site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सरकार तयार : मन्त्री कोइराला
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन गर्न सरकार तयार रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले त्यसका लागि निर्वाचन आयोगले गृहकार्य गरिरहेको पनि बताए । लैंगिक समानता र समावेशिता प्रतिकूल रहेका कानुनहरूमा सरकारले विगतदेखि नै संशोधन गर्दै आएको उनले उल्लेख गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“निर्वाचनसम्बन्धी केही कानुनको गृहकार्य जारी छ । निर्वाचन आयोगले पनि त्यसमा काम गरिरहेको छ । कतिपय अप्ठ्यारो भएको कुराहरूमा सुधार गर्न, पुनरवलोकन गर्न सरकार हमेसा तत्पर छ । त्यस्तो ठाउँ देखिएको अवस्थामा त्यसलाई कानुन बनाएर ती अप्ठ्यारोहरू हटाउन सरकार प्रतिबद्ध रहेको व्यहोरा अनुरोध गर्न चाहन्छु,” उनले भने, “लैंगिक समानता र समावेशिताको प्रतिकूल रहेको नेपालका कानुनहरूमा सरकारले विगतदेखि नै संशोधन गर्दै आएको, परिमार्जन गर्दै आएको र अहिले पनि परिमार्जन, संशोधन र पुनरवलोकन गर्ने काम जारी रहेको कारणले गर्दा आवश्यक कानुनमा परिमार्जन गर्दै जाने नेपाल सरकारको नीति रहेको व्यहोरा अवगत गराउन चाहन्छु ।”

मन्त्री कोइरालाले नेपालको कानुनले समावेशीकरण र समानतालाई अंगीकार गरेकाले कानुनी व्यवस्थालाई लागु गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले महिलालाई समान रूपमा प्रतिनिधित्व गराउनका लागि दलीय संरचनाभित्र सुधार गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।

Royal Enfield Island Ad

उनले सन् २०३० सम्म संघीय संसद्मा महिलाको प्रतिनिधित्व ४० प्रतिशत, प्रदेशमा ४० प्रतिशत र स्थानीय तहमा ४२ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य रहेको स्पष्ट पारे । सरकारको लक्ष्यानुरूप राजनीतिक दलहरू पनि प्रतिबद्ध हुनुपर्ने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro