनार, रविन्द्रबहादुर प्रजु, सरिता तिमिल्सिना, मीनाकुमारी पाण्डे, सीता गुरुङ, कृष्णप्रसाद त्रिपाठी, विरेन्द्र केसी, अर्जुन पौडेल, गीतादेवी पौडेल, भिमबहादुर गुरुङ

३ (ख) 
प्रत्यक्षतर्फ :
प्रकाश बराल (प्रदेश पार्टी कार्यालय प्रवक्ता), देवेन्द्र कुमार शेरचन, पोषनाथ शर्मा, देवेन्द्र केसी, जीवन प्रसाद बास्तोला, मनपति भण्डारी, दुर्गाप्रसाद तिमिल्सिना, गणेशबहादुर भट्टराई, मुक्तिराम अधिकारी, भानुभक्त पराजुली, इ. विद्या बराल, राजबहादुर गुरुङ

समानुपातिकतर्फ : गोविन्दबहादुर लामिछाने, गौमती थापामगर, भरतबहादुर कुँवर, आईबहादुर गुरुङ, पार्वती कोइराला, शुक्रराज शर्मा (प्रदेश पार्टी सभापति), टेकप्रसाद अधिकारी, पुनम भट्ट भट्टराई, सीता शर्मा, विष्णुकुमार श्रेष्ठ, देवदत्त कोइराला, विजयलक्ष्मी कोइराला, हिरा भट्टराई, हरिप्रसाद शर्मा ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  २२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro