site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘प्रेमगीत ३’ मा दोस्रो प्रस्तावमा यसकारण जोडिए जुबैन, निर्माण टिम खुसी

काठमाडौं । पछिल्लो समय चर्चामा रहेको नेपाली चलचित्र ‘प्रेमगीत ३’ मा भारतका चर्चित गायक जुबैन नौटियाल जोडिएका छन् । जसले यसको चर्चा अझै चुलिएको छ । 

जुबैनले ‘प्रेमगीत ३’ को हिन्दी भाषाको गीतका लागि आफ्नो आवाज दिएका छन् । उनले आफ्नो आवाजमा ‘कोही ना कोही’ शीर्षकको गीत रेकर्ड गराइसकेका छन् । 

अमर मोहीको संगीत रहेको यस गीतको रचना भने हिन्दी संस्करणका निर्माता सुवास कालेले गरेका हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

चलचित्रमा आफ्नो पहिलो रोजाइका गायक जोडिएपछि निर्देशक सन्तोष सेन खुसी छन् । तर जुबैनलाई टिममा सहजै ल्याइएको भने होइन । 

पहिलो प्रस्तावमा आनाकानी गरेका उनले दोस्रो प्रस्तावमा मात्रै ‘प्रेमगीत ३’ मा जोडिन तयार भएका हुन् । 

“उहाँलाई पहिले नै हामीले टिममा जोड्न खोजेका थियौँ । हामीले पहिलो प्रस्ताव लिएर उहाँसम्म पुग्दा समयको व्यस्तता देखाउँदै र नेपाली चलचित्र पनि भएर त्यति रुची देखाउनु भएन,” निर्देशक सेन भन्छन्, “तर मलाई एउटा गीत जुबैनकै आवाजमा राख्ने मन थियो । किनभने उनी भारतलगायत नेपालमा पनि उत्तिकै लोकप्रिय छन् । पछि हाम्रो चलचित्रको हिन्दी टिजर आइसकेपछि हामीले पुनः प्रस्ताव राख्यौँ र उक्त टिजर हेरेर उहाँ गाउन तयार हुनुभयो ।”

यस गीतमा जुबैनको एकल आवाज रहेको छ । 

चलचित्रमा जम्मा ४ वटा गीतरु छन् । त्यसमध्ये गीतकार/संगीतकार कल्याण सिंहको कम्पोजिसनमा तयार भएको एउटा नेपाली गीतबाहेक बाँकी सबै उतै गीत भारतकै कलाकारबाट तयार पारिएको सेनले बताए । 

“कल्याण सिंहको कम्पोजिसनको एउटा गीत उहाँहरूले मनपराउनुभयो त्यसैले त्यो एउटा दुवै भाषामा हुन्छ, बाँकी तीनवटा चाँही त्यहाँकै टिमबाट तयार पारिएको हो,” सेनले बताए । 

सिंहको कम्पोजिसनमा तयार भएको गीतलाई भने हिन्दी भाषामा उल्था गरेर रेकर्ड गराइएको हो । 

यस चलचित्रमा जुबैनका साथै भारतका अरू चर्चित गायक/गायिका अंकित तिवारी, राहत फत्तेअली खान, पालक मुछाल, र देव नेगीले पनि आवाज दिएका छन् । 

चलचित्र नेपाल र भारतमा नेपाली र हिन्दी दुवै भाषामा एकसाथ २३ सेप्टेम्बर (असोज ७) मा रिलिज हुँदैछ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro