site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुख्यमन्त्री, मन्त्रीले बाआमाको नाममा छुट्याएको बजेट, ‘श्राद्धलाई छुट्याएको बजेट जस्तै हो’
SkywellSkywell

पोखरा । गण्डकीका मुख्यमन्त्रीदेखि मन्त्री नेताहरूका स्व. आफन्तका नाममा करोडौँ बजेट विनियोजन भएको समाचार प्रकाशन भएपछि गण्डकीमा त्यसको चर्को विरोध भइरहेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका पिता गोवद्र्धन शर्माको नाममा तनहुँमा स्मृति कोष बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । 

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका स्वर्गीय मातापिताको नाममा ट्रस्ट बनाउन दुई फरक शीर्षकमा एक करोड रुपैयाँ विनियोजन गरिएको छ । खर्च शीर्षक २६४१३ अन्तर्गत छुटेका कार्यक्रम भनेर एउटै शीर्षकमा ५०/५० लाख रुपैयाँ विनियोजन गरिएको छ । पुननारायण धनकुमारी श्रेष्ठ ट्रस्टको नाममा ५० लाख रुपैयाँ छुट्याइएको छ । यो कार्यक्रम कार्यान्वयन स्वयं मन्त्री मेखलाल श्रेष्ठको मन्त्रालयले नै गर्नेछ ।

त्यस्तै भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयबाट कार्यान्वयन हुनेगरी सोही ट्रस्टको भवन निर्माणका लागि भनेर पनि समान ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ट्रस्टको भवन भिरकोट नगरपालिका १ मा बन्ने छ ।

KFC Island Ad
NIC Asia

कांग्रेस गण्डकी प्रदेश सभापतिमा पराजित नेता अर्जुनप्रसाद जोशीका पिता स्वर्गीय अमृतप्रसाद जोशीको नाममा स्मृति पार्क बनाउन २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कुश्मा नगरपालिका ८ मा उक्त स्मृति पार्कको लागि कार्यक्रम थपेर २० लाख रुपैयाँ छुट्याइएको हो । 

पर्वतकै अर्का कांग्रेस नेता स्वर्गीय डिल्लिराम लामिछानेको नाममा पनि प्रतिष्ठान बनाउन भनेर गण्डकी सरकारले २० लाख बजेट विनियोजन गरेको छ । यसको चौतर्फी विरोध भएको छ ।

Royal Enfield Island Ad

नागरिक अगुवादेखि पूर्वमन्त्री गोकुल बास्कोटासम्मले प्रदेशको औचित्यमाथि प्रश्न उठाउँदै यसको विरोध गरिरहेका छन् । 

पोखराका नागरिक अगुवा विश्व सिग्देलले गीताको श्लोक लेख्दै यो बजेट श्राद्ध गर्ने बजेट भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्–

पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति । 
तदहं भक्त्युपहृतमश्नामि प्रयतात्मनः ।। गीता ९.२६

पिताजीको श्राद्धमा समेत प्रदेशको बजेट हाल्न पुगेछन् । पिताको कीर्ति राख्न सालिक बनाउने, ट्रष्ट बनाउने भनेको श्राद्धै हो । धनी मानिसको यज्ञयज्ञादीभन्दा गरिब मान्छेले भावपूर्ण तरिकाले समर्पण गरेको पातीको मुन्टो, खनियाको गेडा मेरो निमित्त अमृत हुन्छ, भगवान भन्नु हुन्छ । एक त कसकसले लगे भन्ने नाम पढ्दा उहाँहरु दुईचार करोड पिताजीको नाममा खर्च गर्न नसक्ने कोही हुनुहुन्न । किन धित छाडनु भयो । पित्रीहरू  स्मरण, सुमिरनले मात्रै पनि प्रसन्न हुनुहुन्थ्यो, किन यति ठूलो बोझ पित्रीलाई बोकाउनु भयो ? आफू त भूईंमान्छे परियो काठमाडौंमा कसले के गर्छन्, सुनिन्थ्यो मात्रै । गण्डकी प्रदेश सरकारले त प्रदेशबासीलाईनै लज्जाबोध हुने, शीर निहुराएर हिँडनु पर्ने बनाइदिए । अब गण्डकी प्रदेशले स्थापित गरेका कीर्तिहरू काँधमा बोकेर  कांग्रेस चुनाव जाने होला ।

एमाले नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले प्रदेश संरचना आवश्यक नरहेको प्रमाणित भएको लेखेका छन् । उनले ट्विटरमा लेखेका छन्–
“र, फेरि भन्छु, यो प्रदेश संरचना त गण्डकी प्रदेश सरकारको बजेटमा राखिएका मन्त्रीका मातापिता ट्रष्टले पनि प्रमाणित गरिसक्यो कि आवश्यक छैन ।”

गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टले पनि संघीयता विघटनतर्फ उन्मुख देखिएको बताएका छन् । उनले लेखेका छन, “प्रदेश सरकारको बजेट विनियोजन र काम गराइको तरिका हेर्दा त संघीयता विघटनतर्फ उन्मुख देखियो । सुनकै भए पनि टाउकामा जुत्ता ? अहँ हुँदैन । बरु फाटेकै टोपीसहित । नसुध्रिए त्यो दिन टाढा छैन जस्तो लाग्छ ।”

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले एक रुपैयाँ दान गर्ने उल्लेख गरेको छ । “राज्य दोहन बन्द गर, गण्डकी प्रदेश मुख्यमन्त्री र मन्त्रीलाई मेरो रु १ दान” पोष्टर अखिलले सार्वजनिक गरेको छ । यस्तै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रदेश खारेजी अभियान समेत सुरु गरेका छन् ।

चर्को आलोचना भएपछि यस विषयमा कांग्रेसका नेता अर्जुनप्रसाद जोशीले सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिँदै अमृत स्मृति पार्कमा विनियोजित बजेट आवश्यक ठाउँमा प्रयोग गर्न भनेर मुख्यमन्त्रीलाई फोनमार्फत जानकारी गराएको बताएका छन् । आफ्ना पिताको नामको पार्कबारे उनले लेखेका छन्–
पर्वतको कुश्मा न.पा.४ मा अमृत स्मृति पार्क नामबाट सार्वजनिक पार्क केही वर्ष अगाडिदेखि नै स्थानीयको सक्रियतामा निर्माण गरी संचालनमा रहेको र उक्त पार्कमा  बाग्लुङ÷पर्वतबाट पूजा, बनभोज र मनोरन्जनको लागि जाने गरेको सबैलाई विदितै छ । उक्त पार्कमा भिड बढ्दै गएर ब्यबस्थापन गर्न गाह्रो भएकाले थप ब्यबस्थित गर्न बजेट माग भए अनुसार जम्मा २० लाख बिनियोजित भएको रहेछ । स्थानीय र राष्ट्रियरूपमा महत्वपूर्ण व्यक्तिहरूको नाममा पार्क, द्वार, विद्यालय र सडकमात्र हैन नगर नै नमाकरण गर्ने र करोडौं रकम संघ प्रदेश र स्थानीय सरकारबाट वर्षौंदेखि बिनियोजन हुँदै आएकै हो । तर, स्थानीयको सक्रियताबाट निर्माण भएर धेरै अगाडिदेखिनै संचालनमा रहेको र सबैले प्रयोग गरिरहेको सार्वजनिक (अमृत स्मृति) पार्कलाई थप ब्यबस्थित गर्न प्रदेश सरकारको २० लाखको बारेमा जुन ढंगले समाचार सम्प्रेषण र प्रतिक्रिया आयो त्यसमा परिवारको सदस्य (छोरा)को नाताले हाम्रो ध्यानाकर्षण भएको छ । अमृतप्रसाद जोशीको बारेमा जिलाबासी, गण्डकी प्रदेश र समकालीन ब्यक्तिहलाई नै बढी जानकारी होला । यसमा मलाई केही भन्नु  छैन । उक्त रकमबारे मलाई जानकारी भएपछि हिजो नै मुख्यमन्त्रीलाई फोन गरेर उक्त रकम जता आवश्यक छ, उतै प्रगोग गर्न अनुरोध गरेको छु । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २५, २०७९  २२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro