site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादी महासचिवमा देव गुरुङ ! वर्षमान र गिरिराजमणि उपमहासचिव
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को आज पदाधिकारी चयन गर्दै केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी गरिएको छ । बैठकबाट महासचिवसहित बाँकी पदाधिकारीको टुंगो लगाउने तयारी छ ।

गत वर्ष पुसमा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा उपाध्यक्षमा चयन भएका थिए । अरू पदाधिकारीको टुंगो लागेको थिएन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

संगठन विभाग प्रमुख समेत रहने महासचिवमा यसअघि वर्षमान पुन र जनार्दन शर्माको दाबी थियो । तर, दुवैले अडान नछाडेपछि प्रचण्डले देव गुरुङलाई महासचिव बनाउने तयारी थालेको स्रोत बताउँछ ।

नेताहरूका अनुसार प्रचण्डले निर्वाचनबाट पदाधिकारी नछान्ने बताएपछि आज गुरुङलाई महासचिव प्रस्ताव गर्ने तयारी छ ।

Royal Enfield Island Ad

उपाध्यक्षमा मातृका यादव र पम्फा भुसालको सम्भावना बढी छ । अरू केहीको नाम पनि चर्चामा छ ।

वर्षमान पुन, गिरिराजमणि पोखरेल उपमहासचिव बन्ने सम्भावना छ । अर्थमन्त्री समेत रहेका शर्मा र शक्ति बस्नेतको नाम पनि उपमहासचिवका लागि चर्चामा छ ।

माओवादीको विधानानुसार पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । तर, पदाधिकारीको संख्या थपिने सम्भावना रहेको नेताहरू बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro