site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसदको विवाहमा स्थापना गरेको अक्षयकोषलाई गण्डकी सरकारको एक करोड ३० लाख बजेट
SkywellSkywell

पोखरा । गण्डकी प्रदेशसभा सांसद तथा राष्ट्रिय जनमोर्चा संसदीय दलकी नेतृ पियारी थापाको विवाहमा १० हजारबाट सुरु गरिएको अक्षय कोषलाई गण्डकी सरकारले एक करोड ३० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

२०६६ सालमा उनले जनमोर्चाको सांस्कृतिक समूह रक्तिमका प्रशिक्षक हेमराज आश्रमसँग विवाह गरेकी थिइन् । रक्तिमकै माध्यमबाट चिनिएका हेमराज र थापाले आफ्नो विवाहमा गाउँमैत्री अक्षयकोष (जिमाक) खडा गर्ने निर्णय गरे ।

त्यही १० हजारको अक्षयकोषलाई गण्डकी सरकारले पछिल्ला तीन वर्षमा एक करोड ३० लाख बजेट दिएको छ । यो बजेट थापा सांसद भएपछि मात्रै सरकारले छुट्याएको हो ।

KFC Island Ad
NIC Asia

रक्तिमका सांगीतिक गीत उत्पादनमा जिमाकले लगानी गर्दै आएको छ भने ट्यालेन्ट अफ भिलेज भन्ने प्रतिभा छनोट लगायतका काम पनि गर्दै आएको छ ।

यो कोषको संरक्षकमा स्वयम् थापा दम्पती नै छन् । सांसद थापा कोषको संरक्षक हुन् भने उनका पति आश्रम चाहिँ अध्यक्ष ।

Royal Enfield Island Ad

कोषको संरक्षक रहँदा नै सांसद थापाले पछिल्ला तीन आर्थिक वर्ष २०७७/०७८, चालु आर्थिक वर्ष २०७८/०७९ र आगामी आर्थिक वर्ष २०७८/०७९ मा गरि कुल एक करोड ३० लाख रुपैयाँ बजेट छुट्याएकी हुन् ।

पहिलो आर्थिक वर्षमा १० लाख रुपैयाँ छुट्याएपछि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ अक्षयकोषलाई विनियोजन भयो ।

आगामी आर्थिक वर्षमा चाहिँ दुई भिन्नभिन्न शिर्षकमा ६० लाख र १० लाख गरि कुल ७० लाख रुपैयाँ अक्षयकोषको नाममा विनियोजन भएको छ ।

यही कोषलाई देखाएर तत्कालीन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको नेकपा सरकारले आफ्नो तीनवर्षे कार्यकालमा काठेखोला ४ मा रहेको जिमाक संग्रहालयको स्थापना एवम् स्तरोन्नती गरिएको भनेर पुस्तकमा समावेश गरेको थियो ।

कोषले पहिलो वर्षमा छुटिएको बजेटबाट देशकै ठुलो नगरा बनाएको थियो । चालु आर्थिक वर्षमा चाहिँ भवन बनाइएको उल्लेख गरिएको छ । संग्रहालय बनाउने र त्यसमा विश्वभरका बाजा राख्ने बताइएको छ ।

सांसदका पति आश्रम पछिल्लो एक दशकदेखि उक्त कोषको अध्यक्ष छन् । स्थानीय चाहिँ सांसदले विकासमा नभई यही कोषलाई बढी प्राथमिकता दिएको बताउँछन् ।

जिमाक त्इख् नामक फेसबुक आइडीमा पछिल्लो समय जिमाककै भवनको तेश्रो तला ढलान गरिएको उल्लेख गरिएको छ । यो कार्यमा काठेखोला गाउँपालिकाका ३, ४, ५, २, ७ र ८ का ७० जनाले सहयोग गरेको उल्लेख गरिएको छ ।

यसको लागत चाहिँ ५३ लाख ३६ हजार १४२ मध्ये सामाजिक विकास कार्यालयले ४८ लाख र बाँकी रकम चाहिँ जनश्रमदानमार्फत बेहोर्ने उल्लेख गरिएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७९  २१:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro