site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
अबदेखि इनरुट मौसम सफा नभएसम्म उडान अनुमति नपाइने
SkywellSkywell

काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरणले प्रस्थान गर्ने र गन्तव्यमा पुग्ने ‘इनरुट’को मौसम सफा भएमात्रै विमानलाई उडान अनुमति दिने भएको छ । आइतबार तारा एयरको विमान दुर्घटनामा परी २२ जनाको मृत्यु भएपछि प्राधिकरणले जहाज उडानको अनुमतिमा कडाइ गरेको हो ।

तारा एयरको बिमान दुर्घटनाको कारण प्रतिकूल मौसम रहेको हुनसक्ने प्राधिकरणको प्रारम्भिक अनुमान छ ।

Dabur Nepal
NIC Asia

नेपाल नागरिक उड्यन प्राधिकरणको प्रवक्तासमेत रहेका निमित्त उपमहानिर्देशक देव चन्द्रलाल कर्णले अब प्रस्थान गर्ने र गन्तव्य विमानस्थलका साथै उक्त रुटमा पर्ने स्थानको पनि मौसम सफा भएमा मात्रै उडान अनुमति दिने निर्णय गरिएको जानकारी दिए ।

“पहिले उडान गर्ने विमानस्थल र गन्तव्य विमानस्थको मौसम हेरेर उडान अनुमति दिइँदै आएको थियो । अब प्रस्थान र गन्तव्य विमानस्थलको मात्रै मौसम सफा भएर हुँदैन । गन्तव्यको ‘इनरुट’मा गपर्ने स्थानको पनि मौसम ठिक छ कि छैन मौसम विभागबाट निश्चित भएपछि मात्रै उडान अनुमति दिइने छ,” बाह्रखरीसँग उनले भने ।

सोमबार नै प्राधिकरणले उक्त निर्णय गरेको र आजबाट नै कडाइका साथ लागु गरिएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro