site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्षमानलाई प्रधानमन्त्रीको जवाफ– सरकारले आसेपासे पुँजीवादलाई प्रसय दिँदैन
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आसेपासे पुँजीवाद (कोर्नी क्यापिटलिज्म)लाई कुनै महत्त्व नदिने बताएका छन् । आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको आइतबार (वैशाख २८) प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले समाजवादी अर्थतन्त्रलाई सरकारले महत्त्व दिने बताए ।

“पैसावाद कि मान्छेवाद ल्याउने भन्दा मान्छेवाद ल्याउने नि ! अहिलेको सरकारले आसेपासे पुँजीवादलाई कुनै प्रसय तथा महत्त्व दिँदैन,” प्रधानमन्त्री ओलीले भने ।

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद वर्षमान पुनले बैठकमा सरकारले आसेपासे पुँजीवादलाई प्रसय दिएको आरोप लगाएका थिए । उनले नेपालमा स्वार्थ समूहका रूपमा आसेपासे पुँजीवाद मौलाएको टिप्पणी गरेका थिए ।

“विश्व पुँजीवादमा मूल समस्या भनेको कोर्नी क्यापिटलिज्म अथवा आसेपासे पुँजीवाद हो । नेपालमा पनि आसेपासे पुँजीवाद बिचौलिया समूहको रूपमा भित्रिरहेको छ,” प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने क्रममा उनले भनेका थिए, “यो प्रभाव कसरी कम गर्न सक्छ नीति तथा कार्यक्रमले सुशासनमार्फत ? मेरो यो जिज्ञासा रहेको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro