site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘दर्शकले मेकरकाे होइन मेकरले दर्शकको टेस्ट बदल्ने हो’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आर्ट मुभीलाई मुलधारको सिनेमा बनाउनु पर्नेमा चलचित्रकर्मीहरूको जोड छ । नेपाली विषयबस्तु समेटेर बलिउड फर्मुलाभन्दा बाहिर रहेर निर्माण गरिएका आर्ट मुभीलाई विस्तारै नेपाली चलचित्र उद्योगले मुलधारको चलचित्र बनाउनु पर्ने चलचित्रकर्मीहरूको भनाइ छ । 

निर्देशक दिनेश राउत आर्ट हाउस मुभीको संख्या बढाउँदै जानु पर्ने बताउँछन् । आर्ट हाउस मुभीको संख्या क्रमशः बढ्दै गएको खण्डमा अहिलेको मुलधार भनिएका चलचित्र विस्तारै पछि पर्दै जाने उनको धारणा छ । 

“यो वर्ष आर्ट हाउस भनिने चलचित्रको संख्या केही बढी छ । यो संख्या अझै बढ्नुपर्छ,” उनी भन्छन्, “मेकरले यस्ता सिनेमाको संख्या बढाउँदै गएको खण्डमा यस्ता चलचित्र नै मुलधार भनेर चिनिन थाल्छन् । नेपाली चलचित्र उद्योगको विकासका लागि हुनुपर्ने पनि यही नै हो ।”

Prabhu Bank
Agni Group
NIC Asia

आर्ट हाउस मुभीमा दर्शकलाई बानी पार्नुपर्नेमा निर्देशक दिनेशको जोड छ । “दर्शकले कस्तो चलचित्र हेर्छन् भन्दा पनि कस्तो चलचित्र हेर्न बानी पार्ने भन्ने हाम्रो जिम्मेवारी हो,” उनी भन्छन्, “दर्शकले जस्तो चलचित्र हेर्छन्, त्यस्तै बनाउनुपर्छ भन्दा पनि राम्रो चलचित्र बनाएर दर्शकलाई त्यस्तो चलचित्र हेर्न बानी पार्नु हामी मेकरको दायित्व हो ।” 

यद्यपि, पछिल्लो समय अधिकांश मेकर बजारको पछाडि दौडिएको स्वयं मेकरहरू नै बताउँछन् । कलाकार तथा निर्देशक अनुप बराल बजारलाई निर्देशित गर्नुपर्ने मेकरकहरू बजारको पछि लागेको बताउँछन् । कुनै एउटा चलचित्र चल्यो भने त्यस्तै सिनेमा निर्माणमा निर्देशक तथा निर्माताहरू केन्द्रित हुने गरेको अनुपको बुझाइ छ । 

Global Ime bank

“देख्दा त्यही देखिरहेको छ । जस्तो चल्छ, त्यस्तै बनाउनुपर्छ भन्ने देखिएको छ । टिकटकमा आउने पनि हिट छन् । टिकटकमा आएर गीत गाउँदैमा कोही नारायणगोपाल हुन्छ र ? यो त क्षणिक कुरा हो । सर्वकालीक हुनु वा हुन सक्नु महत्त्वपूर्ण हो,” अहिलेका अधिकांश निर्देशकलाई बजारले निर्देशन गरिरहेको छ ? भन्ने प्रश्नमा अनुप अगाडि थप्छन्, “समाज डि–फोकस्ड भइरहेको छ । हामी डि–फोकस्ड भएको समाजलाई फोकस्ड गर्न खोजिरहेका छौँ ।” 

समाज जस्तो छ, त्यही ठिक भनेर बस्नुभन्दा पनि यो ठिक होइन भनेर सच्च्याउन खोज्नुपर्नेमा उनको जोड छ । केही मेकर भने आफ्नो बलबुताले भ्याएसम्म समाजलाई उचित बाटोतर्फ डो¥याउन प्रयासरत रहेको उनी सुनाउँछन् । कोरा कल्पनाभन्दा पनि आफ्नै भोगाइ र आफैंले देखेका कथा चलचित्रले भन्दै जानुपर्ने र यसमा आफू दृढ रहेको उनी सुनाउँछन् । 

कलाकार तथा निर्देशक खगेन्द्र लामिछाने विस्तारै नेपाली मेकरले आफ्नो समाजका कथा भन्न थालेको बताउँछन् । आफूले देखे/भोगेका कथा बनाउँदै जाँदा नेपाली चलचित्र उद्योग फराकिलो हुँदै जाने उनको भनाइ छ ।

यद्यपि, पुराना चलचित्र र मेकरलाई नजरअन्दाज भने गर्न नसकिने  खगेन्द्र बताउँछन् । “अग्रजलाई हामीले सम्मान गर्नुपर्छ । उहाँहरूले बसाइदिनु भएको चलचित्रको जगमा आज हामी हिँडिरहेका छौं,” उनी भन्छन्, “चलचित्रको जग बसेको थियो र आज हामी त्यसमा अर्को एउटा इँटा थपिरहेका छौं ।” 

पूर्वमेची देखि पश्चिम महाकालीसम्मका आफ्नै आञ्चलिकता बोकेर चलचित्रहरू बन्न थालेका कारण अब नेपाली सिनेमाले आफ्नै स्वरुप ग्रहण गर्नेमा उनी ढुक्क छन् । 

नेपाली चलचित्र क्षेत्रमा अहिले कमर्सियल र आर्ट मुभी भनेर भन्ने गरिन्छ । बलिउड सूत्रमा चारवटा गीत, चारवटा फाइट, लभ, हिरो/हिरोइनबीचको रोमान्ससहितको चलचित्र मूलधारको र यो सूत्रभन्दा बाहिर रहेर निर्माण गरिएको चलचित्रलाई आर्ट हाउस मुभी भनिँदै आएको छ । आर्ट मुभीको संख्या बढ्दै जाँदा यही नै मुलधार हुने निर्देशक दिनेश दोहोर्याउँछन् । 

आर्ट मुभीको पक्षमा उभिने निर्देशक तथा कलाकार नै चलचित्र उद्योगलाई चलायमान बनाउन दुबै खालका चलचित्र निर्माण हुनु आवश्यक रहेको बताउँछन् । बक्स अफिसमा राम्रो कलेक्सन गर्ने र विदेशी बजारमा हाम्रो भनेर चिनाउने चलचित्र पनि आवश्यक रहेको उनीहरूको धारणा छ ।

कलाकार तथा निर्माता रविन्द्र सिंह बानियाँ अहिले फरक धार भनिने चलचित्र विस्तारै कथित मुल धारमा आइरहेको बताउँछन् । समय परिवर्तनशील रहेकाले चाहेर वा नचाहेर पनि परिवर्तन हुँदै जाने उनको धारणा छ । “हिजो अरुले फरक धार भनेका चलचित्र विस्तारै मुलधार हुन थालेका छन्,” रविन्द्र भन्छन्, “आज हामीले मुल धार हुनुपर्छ भनेका चलचित्रलाई हामीभन्दा पपछ आउने पुस्तालाई पुरानो धार लाग्छ । त्यसैले यो समयको परिवर्तनसँगै परिवर्तन हुँदै जाने विषय हो ।” 

समय, विषय र प्रतुतिको वदलावसँगै दर्शकको रुचि पनि बदलिने र त्यसलाई संबोधन गर्दै जानुको विकल्प नरहेको उनी बताउँछन् । फिल्म लिट्रेसी बढ्दै जाँदा दर्शकको ‘टेस्ट’ पनि बदलिने र त्यससँगै बदलिने चलचित्र मुलधारमा दर्ज हुने उनको धारणा छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय