site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकी संसद्मा विषय छाडेर व्यक्तिको नाममा अतिरञ्जना !
फाइल तस्बिर
SkywellSkywell

पोखरा । बजेट ल्याएपछि गण्डकीको संसद् तीन हप्तासम्म चल्न सकेन । यसको कारण सत्ता गठन्धनको आन्तरिक कलह नै थियो । योजना काटिएको र अर्थमन्त्रीले आफूखुसी बजेट बनाएको भन्दै गण्डकीको कलह बालुवाटार हुँदै खुमलटारसम्म पुग्यो ।

असार तेस्रो साता बल्ल मौखिक सहमति भएपछि गण्डकीमा असार १ गते ल्याइएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफल सुरु भयो । तर, वार्षिक विकास कार्यक्रममा छुटेका योजना भनेर सेतो किताब आएपछि प्रतिपक्षले परिवारका नाममा जोडेर संसद्को विषयान्तर गर्न खोज्यो ।

सत्ता गठबन्धनबीचको सहमतिअनुसार छुटेका योजना भनेर ल्याइएको सेतो किताब आउनासाथ त्यही दिन एमालेले प्रदेशसभा बैठक अवरुद्ध गर्‍यो । त्यसपछि लगातारका बैठक मन्त्रालयगत योजनाको छलफल छाडेर, बाआमा, दाजु, जेठाजुदेखि परिवारको अक्षयकोषमा केन्द्रित भयो ।

KFC Island Ad
NIC Asia

प्रतिपक्षी एमालेले आफ्नो विद्याथी संगठन अनेरास्ववियुलाई सडकमा उतार्‍यो । मंगलबार बिहान ११ बजे बोलाइएको प्रदेशसभा बैठक अनेरास्ववियुले निषेधित क्षेत्र (प्रदेशसभा परिसर अगाडि) मा प्रदर्शन गरेकै कारण केही मन्त्री, सांसद पैदलै आए, मुख्यमन्त्री, सभामुख पनि प्रदर्शन सकिएपछि आए । निषेधित क्षेत्रमा प्रदर्शन भइरहँदा प्रहरी हेरेर बस्यो, सांसद राजीव पहारी त गएर भाषण नै गरे । 

प्रदेश सभामा जे हुनुपर्थ्यो, त्यो नभएपछि मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली आफैँले विशेष समय लिएर सम्बोधन गरे । उनको सम्बोधनपछि बोल्ने एमाले सांसद मोहनप्रसाद रेग्मीले पुनः परिवार जोडिएर आएका कारण गण्डकीको बदनाम भएको बताए । 

Royal Enfield Island Ad

“परिवारसँग जोडिएको ट्रस्ट वा कुनै नाममा मन्त्री वा माननीय जोडिएर आउँदा राष्ट्रियस्तरमा नै सम्मानित नेताहरूप्रति अपमानित हुने काम अहिलेको बजेटले गर्‍यो,” उनले भने, “सामाजिक सञ्जाल, नागरिक समाजदेखि १ रुपैयाँ उठाएर दिन्छौँ भन्ने कुरा सुनिएका छन् । यसअगाडि हामी सातै प्रदेशमा अग्रपंक्तिमा थियौँ ।”

आफ्नो सरकार हुँदा गण्डकी सरकार सातै प्रदेशमा उत्कृष्ट रहेको दाबी उनले गरे ।

उनीलगत्तै बोलेकी ओमकला गौतमले एमालेलाई काउन्टर दिँदै अघिल्लो सरकारले पनि नेताको नाममा बजेट छुट्याएको तर आफूहरूले सम्मान गरेको र कुनै भगिनी संस्थालाई सडकमा नउतारेको जवाफ फर्काइन् ।

“अघिल्लो सरकारले रविन्द्र स्मृति प्रतिष्ठानमा कति रकम दियो ? ०७६/०७७ मा हेर्नुहोस्, रविन्द्र स्मृति सुनगुफा भनेर पोखरा ३३ मा ६० लाख रुपैयाँ छुट्याएको थियो । हामीले आन्दोलन गरेनौँ, भगिनी संस्थालाई सडकमा उतारेनौँ । हामीले त्यतिबेला किताब हेरेका थियौँ, हामीले सम्मान गर्‍यौँ,” उनले थपिन, “रविन्द्र स्मृति भवन निर्माण ३३ पोखरा ५० लाख छुट्याइएको छ । हामीले त एउटा सिटिङ एमपी दुर्घटनामा दिवंगत हुनुभयो भनेर श्रद्धाञ्जली दियौँ, सभामा गयौँ । मृत्युपछि पनि सदा अमर रहनुहुन्छ, रहनुस् भन्यौँ ।”

उनले गोवर्द्धन शर्माको नाम उछालेर एमालेले सरकारको विरोध गर्नुअगाडि उनको योगदानबारे सोच्न आग्रह गरिन् । कांग्रेस संसदीय दलकी प्रमुख सचेतकसमेत रहेकी उनले भनिन्, “आज गोवर्द्धन शर्माको नाम उछाल्दै गर्दा उहाँको योगदान छातीमा हात राखेर सोचौँ । बाटोमा बसेर भाषण दिएजस्तो छैन । अरूलाई ढाँट्न सक्छौँ, तर अन्तरआत्मालाई ढाँट्न सक्दैनौँ । एकपटक छातीमा हात राखेर सोचौँ त । रविन्द्रको नाम जोडिएको संस्थाले उसको परिवारलाई दिने होइन । समाजलाई फाइदा हुने काम गर्ने हो, त्यसको उद्देश्य हेर्ने हो ।”

त्यसपछि रोस्टममा आए माओवादीका सांसद दीपक कोइराला । उनले नै प्रदेशसभा कार्यविधिमा नभई विषयान्तर भएको बताएका हुन् ।

संसद्मा मंगलबारको कार्यसूची 'शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेशसभा सचिवालय, आयोग निकाय र प्रतिष्ठानसँग सम्बन्धित' विषयमा छलफल गर्ने रहेको थियो ।

तर, प्रतिपक्षीले निरन्तर परिवारको विषय उठान गरेपछि सत्तागठबन्धनका सांसदले त्यसको काउन्टर दिँदै बसे । त्यसकै कारण गण्डकीको प्रदेशसभा बजेटमा केन्द्रित नभई व्यक्तिगत प्रसंग जोडेर अतिरञ्जित गर्ने थलो बन्न पुग्यो ।

“संसद्को गरिमालाई आत्मसात गर्नुपर्ने नैतिकता म सँग छ । तर, अलिअलि मुख पनि चिलाइरहेको छ । हिजोअस्तिका कुराहरू उठेका छन् । नबोले यसले केही जान्दो रहेनछ भन्ने पर्ने हो नि,” उनले भने, “लगातार माननीयहरूले विषयवस्तु बाहिर कुरा गरिरहनुभएको छ । प्रवृत्तिसँग कुरा गर्नुपर्छ भन्ने लागेको छ । सहिद पनि नातेदार हुन रे ! कसैको जेठाजु त हुन्छन नि ! कोही न कोहीको छोरी, ज्वाइँ होला । हुँदाहुँदा मैले मदन केसीको नाम सुनेँ, विनोद केसीको दाइ हुनुहुन्छ उहाँ । सहिदहरूलाई यसरी व्यक्तिगत लाञ्छना नलगाऔँ । चाहे जुनसुकै पार्टीमा योगदान गरेको होस् । उनीहरू साझा हुन् ।”

व्यक्तिको नाम जोडेर एमालेले प्रदेश सभामा उठाएका विषयमा गोवर्द्धन शर्मादेखि पुननारायण धनकुमारी श्रेष्ठ, अमृत जोशी, डिल्लिराम लामिछाने, जिमाक संग्रहालय, भीमसेन, मदन केसीलगायतका विषय हुन् ।

सहिददेखि सामाजिक योगदान दिएका विषयवस्तुमा परिवार जोडेर निरन्तर सडकसम्म प्रदर्शन भएपछि यो च्याप्टर क्लोज गर्न मंगलबार मुख्यमन्त्रीले संसद्लाई सम्बोधन गर्दै 'भावुक' जवाफ दिएका छन् ।

सम्बोधनका अन्तिममा उनले भनेका थिए, “यो कुनै व्यक्ति, परिवारलाई दिएको दान उपदान होइन । र पनि, प्रदेश सरकारले जसरी नागरिक समाजले आवाज उठायो, मैले हेरेँ, एकजना माननीयले युवा नेता भएर भाषण दिइरहनुभएको थियो, सुनिरहेको थिएँ मैले । उहाँ देखि लिएर, हामीले ती सबै कुरालाई कदर गर्दै, यद्यपि यी सबै कुरा वैधानिक हुँदाहुँदै पनि नागरिक समाज, सञ्जाल र प्रतिपक्षीको आवाजलाई कदर गर्दै सबैको भावनालाई आत्मसात गर्दै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रममा समावेश गरेका गोवर्द्धन शर्मा स्मृति कोष, श्री पुननारायण धनकुमारी परोपकारी ट्रस्ट भवन निर्माण,  पुननारायण धनकुमारी परोपकारी ट्रस्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्क लगायतका कार्यक्रम तथा बजेटका विषयमा नागरिकस्तरबाट जुन असन्तुष्टि व्यक्त भयो, त्यो कुरालाई मध्यनजर राख्दै आम नागरिकको भावनलाई उच्च कदर गर्दै यी र यस्ता कुराहरूमा विनियोजित स्रोतहरूलाई प्रदेशका प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन मैले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको बेहोरा म यस सम्मानित सभासमक्ष जानकारी गराउन चाहन्छु ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  ०६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro