site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
महिला क्रिकेटर अप्सरी बेगम निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ ।

बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले अप्सरीलाई निलम्बन गर्ने निर्णय गरेको हो । क्यानका नवनियुक्त प्रवक्ता छुम्बी लामाका अनुसार अप्सरीले नेपाली महिला क्रिकेट टिमको बन्द प्रशिक्षणका दौरान प्रशिक्षक र व्यवस्थापकमाथि अभद्र व्यवहार गरी आचारसंहिता उल्लंघन गरेकी थिइन् ।

“बन्द प्रशिक्षणका दौरान प्रशिक्षक र व्यवस्थापकमाथि अभद्र व्यवहार गरेको कारण तत्कालका लागि उनलाई निलम्बन गर्ने निर्णय भएको हो । अब क्यानको अनुशासन समितिले यस घटनाबारे छानबिन गर्नेछ । त्यसपछि मात्रै क्यानले अप्सरीबारे आगामी निर्णय गर्नेछ,” बिहीबारकै कार्यसमितिबाट प्रवक्ता चुनिएका लामाले बाह्रखरीसँग भने ।

अप्सरी महिला एसिया कपमा लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टिममा रहे पनि राष्ट्रिय टिममा भने अटाउन सकेकी थिइनन् ।

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro