site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कपिलवस्तुमा फैलियाे डेंगु
प्रतीकात्मक तस्बिर ।

बुटवल । कपिलवस्तुमा डेंगु संक्रमित भेटिन थालेका छन् । साउन लागेयता डेंगु संक्रमित भेटिन थालेका हुन् ।

अहिले जिल्लाका विभिन्न स्थानीय तहमा डेंगुका बिरामी भेटिएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बाणगंगा नगरपालिकामा ४६ जना संक्रमित भेटिएकाे नगरपालिकाले पुष्टि गरेकाे छ । कृष्णनगर नगरपालिकामा २ जना र विजयनगर गाउँपालिकामा १ जना संकमित भएकाे भनिएपनि पुष्टि भएकाे छैन । 

बाणगंगा नगरपालिकाका ६ जना संक्रमितको अवस्था गम्भीर रहेकाले उपचारका लागि बुटवल पठाइएको छ । बाँकी संक्रमितहरूको नगरका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।

बाणगंगाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले नगरभित्र डेंगुका बिरामी बढेपछि मंगलबार नगरका विभिन्न स्थानको निरीक्षण गरेको बताए ।

मंगलबार नगरका सबै सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई बोलाएर बाणगंगाले यस विषयमा सक्रियतापूर्वक काममा लाग्न निर्देशन दिए पनि जिल्ला जनस्वास्थय कार्यालयले चासो देखाएको छैन ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले भने बाणगंगा नगरपालिकामा ३९ जना बिरामी भेटिएको स्वीकार गरे । उनले स्थानीय तहमा रहेको स्वास्थ्य शाखासँग सम्पर्क, समन्वय गरी जनसमुदायमा चेतनामूलक कार्यक्रमलाई तीव्रता दिने बताए ।

गत वर्ष हैजाको सूचना लुकाउँदा आम नागरिकहरूमा हैजा फैलिँदा ठूलो समस्या सिर्जना भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  २१:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro