site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
KFC Island Ad
Dabur Nepal
NIC Asia

सत्ताका लोभमा नैतिकता र मर्यादा उल्लङ्घन गर्नेहरू अस्थिरताका लागि अहिले ‘भूराजनीति’लाई सराप्दै छन् । नेपालका राजनीतिक दलका नेता गतिला भए विदेशी र बिचौलियाले केही लछार्न सक्थे होला त रु 
 
चुनाव नजिक आएपछि दलका नेताहरू जनतालाई कसरी झुक्याउन सकिन्छ भनेर छटपटिने गर्छन् । चुनावका बेला उनीहरू जे बोल्न र गर्न तयार हुन्छन् । भनिन्छ, पैसा त उनीहरू जस्तो पनि लिन्छन् ।
 
आगामी निर्वाचनको चिन्ता नेताहरूमा बढी नै देखिन थालेको छ । नेपाली कांग्रेसका नेता आपसी आरोपप्रत्यारोपमा संलग्न देखिन्छन् भने कम्युनिस्टहरू आफ्ना कर्तुत लुकाउन विदेशी शक्तिलाई दोष दिन थालेका छन् । 
 
विदेशीले विशेषगरी छिमेकीले मौका पाउँदा आफ्नो हित रक्षाका लागि घुसपैठ र सके हस्तक्षेपको पनि प्रयास गर्न सक्छन् । तर, मिरजाफर र क्विसलिङ नभएको देशमा तिनको प्रयास सफल भएको उदाहरण छैन ।
 
नेपालमा पनि विदेशीले राजनीतिक नेतृत्वमा रहेका वा पुग्ने महत्त्वाका‌ंक्षा भएकालाई नै क्विसलिङको अवतारमा जन्माउने हुन् । यसैले विदेशी हस्तक्षेपको डर देखाउनेहरू पनि ‘चील आयो भनेर गाउँलेलाई आकाशतिर हेर्न लगाएर कुखुरा चोर्ने स्याल’ कै नयाँ अवतार हुन् ।
 
देशमा व्याप्त कुव्यवस्था र भ्रष्टाचारका लागि विदेशी वा कुनै भूराजनीतिक शक्तिलाई दोष दिएर अहिलेका राजनीतिक दलका नेता अब उम्कन सायद पाउने छैनन् । भ्रष्टहरूको भाष्य अब नपत्याउने संकेत जनताले स्थानीय निर्वाचनमै दिएका छन् ।
 
वास्तवमा अहिले शीर्ष नेतृत्वमा रहेकाहरूले जनता झुक्याउन नयाँ नयाँ फट्याइँ रच्न लाग्नुभन्दा राजनीतिबाटै पन्छिदिए देशको भलो हुने देखिन्छ । यद्यपि, सत्ता लिप्सामा लिसो झैँ टाँसिएकाबाट इमानदारीको अपेक्षा गर्नु भने मूर्खता हुन्छ । 
    
विडम्बना, भ्रष्टाचार र कमिसनखोरीका भकारीहरूलाई देश बिग्रेको दोष अरूलाई दिन लाज मान्दैनन् । यस्ता कुनै दलको गठबन्धन वा एकताले सम्बद्ध नेताहरूकै सत्ता स्वार्थ पूर्तिबाहेक अरू कसैको भलो नहुने पुष्टि २०७४ को चुनावबाटै  भइसकेको छ ।  

दुर्भाग्य, अहिलेका कुनै दलका पनि शीर्ष भनिएका नेतामा नैतिकता र इमानदारी लेसमात्र पनि देखिँदैन । यिनलाई देश लुट्ने ‘लाइसेन्स’ बन्द गर्न भने जनताले यो यथार्थ बुझ्न जरुरी छ ।
 
यसैले अहिले देश र जनताको हितका लागि कुनै कसैको एकता वा गठबन्धन होइन राजनीतिक नैतिकता र इमानदारीको खाँचो छ । अहिलेका अनैतिक र बेइमान नेताहरूलाई जनताले नै पन्छाउन नसके देश लुटिन र जनता चुसिन रोकिनेछैन । 
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro