काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रक्रिया स्वच्छ रूपमा हुने बताएका छन् ।
बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले काठमाडौंमा आयोजना गरेको 'पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना'सम्बन्धी अन्तरर्क्रिया कार्यक्रममा अध्यक्ष हमालले बुक बिल्डिङ अत्यन्तै आवश्यक रहेको र यसलाई सबैले सहयोग गरेर अगाडि बढाउनुपर्ने बताए ।
उनले कर्मचारीलाई स्वच्छ रूपमा बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रक्रियालाई अगाडि बढाउन निर्देशन दिएको बताए । यो विधिबाट वास्तविक कम्पनी बजामा आउने र समग्र बजारलाई सहयोग पुग्ने उनको भनाइ थियो ।
"स्थापित कम्पनीहरू बजारमा ल्याउँदा लगानीकर्तामा हुने जोखिम केही हदसम्म कम हुनेछ," उनले भने ।
साथे उनले यही वर्ष क्यापिटल इन्स्टिच्युट खोल्ने तयारी गरिएको पनि जानकारी दिए ।
हमालले भने, "सम्भव भएसम्म यो वर्ष भित्रै नै क्यापिटल इन्स्टिच्युट सञ्चालनमा ल्याउने तयारी गरिँदैछ," उनले भने ।