site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेटबारे गण्डकीका मुख्यमन्त्रीको सम्बोधन– दुई पुस्ताको बीचमा छौँ, सहिष्णुताको अभाव भयो
SkywellSkywell

पोखरा । गण्डकी प्रदेश सभाले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट अझै पारित गरिसकेको छैन । छलफलकै क्रममा रहेको बजेटलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले चर्को विरोध गरेपछि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबारको प्रदेशसभा बैठकलाई सम्बोधन गरेका छन् ।

मुख्यमन्त्री, मन्त्री, सांसददेखिन नेताका परिवारका नाममा खोलिएका ट्रस्ट र प्रतिष्ठानलाई बजेट छुट्याइपछि एमालेले चर्को विरोध गरेको छ । एमालेले सडकदेखि सदनसम्म विरोध गरिरहेको छ ।

हुन पनि आगामी बजेटमा मुख्यमन्त्रीका बुवा गोवर्द्धन शर्मादेखि सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका आमाबुवा पुननारायण र धनकुमारी श्रेष्ठसहित कांग्रेस नेता अर्जुन जोशीका बुवा अमृत जोशी, सांसद पियारी थापाले आफ्नै विवाहमा खोलेको अक्षयकोषसम्म, सांसद विनोद केसीले दाइ र सांसद धनमाया पोखरेलका जेठाजुको नाममासमेत बजेट विनियोजन गरिएको छ ।

KFC Island Ad
NIC Asia

जसको विरोधमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार प्रदेश सभा अगाडि प्रदर्शन गर्‍यो । गण्डकी प्रदेशसभा अगाडिको परिसर निषेधित क्षेत्र हो । तर, निषेधित क्षेत्रमा आन्दोलन गरिरहँदा प्रहरीले सांसदकै गाडी नदीपुर चोकमा रोक्यो । जसका कारण मन्त्री सांसदहरू पैदल भएर प्रदेश सभा भवनभित्र छिरे । 

बिहान ११ बजे डाकिएको बैठक अखिलले निषेधित क्षेत्रमै प्रदर्शन गरेपछि १२ बजेपछि मात्र सुरु भएको थियो ।

Royal Enfield Island Ad

बैठकमा विशेष सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले इतिहासको विषयमा नयाँ पुस्तालाई जानकारी नभएको र सहिष्णुताको पनि अभाव भएको बताए । अन्तिममा उनले ट्रस्ट, प्रतिष्ठानका नाममा बजेट छुट्टिएका कार्यक्रमलाई प्रदेशको प्राथमिकताका आधारमा खर्च गर्न आफूले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको बताए ।

प्रदेश सभामा मुख्यमन्त्री पोखरेलले गरेको सम्बोधनको अंश :
बजेटका सम्बन्धमा मैले एउटामात्रै के निवेदन गर्न चाहन्छु भने– हामीले जुन व्यवस्थालाई अंगीकार गरेका छौँ, संघीय लोकतान्त्रिक गणतन्त्र । यसका सरकार निर्माणका आफ्नै प्रक्रिया छन् । र, राजनीतिक परिवर्तनका साथै सरकार परिवर्तनका साथै सरकार परिवर्तन हुनुपर्ने अवस्था पनि आउँछ । त्यहीअनुरूप हाम्रो गण्डकी प्रदेशमा पनि सरकार परिवर्तन भयो ।

आज मेरो नृतृत्वको सरकाराले ०७९/८० को बजेट ल्याएको छ । निश्चित रूपमा हिजोका दिनमा पनि बजेट आउँदै गर्दा, बजेटलाई हेर्ने दृष्टिकोण हामी विपक्षीमा हुँदा पनि आफ्नै दृष्टिकोण, असन्तुष्टि रहे । उक्त बजेटमा पनि हामीले हेर्‍यौँ, सन्तुलनको अभाव रह्यो । २/३ जिल्लामा मात्रै बजेट एलोकेट भएको पनि हामीले पायौँ । तर, त्यो त्यतिखेरको सरकारका आफ्नै कार्यक्रम थिए, त्यसलाई हामीले स्वीकार्‍यौँ ।

अहिले पनि बजेट निर्माणका सन्दर्भमा गठबन्धनको सरकारको प्राथमकिता उद्देश्य, सरकार निर्माण गर्दाका प्रतिबद्धताहरू विविध कुराहरूका कारणले अहिले ल्याएको बजेटलाई हेर्ने विपक्षीको दृष्टिकोण नमिल्न सक्छ, यसलाई स्वाभाविक रूपमा हेर्नुपर्छ ।

म यति मात्रै के भन्न चाहन्छु भने, जसरी विगतमा हामीले यो प्रदेशसभामा यो अभ्यास गरेका थियौँ, जुन मिठासपूर्ण तरिकाले गरेका थियौँ, अहिलेको हाउसमा कताकता त्यो भएन कि भन्ने लागेको छ । माननीय सभामुख महोदयले कतिपय रुलिङ गर्नुपर्ने अवस्था पनि आएको छ । म प्रतिपक्षका साथीहरूलाई भन्न चाहन्छु, यो संवैधानिक क्रममा को कहिले लेफ्ट, कहिले को राइट । यसलाई ध्यान नदिइकिन हामी जनताका प्रतिनिधि हौँ । हामी समाजमा नेतृत्व दिन आएका छौँ, चाहे सत्तामा रहौँ, चाहे बाहिर रहौँ ।

हाम्राबीचको असल संसदीय प्रणाली, यसमा कमी आउन हुनु हुँदैन । किनभने, पाँच महिनापछि फेरि जनताको बीचमा जान्छौँ, कति अनुमोदित भएर आइएला, कति नआइएला । नआउँदै गर्दापनि यही भूगोलमा हामीले राजनीति गर्ने हो । त्यसअर्थमा, म माननीयहरूसँग अनुरोध के छ भने, मन्त्रालयगत छलफलमा होस वा कुनै कुराहरूमा जाँदै गर्दा, कमसेकम म भन्न चाहान्छु, अहिले उहाँ उपस्थित हुनुहुन्न । सरकार परिवर्तनकै क्रममा व्यक्तिगत वा कसैलाई बढी छोयो भने मलाई लाग्छ, उहाँलाई छुनुपर्छ ।

उहाँले लोकतान्त्रिक शालीनता देखाउनुभयो, हाम्रा लागि पनि त्यो अनुकरणीय रह्यो । अपिल गर्न चाहान्छु, असल प्राक्टिसमा हामी जाऔँ ।

यति भनिकन, सभामुख महोदय मैले आज विशेष समय मागेँ ।

त्यो के भन्दाखेरि अहिलेको वार्षिक कार्यक्रममा प्रकाशित केही कार्यक्रमहरू खासगरिकन गोवर्द्धन शर्मा मेमोरिलय ट्रस्ट लगायतका प्रतिष्ठान, ट्रस्टका विषयलाई लिएर जुन एउटा समाजमा, सामाजिक सञ्जाल, मिडिया र प्रतिपक्षमा रहनुभएका साथीहरू सबैले जुन एउटा चासो राख्नुभयो, उठाउनुभयो । कतिपय कुराहरू त्यसलाई क्लियर गर्नुपर्ने महसुस गरेर समय मागेको छु । म एउटा स्मरण गराउन चाहान्छु र यो सभामा एउटा प्रश्न गर्न चाहान्छु ।

यो देशमा परिवर्तन ल्याउनको लागि, संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि हजारौँ सहिद, व्यक्तिहरूले सहादत प्राप्त गर्नुभएको छ । र त्यस्ता हजारौँ व्यक्तिहरू पनि हुनुहुन्छ, सहादत प्रत्यक्ष प्राप्त गर्नुभएन । एउटै मोर्चामामा लड्दालड्दै एउटा साथी मरेको छ । अर्को साथी बाँचेको छ । एउटै आन्दोलनमा प्रहरीको गोली, कोही ढलेको छ कोही ढलेको छैन । ढलेकाहरू व्यक्ति सहिद घोषित हुन् । सम्मान छ, दिनुपर्छ । कुन पार्टीको विचारको थियो, गौण कुरा हुन् । 

हामीले यो मुलुकमा आमूल परिवर्तनका लागि लड्ने सन्दर्भमा जजसले सहादत पाउनुभयो, उहाँहरू सम्मानित हुनुहुन्छ । साथै, इतिहासमा त्यस्ता पनि व्यक्तिहरू हुनुहुन्छ, जो न राष्ट्रको कुनै पदमा बस्नुभयो, जसले जिन्दगीभर आफ्नो व्यक्तिगत कुरामा लाग्नुभएन । समाज परिवर्तन, लोकतन्त्र, नेपाललाई परिवर्तन गर्नकोलागि दिनुभयो, यस्ता व्यक्तिलाई राष्ट्रले, प्रदेशले सम्झने कि नसम्झने ? एउटा प्रश्न छ ।

आज बीपी कोइरालालाई छाडौँ, उहाँ प्रधानमन्त्री हुनुभयो, पुष्पलालजी केही हुनुभाथ्यो ? थिएन । गणेशमानजी सरकारी पदमा जानुभयो, जानुभएन । यस्ता धेरै व्यक्तित्वहरू हुनुहुन्छ, जसलाई हामीले सम्मान गरेका छौँ, गर्नुपर्छ र केन्द्रीय सरकारले गर्दै आएको पनि छ ।

उहाँहरूका नाममा विभिन्न प्रतिष्ठान, संस्थाहरू छन् । ती संस्थाहरूलाई केन्द्रीय सरकारले करोडौँ रुपैयाँ दिएको छ किन ? परिवारलाई बाँडेर खान दिएको होइन, परिवारले खान बनाएको पनि होइन । 

ती व्यक्तिहरूको नामलाई भविष्यमा पनि एउटा अमर रहोस भन्ने दृष्टिकोणले त्यस्ता प्रतिष्ठान बनेका हुन्छन्, सहयोग दिएको हुन्छ । ०४६ यता हेरौँ, आम प्राक्टिसको कुरा हो ।

यसै सन्दर्भमा हेर्दै गर्दा गोवर्द्धन शर्मा मेमोरियल ट्रस्ट छ, त्यसलाई बढी हाइलाइट गरियो । स्वीकार छ । गोवर्द्धन शर्मा मेरो पिताजी हो । तर, गण्डकी प्रदेश सरकारका हैसियतले, गण्डकीका लोकतान्त्रिक आन्दोलन, वामपन्थी आन्दोलन हाँक्ने पुराना नेताहरू मध्येको गोवर्द्धन शर्मा, एकदेव आले दुवै तनहुँ जिल्लाको हुनुहुन्छ ।

उहाँहरूले ००७ सालको क्रान्तिमा जहाँ एकैपटक ६ जना सहिद भए, उहाँ हुनुभएन । त्यो सहिद नहुनुभएको कारणले तनहुँ जिल्लामा चाहे शैक्षिक, छुवाछूत, हलो क्रान्तिको आन्दोलनमा उहाँले जोखिम लिएर समाज परिवर्तनका लागि आफ्नो जातबाट पनि च्युत भएर बस्नुपरेको अवस्था त्यो परिवारमा थियो ।

२०१७ सालमा राजा महेन्द्रले कू गरिसकेपछि उहाँ ८ वर्ष प्रवासमा बस्नुभयो, उहाँको सम्पत्ति हरण भयो, परिवारहरू बेआश्रित भए ।

त्यसपछि पञ्चायतका विरुद्धमा पनि पटकपटक हिरासत र जेल बस्नुभयो । त्यो व्यक्ति जसलाई अहिलेको पुस्ताले चिनेन, तर अघिल्लो पुस्ताले त्यो व्यक्तिको नाम लिँदै गर्दा मलाई लाग्छ, त्यो एउटा प्रदेशकै सम्मान गर्नुपर्ने व्यक्ति हो । उसको नाममा एउटा ट्रस्ट जुन १५ वर्ष अगाडिदेखि नै छ ।

यसले नेपाल सरकारदेखि विभिन्न संघसंस्थाबाट सहयोग ल्याएर कृषिमा रिसर्च सेन्टरको रूपमा पनि काम गरेको छ । त्यो संस्थालाई प्रदेश सरकारले रकम विनियोजित गर्‍यो । यसलाई गरिब प्रधान मुख्यमन्त्री भनेर एक रुपियाँ राख भनेर राजनीति भजाउने कुरा फरक हो । तर, त्यो संस्थाले यति हुँदाहुँदै पनि व्यक्तिको कुरा गर्नुपर्छ भने धेरै गरेको अवस्था छ । तर, अहिले त्यो कुरा हुन सकेन । हामी भावनामा कमसेकम तपाइ हामी भनेको पुरानो र नयाँ पुस्ताको बीचमा छौँ, हामीलाई त्यो इतिहास थाहा छ, हामीकहाँ एकदेव आले प्रतिष्ठान पनि छ । हिजो सरकारबाट त्यहाँ पनि प्राप्त भएको थियो, हामीलाई पनि प्राप्त भएको थियो ।

यो के हो भने, सहिष्णुताको अभाव भन्छु म ।

आज जुन रूपले प्रचारमा आयो, कस्तो प्रचारमा आयो भन्दाखेरि, गण्डकी प्रदेश सरकारले अनुदान दियो ।

जसले मुलुकको परिवर्तनको लागि लड्यो, इतिहासका लागि आफूलाई समर्पित गर्‍यो, त्यसले राष्ट्रबाट सम्मानित हुने हक राख्छ । त्यो प्राक्टिस प्रदेशभित्र पनि छ । म सम्मानका साथ नाम लिन्छु हिजोको सरकारले रविन्द्र अधिकारीजीको नामका संस्थामा रकम विनियोजित भएको छ । हामीले कहीँ बोलेनौँ । किनभने त्यो हैसियत उहाँको छ, हामीले मान्यौँ, योगदानको कदर गर्‍यौँ । यी सबै कुराहरूलाई हेर्दा अहिले हामी बढी 'बायस' भयौँ कि भन्ने मलाई लाग्छ ।

एउटा सानो उदाहरण दिन चाहान्छु, हामीले अघिल्लो सरकारको तीन वर्ष भन्ने पुस्तिका छ । उपलब्धिपूर्ण छ । त्यो उपलब्धिमध्ये बागलुङको काठेखोलास्थित जिमाक सांस्कृति संग्राहलय स्थापना एवम स्तरोन्नतिलाई लिएको छ । यो प्रदेशले एउटा उपलब्धिको रूपमा लिएको संस्था हो । हिजोदेखि बजेट विनियोजित भएर आएको संस्था हो, आज यसलाई पनि विवादित बनायौँ । किन ?
हामीले डबल स्टान्डर्ड नगरौँ भन्ने कुरा हो ।

सरकारले विनियोजित गरेका जुन शीर्षकहरू छन्, ती शिर्षकहरू वैधानिक रूपमा, कानुनी रूपमा ठिक छन् । तर, लोकतान्त्रिक परिपाटि, व्यवस्था, नागरिक समाज आदि इत्यादी, जो लोकतन्त्रका पहरेदार । उहाँहरूको आवाजहरूलाई मैले कदर गर्नुपर्छ भन्ने मान्यता सरकारले राख्छ । यसमा मेरो एउटा मात्र भनाई छ, मैले मिडियाका, सामाजिक सञ्जालका साथीहरूलाई अनुरोध गर्न चाहान्छु ।

यही रोस्टममा अघिल्लो सरकारले सामाजिक सञ्जालमा रोक लगाउन लाग्यो भनेर आवाज बुलन्द गर्ने चेहराहरू यहीँ छौँ । यो वा त्यो बहानामा सामाजिक सञ्जाललाई लोकतन्त्रमा यो वा त्यो बहानामा नियन्त्रण गरिनुहुन्न, सामान्य कानुनबाहेक अरू कानुन बनाएर नियन्त्रण गर्न पाइँदैन भन्ने व्यक्ति हामीहरू नै हो ।

तर, आज मैले देखिरहेको छु, त्यो सञ्जालमा प्रस्तुतीकरण आआफ्नो तरिकाले गर्नु, मेरो निवेदन के छ भने वास्तविकता बुझ्नु ।

प्रस्तुतीकरण गर्दैगर्दा, रियक्सन गर्दैगर्दा कमसेकम शब्द चयनहरू राम्रोसँग गर्नुहोस । एउटा सभ्य समाजमा एउटा सञ्चारकर्मी, सञ्जालको एउटा जिम्मेवार व्यक्ति हुनुको नाताले ध्यान जानुपर्छ भन्ने मलाई लाग्दन ।

यो कुनै व्यक्ति, परिवारलाई दिएको दान उपदान होइन । र पनि, प्रदेश सरकारले जसरी नागरिक समाजले आवाज उठायो, मैले हेरेँ, एकजना माननीयले युवा नेता भएर भाषण दिइरहनुभएको थियो, सुनिरहेको थिएँ मैले । उहाँ देखि लिएर, हामीले ती सबै कुरालाई कदर गर्दै, यद्यपी यी सबै कुरा वैधानिक हुँदाहुँदै पनि नागरिक समाज, सञ्जाल र प्रतिपक्षीको आवाजलाई कदर गर्दै सबैको भावनालाई आत्मसात गर्दै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रममा समावेश गरेका गोवर्द्धन शर्मा स्मृति कोष, श्री पुननारायण धनकुमारी परोपकारी ट्रस्ट भवन निर्माण, पुननारायण धनकुमारी परोपकारी ट्रस्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्कलगायतका कार्यक्रम तथा बजेटका विषयमा नागरिकस्तरबाट जुन असन्तुष्टि व्यक्त भयो, त्यो कुरालाई मध्यनजर राख्दै आम नागरिकको भावनलाई उच्च कदर गर्दै यी र यस्ता कुराहरूमा विनियोजित स्रोतहरूलाई प्रदेशका प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन मैले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको बेहोरा म यस सम्मानित सभासमक्ष जानकारी गराउन चाहान्छु ।

धन्यवाद ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro