site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी गर्नुस् ब्राइडल मेकअप

काठमाडौं । कुनै कार्यक्रम, पार्टी वा कार्यालयमा जाँदा मात्रै होइन, महिला घरमै बस्दा पनि मेकअप गरेर बस्न रुचाउँछन् । त्यसमाथि पनि चाडपर्व तथा खास अवसरमा सहभागी हुने भनेपछि महिलाहरु विशेष मेकअप नै गर्न अग्रसर हुन्छन् । 

व्यक्तित्वलाई निखार्ने ड्रेसअप र मेकअप पनि भएकाले यसमा महिला पछि पर्ने कुरै भएन । आफ्नो सुन्दरतालाई निखार्न हमेशा प्रयत्नरत महिलाका लागि विभिन्न खालका मेकअप र ड्रेसअप भएपछि उनीहरुले त्यसको प्रयाग गर्ने नै भए । 

विशेषगरी दुलही तथा विवाहमा लामो समय टिक्ने तथा राम्री देखिने मेकअप गर्ने चलन छ । यसलाई ब्राइडल मेकअप भनिन्छ ।  तर समय र पैसा हुनेहरुले भने यो मेकअप पार्टी तथा कार्यक्रममा जाँदा पनि गर्छन् । दैनिक कार्यालय वा काममा जानेहरुका लागि भने यो सधैं यो मेकअप सम्भव हुँदैन । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

ब्राइडल मेकअप गर्दा सुरुमा अनुहारलाई सफा गर्नुपर्छ । अनुहार क्लिजिङ गरेर वा सावुन पानी वा फेसवासले धुएर गर्न सकिन्छ । मुहार सफा भइसकेपछि अनुहारमा टोनर र फेस प्राइमर लगाउनुपर्छ । यदि अनुहारमा दाग वा धब्बा छ भने कन्डिस्नर लगाएर छोप्न सकिन्छ र फाउन्डेशन लगाउनुपर्छ ।  

मेकअप गर्ने तरिका 

ब्राइडल मेकअप गर्दा आँखाबाट सुरु गर्नु राम्रो हुन्छ । पहिला आँखामा आइस्याडोको बीच बनाइन्छ । बीचमा बनाउँदा गोल्डेन, सिल्बर तथा स्किन रङको प्रयोग गर्न सकिन्छ । आँखाको मेकअप गर्दा आफूले लगाएको ड्रेस अनुसारको हुनुपर्छ । यसो गरियो भने राम्रो देखिन्छ । गाजल लिक्वुट प्रयोग गर्ने तथा मस्कारा लगाउन भुल्नु हुँदैन । 
आँखाको मेकअप सकिएपछि गालामा रोज लगाउने, अनुहारलाई चम्किलो बनाउन सिमसले हाइलाइट गर्नुपर्छ । ब्राइडल मेकअपमा ओठको मेकअप अन्तिममा गरिन्छ ।

ओठको मेकअप गर्दा पहिला पेन्सिल आउटलाइनर लगाएर लपिस्टिक लगाउनुपर्छ । यसो गर्दा लिपिस्टिक राम्रोसँग लाग्छ र दायाँ बायाँ पनि लाग्ने सम्भावना कम हुन्छ ।  

अन्तिममा पुनः एकपटक टोनरको प्रयोग गरेमा लामो समय सम्म मेकअप बसिरहन्छ । यो मेकअपका लागि कति खर्च लाग्छ भन्ने सन्दर्भमा व्युटिपार्लर र व्युटिसियन अनुसार फरकफरक पर्छ । यस्तो मेकअप विवाह र पार्टीहरुमा जानका लागि मात्रै गरिने भएकाले त्यति धेरै गरिँदैन ।  

(सुजातासँग बाह्रखरीका लागि प्रनिशा अधिकारीले गरेको कुराकानीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १२, २०७४  ०५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro