site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बुन्डेसलिगा : डर्टमन्ड, लेभरकुसेन र युनियन बर्लिन विजयी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा शनिबार राति बोरुसिया डर्टमन्डले हेर्था बर्लिनमाथि १–० को संघर्षपूर्ण जित निकाल्दा युनियन बर्लिनले साल्केलाई ६–१ को सहज नतिजामा हरायो ।

पाहुना टोली डर्टमन्डको जितमा एन्थोनी मोडेस्टेले ३२औँ मिनेटमा हेडमार्फत गरेको गोल निर्णायक बन्यो । बुन्डेसलिगाको चौथो खेलमा डर्टमन्डको यो तेस्रो जित हो । हेर्था बर्लिन भने एक अंक जोडेर १७औँ स्थानमा छ ।

Agni Group
NIC Asia

शनिबारै राति अर्को खेलमा आरबी लाइपजिगले उल्फ्सबर्गलाई २–० ले हरायो । लाइपजिगको जितमा दुवै गोल क्रिस्टोफर एनकुनकुले गरेका थिए । उनले पाँचौँ मिनेटमा पेनाल्टीमा गरेको गोलबाट लाइपजिगले अग्रता लिएको थियो । एनकुनकुले अन्तिम मिनेटमा अर्को थप्दै क्लबको जित पक्का गरे ।

यस्तै, बायर लेभरकुसेनले मेइन्जमाथि ३–० को विजय हासिल गर्‍यो । लेभरकुसेनको जितमा एक्जिक्युयल पालासियोसले एक र जेरेमी फ्रिमपोङले दुई गोल गरे । जारी सिजन लेभरकुसेन र लाइपजिगको यो पहिलो जित हो । 

Global Ime bank

अप्रत्यासित नतिजा निकाल्ने क्रमलाई निरन्तरता दिएको युनियन बर्लिनले साल्केलाई ६–१ ले हरायो । युनियन बर्लिनको जितमा मोर्टेन थोर्सबाई र जानिक हाबेररले एक/एक गोल गरे । शेराल्डो बेकर र स्भेन मिचेलले समान दुई गोल गरे ।

जितसँगै युनियन बर्लिन चार खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा छ । साल्के दुई अंकका साथ १६औँ स्थानमा छ ।

अर्को खेलमा होफेनहेइमले औसबर्गलाई १–० ले हरायो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  २२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu