काठमाडौं । तिब्बतको दिङ्गीमा केन्द्रबिन्दु गएर भूकम्पको धक्काले नेपालका अधिकांश भूभागमा धक्का महसुस भएको छ । बिहान गएको भूकम्पको धक्काले काठमाडौंसहित क्षेत्र हल्लाएको थियो । बिहान ६ बजेर ५० मिनेट जाँदा गएको भूकम्पका कारण काठमाडौं उपत्यकामा स्थानीय घरबाट बाहिर निस्किएका थिए ।
भूकम्पले हल्लाएका कारण स्थानीय सडकमा निस्किएका थिए ।
भूकम्पको केन्द्र सगरमाथा क्षेत्रबाट करिब उत्तरतर्फ रहेकाले नेपालसहित, भारत, भुटान, बंगलादेश र चीनमा पनि धक्का महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पूर्वी नेपालमा पनि बढी धक्का महसुस गरिएको स्थानीय समाचारदाताले जनाएका छन् ।
भूकम्पविद् मुकुन्द भट्टराईले दिएको जानकारीअनुसार भूकम्पको केन्द्र सगरमाथा क्षेत्रबाट करिब ९० किमि उत्तरमा देखिएको छ । उनका अनुसार काठमाडौैंबाट करिब २८० किमि पूर्वोत्तर क्षेत्रमा पर्छ ।
गोरखा केन्द्रबिन्दु भएर २०७२ सालमा गएको भूकम्पको असरका कारण पनि काठमाडौंमा स्थानीय बढी त्रसित देखिन्थे ।