site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उमेदवार चयनमा सकस, शुक्रबारसम्म टुंग्याउने तयारी 
SkywellSkywell

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत तेस्रो चरणको निर्वाचन आउन २० दिन बाँकी रहँदा दुई नम्बर प्रदेशका तहहरू आफ्नो पोल्टामा पार्न प्रमुख राजनीतिक दलहरू मैदानमा कस्सिएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र र तराई–मधेसमा आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई चुनावी चटारोले छोएको हो ।
प्रमुख दलहरू चुनाव–प्रसारका अतिरिक्त उमेदवार चयनमा कस्सिएका छन् ।

 

‘चुनावलाई आन्दोलनका रूपमा अघि बढाएका छौँ’

KFC Island Ad
NIC Asia

३५ बुँदे संविधान संशोधनमार्फत तराई–मधेसमा आन्दोलन गरिहेको राष्ट्रिय जनता पार्टीले संविधान संशोधन विधेयक फेल भएपछि तिनै विषयलाई जनताको बीचमा लैजाने निष्कर्षमा पुगेको छ  । र, संविधान संशोधनको विषलाई नै चुनावी एजेन्डा बनाएको राजपाका नेता लक्ष्मणलाल कर्ण बताउँछन् । “हामीले संविधान संशोधनका बाधक शक्तिहरू, मधेस विरोधी शक्तिहरूबारे जनतालाई सुसूचित गरिरहेका छौँ । दुई नम्बर प्रदेशको चुनावलाई हामीले मधेस आन्दोलनकै रूपमा उपयोग गर्ने र विजय हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौँ,” उनले प्रष्ट्याए ।

 

Royal Enfield Island Ad

प्रत्येक जिल्लामा कार्यदल

दुई चरणको निर्वाचन घोषित रूपमै बहिष्कार गरेको राजपालाई मधेसमा उमेदवार टुंगो लगाउन हम्मेहम्मे परेको छ । विभिन्न पार्टीका घटक मिलेर बनेको ‘संयुक्त मोर्चा’समेत भएकाले कुन तहमा कसलाई उमेदवार बनाउने भन्ने विवाद चुलिएपछि राजपाले प्रत्येक जिल्लामा राजपाले एउटा कार्यदल बनाएको छ  । र, त्यसैले उमेदवार टुंग्याउने कर्णले जानकारी दिए । 

प्रायः तहमा समान हैसियत भएका नेता बढी भएकाले कसलाई अघि बढाउने कसलाई पछि हटाउने भन्ने विषयमा अल्मलिएको छ राजपा ।

‘एमालेलाई अवरोध छैन’

सबै राजनीतिक दलले निर्वाध कार्यक्रम गर्न पाउने, आफ्ना कुरा राख्न पाउने अधिकारको राजपाले सम्मान गर्ने बताउँदै कर्णले घोषित रूपमा एमालेलाई मधेसमा कुनै अवरोधन नभएको बताए । तथापि जनता नै आक्रोषित भएकाले केही ठाउँमा छिटपुट घटना भएको राजपा दोषी नहुने उनको भनाइ थियो । “एमालेलाई संविधान संशोधन विरोधीका रूपमा मधेसका जनताले बुझेका छन्,” उनले भने, “हामी त अवरोध गर्दैनौँ, जनता नै उठेर आएपछि हाम्रो के लाग्छ ?”

त्यस्तै उनले राजपाले कसैसँग तालमेल नगर्ने पनि जानकारी दिए । “अहिलेसम्म हामीले कसैसँग तालमेल गर्ने घोषित नीति लिएका छैनौँ, तालमेल गर्दैनौँ पनि,” उनले प्रष्ट्याए ।

शुक्रबारसम्म टुंगो लाग्छ : कांग्रेस 
 

यसैबीच नेपाली कांग्रेसले टिकट वितरणको अन्तिम गृहकार्य भएको बताएको छ ।  टिकट वितरणको गृहकार्यमा रहेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अहिले ‘सर्ट लिष्ट’ गर्ने काम भइरहेको बताए ।

उनले शुक्रबारसम्म सबै टुंगो लागिसक्ने बताए । उनले शुक्रबार नै अबेर भए पनि टिकट वितरणको तयारी गरिएको बताए ।

७५ प्रतिशत उमेदवार टुंग्यायौँ : एमाले

नेकपा एमालेले दुई नम्बर प्रदेशमा ७५ प्रतिशत उमेदवारी टुंग्याएको र बाँकी तहमा शुक्रबार बिहानसम्म टुंगो लगाउने जानकारी दिएको छ । पोलिटव्युरो सदस्य शत्रुध्न महतोका अनुसार एमालेले धेरैजसो ठाउँमा स्थानीय कमिटीले नै उमेदवारी टुंग्याएको र बाँकी रहेका तहमा प्रदेश कमिटीले छिनोफानो गर्ने बताए । “हामी छलफलमै छौँ, शुक्रबारसम्म टुंगो लगाउँछौँ,” उनले बाह्रखरीसँग भने ।

त्यसका अतिरिक्त एमालेले स्थानीय स्तरमा निर्वाचन परिचालन कमिटी,  सहयोग समिती बनाएर निर्वाचन प्रचारमा जोड दिइरहेको उनको भनाइ थियो । उमेदवार चयनमा पन एमालेले लोकप्रिय, विगतमा जनप्रतिनिधि भइ काम गरिसकेका अन्य पार्टी छाडेर एमाले प्रवेश गरेका लोकप्रिय व्यक्तिलाई छनोट गरेको उनको भनाइ थियो ।

‘राजपाले अवरोध गर्न सक्दैन’
महतोले राजपाले एमालेलाई मधेसमा रोक्न नसक्ने दाबी गरे । “एमालेलाई कुनै पनि ठाउँमा जानबाट रोक्नसक्ने तागत कोहीसँग छैन, हाम्रा कमिटी प्रत्येक तहमा, गाउँगाउँ, टोलटोलमा छन् । ती सबै परिचालित भइसकेका छन्,” उनले थपे । मंगलबार जनकपुरमा पनि राजपाले सामान्य अवरोध सिर्जना गर्न खोजेको भए पनि अन्ततः विफल भएको दाबी गरे ।

त्यस्तै उनले कांग्रेसबाहके सबै शक्तिसँग एमालेले तालमेलको रणनीति लिएको भन्दै स्थानीय आवश्यकताको आधारमा त्यो जिम्मा सम्बन्धित तहलाई नै दिएको जिकिर गरे ।

यद्यपि प्रदेशले उमेदवारी नटुंग्याइसकेको र अन्य पार्टीको पनि उमेदवार तय नभएकाले तालमेलको प्रक्रिया अघि बढ्न नसकेको बताए ।

मधेस विरोधी एमाले राप्रपासँग तालमेल गर्दैनौँः मातृका

माओवादी केन्द्रका दुई नम्बर प्रदेश संयोजक मातृका यादवले माओवादी केन्द्रका पक्षमा तराईमा जनलहर आएको दाबी गरे । जनकपुरमा १२ सय ७० र सिरहामा उल्लेख्य संख्यामा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नु मधेसमा ठूलो लहर आएको पुष्टि भएको उनको भनाइ थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल स्वयम् मधेसमा उपस्थित भएर त्यहाँको जनतको पीरमर्कासँग साक्षात्कार भएकाले पार्टीको पक्षमा माहोल बनेको उनको दाबी थियो ।

उनले दुई नम्बरमा माओवादी केन्द्र शक्तिशाली बन्दै गएको तर्क पेस गरे । त्यस्तै माओवादी केन्द्रले १७ गतेसम्म उमेदवार टुंगो लगाउने बताए । त्यस्तै उनले तराई–मधेसमा एमाले, राप्रपासँग कुनै हालतमा सहकार्य र तालमेलको सम्भावना नरहेको जिकिर गरे । “आफू भागेर आउने, सदियौँदेखि तराईको माटोको रक्षा गरिरहेका भूमिपुत्रहरूलाई विहारी भन्नेसँग कुनै हालतमा तालमेल हुँदैन । मण्डले राष्ट्रवादीहरूसँग कुनै हालतमा तालमेल हुँदैन हाम्रो,” उनले प्रष्ट्याए ।

उनले एमाले, राप्रपाबाहेक सबै शक्तिसँग तालमेल गर्ने विषमा पार्टी केन्द्रले निर्देशन दिएको दाबी गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १५, २०७४  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro