site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Nabil BankNabil Bank
उहाँको जस्तो व्यक्तित्व ज्यादै सानो समूहमा मात्र भेटिन्छन् 
Sarbottam CementSarbottam Cement

धेरै अगाडि म अर्थ मन्त्रालयमा सचिव हुँदा उहाँ सोही मन्त्रालयमा राजश्व शाखामा निर्देशक हुनुहुन्थ्यो । हामीले करिब चार वर्ष सहकर्मी भएर काम गर्‍यौँ । उहाँलाई सम्झँदा उहाँको कामप्रतिको दत्तचित्त र इमानदारिताका बारेमा जति प्रशंसा गरे पनि कम हुन्छ । उहाँ आफ्नो काममा दक्ष हुनुहुन्थ्यो भने कठोर राष्ट्रवादी पनि हुनुुहुन्थ्यो । अर्थ मन्त्रालयपछि उहाँको सरुवा भयो । कलकत्तामा महावाणिज्यदूत भएर जानुभयो । 

अर्थ मन्त्रालयमा उहाँ सँगसँगै काम गरेका दिन अझै मलाई याद छ । उहाँसँगको परिचय छिमेकी र सद्भावको रुपमा रह्यो । त्यो भन्दा बढी मैले उहाँलाई दक्षता र इमानदारितामा कसैले नभेट्ने तहमा पाए । उहाँलाई म दुुर्गाजी भनेर सम्बोधन गर्थेँ । हैसियतमा म सचिव थिए । तर सम्बोधनभन्दा ठूलो कुरा कार्यकौशलता, राष्ट्रप्रति इमानदार भावना र चरित्रमा म विश्वास गर्छु । यस हिसाबले उहाँको चरित्रमा कसैले खोट लगाउन सक्दैन । 

Prabhu Bank
Agni Group
NIC Asia

जीवनको मोडमा प्रशासकीय जीवन छोडेर म राजनीतिमा लागेँ । उहाँ प्रशासनमै बस्नुभयो र देश सेवामा जुट्नुभयो । कसैको निर्देशनबाट परिचालित नभई तलमाथि नगरीकन काम गर्ने उहाँको खुबी नै उहाँ कस्तो खालको प्रशासक हो भनेर उहाँको परिचय देखाउन काफी छ । मलाई लाग्छ, वास्तवमा उहाँको जीवनकालमा उहाँले देखाएको कार्यकुशलता नै उहाँको सर्वश्रेष्ठ पहिचान हो । 

उहाँ कलकत्ताबाट फर्केपछि पनि हामी सम्पर्कमै थियौँ । किनकि हाम्रो सम्बन्ध स्नेहभावको थियो, जुन जिन्दगीभरी रह्यो । उहाँ स्वर्गीय हुनुभन्दा सात दिनअघि मात्रै टेलिफोनमा उहाँसँग कुरा गरेको थिएँ । स्वर मसिनो थियो । तर कुराकानीको सिलसिलामा उहाँले लेखेको किताब मलाई पढिदिनुस् न भन्नुभएको थियो । किताब पढेपछि उहाँको चरित्र र जीवनको सिद्धान्तबारे अझ गहिराइमा बुझ्न सकिन्छ । त्यसो त उहाँसँग सामाजिक भलाकुसारीमा कसैको बिहे, कसैको व्रतबन्ध या गोष्ठीमा पटक पटक भेटघाट भएको मलाई याद आउछ । 

Global Ime bank

दसैँ, तिहार र चाडपर्वको बेला मौकामा पनि हामी भेटेका छौँ । ती सबै भेटमा उहाँप्रतिको सद्भाव र स्नेहले सधैँ मेरो मनमा स्थान ओगटेको अनुभव छ मलाई । किनकि उहाँले प्रशासकको हैसियतले जुन दक्षता प्रकट गरेर देखाउनु भयो, त्यही नै सम्बन्धको हाम्रो आधार बन्यो । 

पञ्चायतकालको बेला थियो । उहाँको बानी थियो कसैसँग नझुक्ने । तर आफ्नो काम फत्ते गर्न जुन तहमा जे गर्नुपथ्र्यो त्यो गर्ने बानी थियो । कहिलेकाहीँ काममा दबाब आउँथे । उहाँ भन्सार विभागमा निर्देशक भएको बेला दरबारबाट यो माल छाडिदेऊ, त्यो छाडिदेऊ भन्ने खालका दबाब आउँथे । निडर स्वभावको उहाँ सही कुरा गर्न र बोल्न अघि सर्नुहुुन्थ्यो । उहाँ नडराइकन एउटा कर्मचारीले दरबारबाट पठाएको सामानलाई अडिट गर्नुपर्छ भन्ने सुझाव दिनुहुुन्थ्यो र अडिट गर्न लगाउनु पनि हुन्थ्यो । 

यसो हेर्दा उहाँको हाराहारीमा आउने मान्छे म झट्ट कोही सम्झिन्न । तर उहाँ जस्तो व्यक्तित्व ज्यादै सानो समूहमा मात्र भेटिन्छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  ०८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC