site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ड्याडीको इच्छा पूरा गर्न कुनै कसर बाँकी राखेनौँ 

ड्याडी बडागुरुज्युको छोरा, सानो छँदा उहाँको जीवन राम्रै थियो । बाबुसाहेब नै भन्थे । तर पछि परिवारकै कारण भने केही बढी संघर्ष गर्नुपर्‍यो । 

ड्याडी सुखले नै हुर्किनुभएको हो । हाम्रो बुबाहरु संयुक्त परिवारमा होइबक्सिन्थ्यो । उहाँ १४ वर्षको पनि नहुँदै हाम्रो परिवार भिन्नाभिन्नै भएको हो ।

सौतेनी मामिला भएको हुनाले परिवारमा केही बेमेल थियो । ड्याडीका दाइहरुले ड्याडीलाई दिनुपर्ने सम्पत्ति ‘दिन्छु भन्ने तर नदिने’ । यो कुरा हजुरबुबाले पनि पछि सम्झाइबक्सियो तर सक्नुभएन । 

jyoti dip1659408275.JPG

उहाँहरुले ‘भाइलाई कहाँ मार्छु र !’ भनेर हजुरबुबालाई जवाफ दिनुभयो तर दिनुभएन ।

सम्पत्तिको कुरा बेला बेला हुन्थ्यो तर ड्याडीले ‘मलाई केही पनि चाहिँदैन’ भनिदिइबक्सिएछ । ड्याडीले ‘हामी आफ्नो हाम्रो संघर्षले अघि बढ्नुपर्छ’ भनिबक्सिन्थ्यो ।

हाम्रो संयुक्त परिवारमा रहेका बेला अर्थात् त्यसबेलाको सम्पत्ति भनेको त कति हो कति थियो ! तर हामीलाई सम्पत्तिमा कहिल्यै पनि लोभ भएन । हामीले चाहिँ कहिल्यै पनि त्यो सम्पत्तिमा दाबी गरेनौँ । 

ड्याडी सानोमा पद्मोदय स्कुलमा पढिबक्सियो, ड्याडीले मेहनत गरेर पढेको हुनाले छोराछोरीले पनि त्यस्तै मेहनत गरुन् भन्ने लागेको हुनुपर्छ । ड्याडी पछि भारतमा गएर पढिबक्सेको हो । 

ड्याडीले हामीलाई दिएको शिक्षाकै कारणले होला म सानैमा पनि ज्ञानी बच्चामा दरिन्थेँ । 

हामीकहाँ अनुशासन एकदमै बढी थियो । समयमा उठ्ने, तयार हुने र स्कुल जाने समय फरक पर्नै हुँदैनथ्यो ।  हामी दौडिएर बस स्टप पुग्नुपर्थ्यो । स्कुल सकिएपछि सीधै घरमा आउने दायाँबायाँ हुन बुबाले दिइबक्सिदैनथ्यो ।

हामीलाई हुर्काउन, पढाउन, बढाउन ममीको ठूलो योगदान छ । जति नै चर्चा गरे पनि कम हुन्छ ।

स्कुलबाट आएपछि केहीबेर फुटबल खेलिन्थ्यो अनि पढ्न लागिहाल्नुपर्ने अवस्था थियो । म जेठो भएर पनि होला मेरा लागि विशेष कडा व्यवस्था थियो ।

मैले भानुभक्त, सेन्ट जेभियर्समा पढेको, संयुक्त परिवार थियो । संयुक्त परिवारको अवस्था धेरैले बुझेकै हुनुपर्छ । 

हरेक शनिबार ड्याडीलाई एउटा कविता सुनाउनैपर्ने थियो । ड्याडी बाहिरबाट आउँदा भन्नैपर्ने । 

कण्ठ पारेर सुनाउन सकिएन भने त ड्याडीले लगेर थुनिदिइबक्सिन्थ्यो । ड्याडीले दिनुभएको त्यो ‘सकारात्मक दबाब’ का कारण जिन्दगीमा कहिल्यै पनि पछि फर्किनुपरेन ।

म कक्षामा बसेपछि पछिसम्म मैले सबै कुरा सम्झिइहाल्थेँ । 

म अलि कडा स्वभावको पनि थिएँ । म होस्टलमा बसेको, साथीभाइ पनि त्यस्तै थिए । सेन्ट जेभियर्स स्कुल लेबलको पढाइ सकिएपछि बिहान बेलुका घुम्न जानुपर्ने ।

साथीहरुको मोटरसाइकलमा चढेर निस्किइहालिन्थ्यो । एसएलसी पास गरेपछि पब्लिक युथमा पढेँ । त्यो उमेरमा राजनीतिमा पनि लागेँ । 

तर ड्याडीलाई त्यो त्यतिसाह्रो मन परेन । उहाँले पढ्नुपर्छ भनिबक्सिन्थ्यो । ड्याडी पनि कडा, म पनि अलि कडा स्वभावको थिएँ । 

कहिलेकाहीँ ड्याडीसँगै सानातिना विवाद भए । 

ड्याडीको जिन्दगीमा भुल्नै नसकिने कुरा भनेको कार्पेट काण्ड हो । कार्पेट काण्डले उहाँलाई बढी तनाव दिएको थियो । त्यसबेला ‘डिमोर्लाइज’ महसुस गरिबक्सेको थियो ।

पछि सूर्यबहादुर थापा प्रधानमन्त्री भएपछि कलकत्ता महावाणिज्यदूत बनाएर पठाइदिनुभयो ।

ड्याडी कलकत्ता जाँदा म यहाँ पब्लिक युथ क्याम्पस पढ्न थालेको थिएँ । मैले आइकम यहीँ सकाएर पछि उतै गएँ । भाइ र बहिनी पहिल्यै गएका हुन् । 

म क्याम्पसमा पढ्दा पनि अलि आक्रामक थिएँ । मेरो हात अलि छिटो पनि चलिहाल्ने स्वभावको थियो । त्यसैकारण ड्याडीले बेला बेला यस्तो गर्नुहुँदैन भन्ने गरिबक्सिन्थ्यो ।

हामी कलकत्ता गएपछि पनि  ड्याडीले अफिसको गाडी प्रयोग गर्न दिइबक्सेन । ‘सरकारी गाडी तिमीहरुको लागि होइन’ भनिबक्सिन्थ्यो । हामी पब्लिक बस चढेर कलेज जान्थ्यौँ । 

सरकारी गाडीको दुरुपयोग गर्नै हुँदैन भन्ने उहाँमा थियो । उहाँले व्यक्तिगत तथा पारिवारिक कामका लागि सरकारी गाडी छुनै दिइबक्सिदैनथ्यो ।

पछि म पटनामा बसेर पढ्न थालेँ । त्यहाँ बुबा दुईपल्टमात्रै आइबक्सियो । पढ्न बस्दा हामीसँग सीमित रकम हुन्थ्यो । त्यसले म्यानेज गर्नैपर्थ्यो, हामीले गर्थ्यौँ पनि ।

ड्याडीले सानोमा पढ्न दिएको दबाबले पछि निकै काम गर्‍यो । तर ९–१० मा गणितमा मेरो राम्रो नम्बर आएन । साइन्स पढेर डाक्टर–इन्जिनियर बने हुन्थ्यो भन्ने ड्याडीलाई लागेको थियो होला तर मैले जुन विषय लिएर पढेँ, त्यसैले नै राम्रो गर्‍यो ।

हामीले निकै राम्रो गरे पनि बुबा भित्रभित्र खुसी होइबक्सिन्थ्यो तर उहाँ भनिबक्सिन्थ्यो– अझै राम्रो गर्नुपर्छ । बाहिर देखाएर एकदम राम्रो ग¥यौ भन्नुभएन । त्यसको अर्थ अझै राम्रो गर्न बाँकी छ भन्ने बुझ्थ्यौँ ।
...
म सानोमा एकदम ज्ञानी बालकमा दरिन्थेँ । ड्याडी आएपछि हामी पढ्न बसिहाल्थ्यौँ । कोठामा पसिहाल्थ्यौँ । एकदिन म कोठामा बसेर पढ्न थालेँ । ड्याडी खाना खान गइबक्स्यो म चाहिँ दिनभर थाकेर आएको सुतेँछु, निदाएँछु नै !

खाना खाएर आएपछि बोलाइबक्सियो, मैले सुनिन, लगातार बोलाइबक्स्यो । पछि पछाडिको झ्यालबाट चिच्याइबक्सेछ । अनि मैले थाहा पाएँ । ढोका खुलेपछि ‘एक खाइहालेँ’  नि !

ड्याडीले जहिले पनि ‘इमान्दार भएर काम गर’ भनिबक्सिन्थ्यो । आफ्नो खुट्टामा उभिनुपर्छ भनिबक्सिन्थ्यो । राम्रो गर्ने हो हामीलाई हाम्रो इमान्दारिताले राम्रो गर्छ भनिबक्सिन्थ्यो गरेको पनि छ ।

इमानकै कारणले होला राम्रो हुँदै गयो । ड्याडीले सकेसम्म परिवारलाई दुःख नहोस् भन्ने चाहिबक्सिन्थ्यो । अहिले अन्तिम समयमा पनि ‘छोराहरुले बढी दुःख पाए’ भन्ने थियो । 

बीचमा माछा मासु छाडिबक्सिएको थियो । तर बिरामी भएपछि थोरै थोरै खान थालिबक्सेको थियो । वर्षको एक दुई महिना ड्याडी चितवन बस्न मन पराइबक्सन्थ्यो ।

ड्याडीका  सबै इच्छा आकांक्षाहरु पूरा गर्‍यौँ भन्ने लाग्छ तर पछि अन्तिममा उहाँले लुम्बिनी जाने इच्छा राखिबक्सेको थियो । त्यो उहाँले राखेको इच्छा पूरा हुन सकेन । किनकि उहाँको स्वास्थ्य अवस्था नै खराब भइसकेको थियो । लुम्बिनी भनेपछि उहाँको विशेष ठाउँ थियो । सम्भवतः सबैभन्दा धेरै पुगेको ठाउँमध्येको एक हो । 

अन्तिममा पनि ‘त्यहाँ जाउँ’ भनिबक्सिएको थियो । त्यहाँ भनेको कहाँ भनेको लुम्बिनी नै रहेछ । 

हामीले अनेक प्रयास गर्दा पनि अन्तिममा लुम्बिनी लैजान सकेनौँ । ड्याडी मेरो लागि सबै चिज हुनुहुन्थ्यो । मैले जहिले पनि ड्याडीको इज्जत भनेर बसेँ, ड्याडीको इच्छा पूरा गर्न कुनै कसर बाँकी राखेनौँ ।

ड्याडी हाम्रा लागि ‘बाघ’ जस्तै होइबक्सिन्थ्यो । तर बिरामी भएपछि कमजोर होइबक्सियो । पछि त बच्चाजस्तै होइबक्सियो । 

(स्वर्गीय दुर्गा प्रकाश पाण्डेका छोरा ज्योति प्रकाश पाण्डेयसँग बाह्रखरीले गरेको कुराकानीको सार संक्षेप)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  ०७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro