site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भुवन केसीको निर्देशनपछि भारतीय फिल्म ‘लाइगर’ आज रातिदेखि चल्न लागेको हो ?

काठमाडौं । बिहीबार (आज)देखि प्रदर्शनमा आएको भारतीय चलचित्र ‘लाइगर’ नेपालमा भने आज रातिदेखि मात्रै प्रदर्शनमा आउन लागेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको निर्देशनपछि उक्त चलचित्र नेपालमा आज रातिदेखि मात्रै प्रदर्शनमा आउन लागेको बताइएको छ । 

अभिनेता विजय देवरकोन्डा र अनन्या पाण्डे अभिनित ‘लाइगर’को प्रदर्शनबारे बिहीबार बिहान केही सञ्चारमाध्यममा भुवनको निर्देशनअनुसार ‘लाइगर’ले रातिदेखि मात्रै प्रदर्शन अनुमति पाएको भन्ने खबर छापिएका छन् । 

तर, बाह्रखरीसँगको कुराकानीमा भुवनले आफूले त्यस्तो निर्देशन दिएको स्वीकार गरेनन्, । उनले भने, “हिजो अशोक शर्माजीलगायत टिमसँग हामीले ‘लाइगर’ पनि शुक्रबारदेखि मात्रै रिलिज गरौँ भन्ने छलफल गरेका थियौँ ।” 

KFC Island Ad
Dabur Nepal
NIC Asia

तपाईले ‘लाइगर’ चलचित्रलाई बिहीबार रातिदेखि मात्रै प्रदर्शनमा ल्याउन भनेर भन्नुभएको थिएन त ? भन्ने प्रश्नमा उनले रिलिज मितिबारे निर्देशन दिने अधिकार आफूसँग नभएको बताए । 

“शुक्रबारबाट मात्रै प्रदर्शनमा ल्याउने कि भनेर अशोकजीसँग त्यति मात्रै कुरा भएको हो । हामीसँग चलचित्र यही दिन रिलिज हुनुपर्छ, यही मितिमा रिलिज गर्नुपर्छ भन्ने कुनै नियम छैन,” उनले भने, “योभन्दा अगाडि ठोस नियम नभएकाले हामीले यसै गर भनेर भन्न सक्ने परिस्थिति थिएन । तर, अब भने हामी नियम बनाउँदै छौँ ।” 

नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका हेड अफ मार्केटिङ तृप्ती गिरीले भने वितरकबाटै बिहीबारदेखि मात्रै प्रदर्शनमा ल्याउनु भन्ने खबर आएको बताइन् । 

“हामीलाई २/३ दिनअघि नै वितकरबाटै बिहीबार बेलुकादेखि मात्रै प्रदर्शनमा ल्याउनु भन्ने खबर आएको थियो र हामीले त्यही फलो गरेका हौँ,” उनी भन्छिन्, “भारतमा पनि साँझबाट मात्रै प्रदर्शनमा आउने भन्ने छ । वितरकले जे भन्नुहुन्छ हामीले त्यही मान्ने हौँ । त्यही फलो गरेरै हामीले आज ९ बजेदेखिको एउटा शो मात्रै राखेका छौँ, भोलिदेखि भने रेगुलर नै हुन्छ ।”

लाइगरलाई डिजिटल सिनेमा नेपालले नेपाल प्रदर्शनमा ल्याएको हो । कलाकार तथा निर्देशक अशोक शर्मा यस कम्पनीका कार्यकारी अध्यक्ष हुन् । 

‘लाइगर’ चलचित्र बिहीबार नै लाग्दा शुक्रबार आउने नेपाली चलचित्रलाई असर गर्ने हो कि भन्ने चिन्ता फिल्मी क्षेत्रमा थियो । यसै सन्दर्भमा बोर्ड अध्यक्ष भुवन केसीसँगको छलफलमा शुक्रबारदेखि मात्रै प्रदर्शनमा ल्याउने कि भन्ने कुरा उठेको शर्माले स्वीकार गरे । 

“हो, भुवनले शुक्रबारबाट मात्रै प्रदर्शनमा ल्याउने कि भन्नुभएको थियो,” शर्माले भने, “तर, वल्र्डवाइड नै बिहीबार राति आठ बजेपछि मात्रै प्रदर्शनीमा आउने भएकाले हामीलाई पनि उताबाट त्यसै गर्न भनिएको हो ।” 

केही दिनअघि अध्यक्ष केसीले भोलि (शुक्रबार)देखि प्रदर्शनीमा आउन लागेको चलचित्र राधा र प्रकाशका निर्देशकहरूलाई बिहीबारदेखि प्रदर्शन गर्न आग्रहसमेत गरेका थिए । तर, चलचित्रका निर्देशकहरूले गत हप्ता शुक्रबार रिलिज भएका नेपाली चलचित्रलाई मारमा नपार्ने भन्दै भुवनको आग्रहलाई अस्वीकार गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro