site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमै पहिलोपटक ह्युमन मिल्क बैंक सञ्चालनमा, यसले कसरी गर्छ काम ?

काठमाडौं । नेपालमै पहिलोपटक थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आमाको दुध बैंक सञ्चालनमा आएको छ । अस्पतालको ६३औँ वार्षिकोत्सवको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले मिल्क बैंकको उद्घाटन गरेकी छन् ।

उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मिल्क बैंकले नवजात शिशुको मृत्युदर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । नेपाल सरकार र युनिसेफको सहयोगमा सञ्चालनमा ल्याइएको मिल्क बैंकबाट मासिक एकहजार जना शिशु लाभान्वित हुन सक्ने अस्पतालले जनाएको छ ।

नेपालमै पहिलोपटक आमाको दुध संकलन गर्न मिल्ने मिल्क बैंकको नाम अमृत कोष दिइएको छ । मिल्क बैंकमा विभिन्न कारणले आमाको दुध तान्न नसकेका शिशुका आमाहरू र आफ्नो शिशुलाई खुवाएर बढी भएको दुध दान गर्न चाहने आमाहरूको दुध संकलन र भण्डारण गरिनेछ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

विभिन्न समस्याले दुध तान्न नसकेका शिशुहरूका लागि आमाको दुध संकलन गरी २ देखि ८ डिग्री सेल्सियससम्मको तापक्रममा राखी २४ घण्टाभित्र दिइन्छ ।  

दुध दान गर्न चाहने आमाहरूका लागि भने केही प्रक्रियाहरू पूरा गरेर मात्रै दुध संकलन गरिनेछ । अस्पतालकी नवजात शिशु विभाग प्रमुख तथा बालरोग विशेषज्ञ डा. कल्पना उपाध्याय सुवेदीका अनुसार दुध दान गर्न चाहने आमाहरूलाई सुरुमा आफ्नो शिशुलाई दुध पुगे/नपुगेकोबारे चिकित्सकहरूबाट परामर्श दिइनेछ । यदि आफ्ना शिशुलाई दुध पुगेर बढी भएका आमाहरू एचआईभी, हेपटाइटिस बी लगायतका रोगहरू नभएको र दुध दान गर्न मञ्जुर भएमा दुध संकलन गरी मिल्क बैंकमा राखिनेछ ।

यसरी स्वस्थ आमाहरूको ब्रेस्ट मिल्क पम्पको माध्यमले आमाको दुध संकलन र भण्डारण गरिन्छ । संकलन गरिएको दुधमा कुनै रोग नरहेको परीक्षणबाट सुनिश्चित भएपछि पास्चराइज  गरेरे बोतलमा राखिन्छ । यसरी संकलन गरेको दुध माइनस २० डिग्री सेल्सियस तापक्रमको डिप फ्रिजरमा राखी छ महिनासम्म प्रयोग गर्न सकिने डा. सुवेदी बताउँछिन् ।

अस्पतालको मुख्य भवनको दोस्रो तल्लामा रहेको ह्युमन मिल्क बैंक व्यवस्थापनका लागि ५ जना परामर्शदाता, एक जना प्रशासनतर्फ, दुईजना सहयोगी, एक जना ल्याब टेक्निसियन र एक जना माइक्रो बायोलोजिस्ट गरी १० जनाको टिम रहेको छ ।

मिल्क बैंक स्थापनापछि मासिक एक हजार शिशु लाभान्वित हुने अनुमान रहेको अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठ बताउँछन् । विशेषगरी गर्भ समय पूरा नभई जन्मिएका शिशुहरूका लागि मिल्क बैंक प्रभावकारी सावित हुने उनको विश्वास छ ।

नेपालमा बर्सेनि झन्डै ८१ हजार शिशु समय नपुग्दै जन्मिने गरेको तथ्यांक छ । यसरी सयम नपुग्दै जन्मिएका शिशुहरूमा तौल कम हुने तथा रोग प्रतिरोधी क्षमता कम हुनेजस्ता जोखिम रहन्छन् । यस्ता बालबालिकालाई फर्मुला मिल्क खुवाउँदा आन्द्रा प्वाल पर्ने, सुन्निनेजस्ता जोखिम हुन्छ । तर, नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र आमाको बिगौती दुध खुवाउनाले उनीहरूमा रोगको संक्रमणविरुद्ध लड्न मद्दत पुग्ने अध्ययनहरूले देखाएका छन् ।

शिशु ६ महिनाको हुँदासम्म अन्य आमाको दुध मात्रै खुवाउन चिकित्सकहरू सुझाव दिन्छन् । आमाको दुधमा शिशुको शारीरीक तथा मानसिक विकासका लागि चाहिने सम्पूर्ण तत्त्वसहित ८७ प्रतिशत पानी, ७ प्रतिशत गुलियो पदार्थ, ४ प्रतिशत चिल्लो पदार्थ र १ प्रतिशत प्रोटिन हुन्छ । यसले शिशुलाई झाडापखाला, विभिन्नखाले एलर्जी तथा अन्य रोगहरूको संक्रमणबाट बचाउँछ ।

त्यस्तै आमाको दुधले शिशुलाई कुपोषण हुनबाट बचाउँछ भने बालबालिकाको मृत्युदर १६ प्रतिशत र नवशिशुको मृत्युदरलाई २५ प्रतिशतले घटाउँछ । त्यतिमात्र नभई स्तनपान गराउनाले आमा र शिशुबीच विशेष सम्बन्ध कायम गर्छ भने आमालाई मधुमेह, स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको जोखिम पनि कम गर्ने विज्ञहरू बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro