site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टार्गेट ‘मानापाथीको फेद’ : बाक्लो कुहिरोभित्र ‘जहाजको आशा’, प्रार्थना गर्दै छन् आफन्त
फाइल तस्बिर
SkywellSkywell

पोखरा । आइतबार बिहान सम्पर्कविहीन भएको तारा एयरको जहाज कहाँ छ, समाचार तयार पार्दासम्म भेटिन सकेको छैन ।

पोखरा क्षेत्रीय विमानस्थलबाट जोमसोमको लागि उडान भरेको तारा एयरको ९एन एइटी जहाज मुस्ताङको आकाशबाटै सम्पर्कविहीन भएको थियो ।

नियमित उडानमा १८ मिनेटसम्ममा पोखरा जोमसोम उडान एकतर्फी सकिन्छ । 

KFC Island Ad
NIC Asia

तर, बिहान ९ः५५ बजे जोमसोमतर्फ लागेको जहाज जोमसोम विमानस्थलको टावरसँगको सम्पर्क विच्छेद भएसँगै अहिलेसम्म भेटिएको छैन । जोमसोम विमानस्थल ल्यान्ड गर्नुअघि बिहान १० बजेर ७ मिनेटमा अन्तिमपटक टावरसँगको सम्पर्कमा जहाज आएको थियो ।

त्यसपछि जहाजको अवस्थाबारे सबै अज्ञात छन् ।

Royal Enfield Island Ad

अनुभवी पाइलट क्याप्टेन प्रभाकर घिमिरेसहित जहाजमा चालक दलका दुईजना अन्य सदस्य र १९ यात्रु थिए ।  जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए ।

तीनै यात्रु र हराएको जहाज खोज्न अहिले काठमाडौंबाट नेपाली सेनाको टोली पनि जहाजको खोजीकार्यको लागि मुस्ताङमा छ । 
सेनासहित फिस्टेल एयर गरी दुइवटा हेलिकोप्टरले आकाशबाट र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले जमिनबाट खोजी कार्यलाई अगाडि बढाएका छन् ।

मुस्ताङको मौसम खराबीका कारण खोजीकार्यमा ढिलाई भएको छ । बाक्लो हुस्सु र कुहिरोका कारण हेलिकोप्टरबाट खोजीकार्य पनि प्रभावित बनेको छ भने आइतबारलाई खोजीकार्य स्थगित गरिएको मुस्ताङ जिल्ला प्रशासनले जानकारी दिएको छ ।

तारा एयरले आइतबार तीनपटक विज्ञप्ति जारी गरेर खराब मौसम तथा जटिल भूगोलको कारण उक्त वायुयानको स्थिति हालसम्म अज्ञात रहेको जनाएको छ । 
...

पहिलो दिनको खोजीकार्य स्थगित भएपछि सोमबारको खोजीकार्य कसरी हुन्छ त ? आइतबारको खोजीकार्यबारे के के भए ?

उद्धारको लागि खटिएको नेपाली सेनासँग हामीले निरन्तर सम्पर्क गरेका छौँ । त्यही खोजीकार्यमा सहभागी एक सैनिक अधिकारीको भनाई यस्तो छ :–
हामी जोमसोम ब्यारेक आएका छौँ । स्थलगत खोजमा लागेको टोली नौरीकोटमा टेण्ट बाँधेर बसेको छ ।

सोमबार बिहान अर्लि इन द मर्निङमा फेरि खोजीकार्य सुरु हुनेछ । हामीले बिहानै हेलिकप्टरबाट पनि सर्च गर्नेछौँ । दुइवटा हेलिकप्टर छन् । बिहानमा मौसम पनि अलि खुला होला भन्ने हाम्रो आशा छ । बिहान ५ बजेदेखि नै हामी काममा लाग्छौँ ।

हाम्रो आधार भनेकै स्थानीयबासी हुन् । चौँरी चराउने र भेँडीगोठ हेर्नेहरुले हामीलाई ठूलो आवाज आएको भनेर भनेका छन् ।

भेँडा चराउने, च्याङ्ग्रा चराउनेहरुले दिएको सूचनालाई आधार मानेर मानापाथी हिमालको फेदलाई पोइन्ट गरेर सर्च अगाडि बढाएका छौँ । उनीहरुले पनि आवाज सुनेका हुन्, देखेका होइनन् ।
 

एकठाउँबाट चढे अर्को ठाउँमा पुगिन्छ, शृङ्खला त्यस्ता छन् । अनुमानको भरमा एउटै डाँडा चढ्न एक डेढघण्टा लाग्छ । हिउँ नै हिउँले भरिएको ठाउँमा तत्कालै पुग्न सकिँदैन । सेफ्टी म्यानेजमेन्ट गरेर बिस्तारै अगाडि बढ्ने हो ।
 

हामी त्यो ठाउँमा पुग्न सकेका छैनौँ । त्यसकारण यही हो भन्ने आधार पनि छैन ।
 

मुस्ताङका अन्य ठाउँ खुलेका छन्, तर, जुन आशंका गरिएको छ, त्यही ठाउँ खुलेको छैन । मानापाथी रेञ्ज एकदमै बाक्लो कुहिरोले ढाकेको छ । साँझमा त्यो कुहिरो झनै बढेको छ । बिहानमा खुल्ला भन्ने आशा छ ।
 

बिहानै आकाशबाट हेर्छौँ, देखिनासाथ आकाशबाटै टोली झर्छ । पैदलबाट पनि टोली जान्छ नै । जताबाट छिटो हुन्छ, त्यही गर्छौँ । कताबाट छिटो हुन्छ, त्यही गर्छौँ ।
 

जहाजसँगै हराउनेमा चालक दलका तीन जना सहित १३ नेपाली, ४ भारतीय र २ जना जर्मन नागरिक छन् ।

जहाज हराएको भन्ने सुन्नासाथ आफन्तहरु पोखरा विमानस्थलमा आइपुगेका थिए । जहाज कहाँ छ, पत्ता नलागेता पनि आफन्तहरु चाहिँ सकुशल उद्धारको कामना गर्दै थिए । प्रार्थना गर्दैथिए । विमानको उडान, अवतरण जारी रहिरहँदा पोखरा विमानस्थल भावविह्वल बन्न पुग्यो । कोहीले आफन्तलाई स्मरण गर्दैथिए । कोही चालकदलका सदस्यको संघर्ष सम्झँदै थिए ।

उनीहरुले अब सोमबारको बिहान पर्खेका छन् । जतिसक्दो छिटो आफन्तको खुसीको खबर सुन्न पाऊँ भनि प्रार्थना गरिबसेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  २२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro