site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इमानका पर्याय दुर्गा प्रकाश पाण्डेय 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव दुर्गा प्रकाश पाण्डेयको निधन भएको आज १३ दिन पूरा भएको छ ।

विसं १९९० वैशाख १० गते काठमाडौंमा जन्मिएका पाण्डेय निजामति कर्मचारीमा अब्बल दर्जाका थिए । उनी जहाँ पुगे पनि नियम, कानुनभन्दा माथि हुन खोजेनन् । न त पदको दुरुपयोग नै गरे ।

मेरो ९० वर्षे उमेरमा नेपालमा घुस नखाने एक/दुईजना देखेकोमध्ये थिए दुर्गा प्रकाश 

लखनऊ विश्वविद्यालयबाट सन् १९५७ मा राजनीतिशास्त्रमा एमए गरेका पाण्डेयले जर्ज टाउन विश्वविद्यालय अमेरिकाबाट सन् १९६२ मा पर्यटन सम्बन्धी तालिम लिएका थिए ।

भारतमा पढाइ पूरा गरेर आएका पाण्डेयले केही महिना सरस्वती क्याम्पसमा अध्यापन गराए भने त्यसपछि उनी पाटन क्याम्पसमा पनि आवद्ध भएका थिए ।

“हामी तीनजना मिलेर सरस्वती क्याम्पस खोलेका थियौँ,” संस्थापक शंकरराज पाठकले बाह्रखरीसँगको कुराकानीमा भने, “चौथो व्यक्ति क्याम्पसमा आवद्ध हुनेमा दुर्गा प्रकाश पाण्डे नै हुनुहुन्थ्यो ।”

मेरा ‘फादर फिगर’ कट्टर अनुशासित दुर्गा प्रकाश पाण्डेय

पूर्व अञ्चलाधीशसमेत रहेका पाठकले आफू पाण्डेयकै उमेरको भएको बताउँदै ९० वर्षको उमेरसम्म आइपुग्दा नेपालमा घुस नखाने कर्मचारी आफूले एक दुईजनामात्रै भेटेको र त्यसमध्ये एक पाण्डेय भएको दाबी गरे ।

केही समय क्याम्पसमा अध्यापन गरेका पाण्डेयले पछि लोकसेवा आयोगको परीक्षा दिए पास पनि भए ।

सन् १९६१ मा उनी पर्यटन विभागको सेक्सन अफिसर भए । सन् १९६६ मा उनी उपसचिव भए भने सन् १९७० मा उनी भन्सार विभागको महानिर्देशकका रुपमा नियुक्त भए ।

उहाँको जस्तो व्यक्तित्व ज्यादै सानो समूहमा मात्र भेटिन्छन् 

लामो समय उनी भन्सार विभागमा बिताए । 

पाण्डेसँगै लामो समय भन्सार विभागमा काम गरेर अवकास प्राप्त उपसचिव हर्षरमण उपाध्याय पाण्डेलाई स्मरण गर्दै भन्छन्, “भन्सारमा उहाँ मिस्टर क्लिन जस्तो मान्छे । अनियमितता र बदमासी गरेको उहाँ सहनै सक्नुहुन्नथ्यो । उहाँ जस्तो इमानदार मान्छे भए देशको स्थिति अहिले यस्तो हुँदैनथ्यो होला ।” 

करिब १२ वर्ष भन्सार विभागमा बिताएपछि उनी कलकत्ताको महावाणिज्यदूतमा नियुक्त भए ।

मेरो लागि त ‘गड फादर’ नै हुनुहुन्थ्यो दुर्गा प्रकाश 

उनी कलत्तता पुगे । कलकत्तामा महावाणिज्यदूत भएर करिब पाँच वर्ष काम गरे ।

उनको इमान्दारिता स्मरण गर्दै छोराहरु ज्योति प्रकाश पाण्डे र दिप प्रकाश पाण्डे भन्छन्, “ड्याडी त्यहाँ महावाणिज्यदूत हुनुहुन्थ्यो । कार्यालयमा प्रशस्तै गाडी थिए तर हामी स्कुल या कलेज जाँदा पब्लिक बसमा जानुपर्थ्यो ।”
उनीहरुका अनुसार सरकारी गाडी दुरुपयोग पनि ठूलो भ्रष्टाचार भएको पाण्डेयको धारणा थियो ।

पाण्डेयको निष्ठा, इमान्दारितामा अहिलेसम्म कसैले पनि प्रश्न उठाउन सकेको छैन ।

मैले जे सिकेँ ड्याडीबाटै सिकेँ

दुर्गा प्रकाशको स्वच्छ छविको प्रशंसा गर्दै कुटनीतिज्ञ तथा पूर्वराजदूत तथा पूर्वसचिव मदन भट्टराई स्मरण गर्छन्, “उहाँ यतिसम्म स्वच्छ छविको हुनुहुन्थ्यो कि उहाँको परिवारले सरकारी गाडी चढ्दैनथे । बालबच्चा स्कूल जाँदा बस चढ्थे, मेडम ट्याक्सी चढ्नुहुन्थ्यो ।” 

भारतसँग भएको पारवहन सन्धि र सम्झौता पाण्डेय सचिव भएका बेला भएको भट्टराई बताउँछन् ।

आपुर्ति मन्त्रालयमा कामु सचिवको जिम्मेवारी सम्हालेका पाण्डेय सन् १९९० मा वाणिज्य मन्त्रालयको सचिव भएका थिए ।

हामी जस्तो अवस्थामा पुग्यौँ, ड्याडीकै योगदानले हो 

नेपाल–भारत वाणिज्य तथा पारवाहनसम्बन्धी विषयहरुको सरकारी वार्ता तथा बैठकहरुमा नेपालको तर्फबाट करिब ४२ पटक भाग लिएको र सन् १९७१, १९७८, १९९१ को व्यापार तथा पारवहन सन्धि गर्ने कार्यमा विशेष संलग्न भएका थिए ।

उनले नेपाल सरकारले भारतसँग सहयोग तथा समन्वय बढाउन गठन गरेको उच्चस्तरीय टास्कफोर्सको सदस्य भई १९९१ देखि १९९४ सम्म काम गरेको अनुभव पनि सँगालेका थिए ।

ड्याडीको इच्छा पूरा गर्न कुनै कसर बाँकी राखेनौँ 

दीर्घ सेवा पदक, सुविख्यात त्रिशक्ति पट्ट र सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहुलगायतका मानपदवी पाएका पाण्डेयले अमेरिका, क्यानडा, सिंगापुरलगायतका देशको भ्रमण पनि गरेका थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  ०७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro