site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
के हो पीजी कार्यक्रम र निजी मेडिकल कलेजको भत्ता विवाद ?

काठमाडौं । चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) कार्यक्रम र निजी मेडिकल कलेजबारेको विवाद अहिले राष्ट्रिय बहसको विषय बनेको छ । पीजीअन्तर्गतका एमडी, एमएस र एमडीएस कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकलाई निजी मेडिकल कलेजले उपलब्ध गराउनुपर्ने पारिश्रमिकबापतको भत्ताको विषयमा बहस चर्किएको हो ।

निजी मेडिकल कलेजहरू आवासीय चिकित्सकलाई सरकारले तोकेको भत्ता उपलब्ध गराउन नसक्ने बताउँदै आएका छन् । उपलब्ध गराउनुपरेको खण्डमा पीजी कार्यक्रम नै नपढाउने अडान उनीहरूको छ ।

कति हो तोकिएको भत्ता ?

Dabur Nepal
NIC Asia

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८० असोज ३० गते पीजी अध्ययन गर्दै अस्पतालमा (रेजिडेन्ट) आवासीयको रूपमा काम गरिरहेका चिकित्सकलाई ८औँ तहका सरकारी चिकित्सक बराबर निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजहरूलाई तोकिएअनुसार भत्ता उपलब्ध गराउन पटकपटक ताकेता गर्दै आएको छ । यो रकम मासिक ४८ हजार ७३७ रुपैयाँ हुन आउँछ ।

हाल सरकारी प्रतिष्ठानमा अध्ययनरत आवासीय चिकित्सकले निर्वाह भत्तास्वरूप यही पारिश्रमिक पाउँदै आएका छन् । तर, निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सक भने २० हजारभन्दा कम निर्वाह भत्ताको भरमा कार्यरत रहेको बताउँछन् ।

पीजीको आगामी शैक्षिक सत्र माघ दोस्रो सातादेखि सुरु हुँदै छ । निजी मेडिकल लकेजहरू यही शैक्षिक सत्रदेखि आठौँ तह बराबरको भत्ता प्रदान गर्न नसक्ने अडानमा छन् । 

निजी मेडिकल कलेजको माग के हो ?

अठार निजी मेडिकल कलेजले पीजीका करिब ७०० विद्यार्थी पढाउँछन् । एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले भदौ १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अहिलेकै शुल्कमा सरकारले तोकेको भत्ता दिन नसक्ने र शुल्क वृद्धि गर्नुपर्ने भन्दै प्रस्ताव बुझाएको थियो । 

एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की कलेजले तीन वर्षमा लिने शुल्कभन्दा बढी विद्यार्थीलाई नै फिर्ता गनुपर्ने भएपछि आयोगले तोकेको भत्ता दिन नसक्ने अवस्था बनेको दाबी गर्छन् । 

उनका अनुसार, तीन वर्षे पीजी कार्यक्रमका लागि विद्यार्थीसँग लिएको २२ लाख ९० रुपैयाँ शुल्कबाट सात लाख रुपैयाँ निर्वाह भत्तामा खर्च हुन्छ । यसबाहेक विश्वविद्यालयलाई बुझाउने साढे तीन लाख, उनीहरूको सिकाइमा भएको खर्च, प्रोफेसरहरूको तलब सुविधासहितका शीर्षकमा खर्च हुने हुँदा मासिक ४८ हजार भक्ता  दिन नसक्ने अवस्था छ ।

साथै, पीजी अध्ययन गर्ने चिकित्सक विद्यार्थीस्तरमा नै भएकाले उनीहरू सरकारीसरहको भत्ता लिन योग्य नभएको पनि तर्क उनको छ । आयोगले तोकेको निर्वाह भत्ता दिन नसक्ने, दिनुपरे हालको शैक्षिक शुल्क बढाइने र दुवै नभए कानुनी प्रक्रियामा जाने कार्कीको तर्क छ । 

के भन्छन् आवासीय चिकित्सक ?

सरकारले तोकेको भत्ता दिन नसक्ने निजी मेडिकल कलेजहरूको अडानविरुद्ध आवासीय चिकित्सक विरोधमा छन् । निजी मेडिकल कलेजले सरकारी निर्णय अटेर गरे सडक आन्दोलमा उत्रिने चेतावनी उनीहरूले दिएका छन् । आवासीय चिकित्सकका विभिन्न संघ संगठन तथा सरकारी कलेजका विद्यार्थी युनियनसमेत यही अडानमा छन् । 

गत, शनिबार पाँचवटा प्रतिष्ठानका आवासीय चिकित्सक संगठनले संयुक्त विज्ञप्तिमार्फत निजी मेडिकल कलेजमा कार्यरत आवसीय चिकित्सकलाई सरकारीसरह आठौँ तहको निर्वाह भत्ता सुनिश्चित गर्न माग गरेका छन् ।

आठौँ तहको लतबभत्ता दिनुपरे स्नातकोत्तर तह नै नपढाउने निजी कलेजको धम्की आवासीय चिकित्सकहरूको अपमान र सम्पूर्ण स्वास्थ्य प्रणाली नै जोखिममा पार्ने बहाना भएको विज्ञप्तिमा उल्लेख छ ।

युवा चिकित्सक संघ नेपालले पनि विज्ञप्ति जारी गर्दै सरकारले तोकेको भत्ता नदिने निजी मेडिकल कलेजलाई कारबाही गर्न माग गरेको छ । सरकारी कलेजमा नै सिट संख्या थप गरी स्नातकोत्तर अध्यापनको व्यवस्था गर्न संघको माग छ । 

चिकित्सा विद्यार्थी समाजले पनि मेडिकल स्नातकोत्तर अध्यापन पूर्णरूपमा निःशुल्क गर्न र आठौँ तहको भत्ता उपलब्ध गराउन र सरकारी कलेजमा सिट थप्न माग गरेको छ ।

आवासीय चिकित्सक संघ, संगठनका मागहरूमा स्वतन्त्र विद्यार्थी युनियन महाराजगञ्ज चिकित्सा क्याम्पस (आईओएम)ले पनि समर्थन जनाएको छ । 

के गर्दै छ आवासीय चिकित्सक संघ ?

यता नेपाल चिकित्सक संघ जुनसुकै हालतमा निजी मेडिकल कलेजबाट आवासीय चिकित्सकलाई तोकिएको भत्ता दिलाउने पक्षमा लबिइङ गरिरहेको छ । त्यसका निमित संघ निरन्तर अयोग तथा शिक्षा र स्वास्थ्यमन्त्रीहरूसँग छलफलमा छ । 

“आवासीय चिकित्सक अस्पतालमा अन्य चिकित्सकसरह ड्युटीमा खटिने आवासीय चिकित्सकमाथि अहिले श्रम शोषण भइरहेको छ । तोकिएको तलबभत्ता दिलाउने गरी यो विषयलाई टुंगोमा पु‍र्‍याउने संघको अडान छ । आवासीय चिकित्सकलाई तोकिएको निर्वाह भत्ता दिने सहमति नहुँदासम्म संघ पछि हट्दैन,” संघका अध्यक्ष डा. अनिल विक्रम कार्की भन्छन् ।

निजी मेडिकल कलेजहरूले सरकारी निर्णय अटेर गरी कानुनी प्रक्रियामा गए संघ पनि कानुनी प्रक्रियामा जाने डा. कार्कीको भनाइ छ ।

दुई मन्त्री र आयोगको मत के ?

आवासीय चिकित्सकको भत्ता र निजी मेडिकल कलेजबारे विवाद टुंगो लगाउन मंसिर ९ गते चिकित्सा शिक्षा आयोगको बैठक बसेको थियो । बैठकमा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल विवाद समाधानका निम्ति चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिए ।

साथै, सिट संख्या निर्धारणका निम्ति कलेजहरूले भर्नुपर्ने स्वमूल्यांकन फारम भर्ने पूक्रिया अघि बढाउने निर्णय पनि सोही बैठकले गर्‍यो । बैठकअघि निजी मेडिकल कलेजहरू भत्ता विवाद नमिलेसम्म सो फारम समेत नभर्ने अडानमा थिए ।

तर, फारममा आवासीय चिकित्सकलाई दिइने भत्ताको कोलम अलिहेलाई भर्नु नपर्ने निर्णय बैठकले गरेपछि १८ निजी कलेजले सो फारम बुझाए । भत्ताबारेको अन्यौल समाधानको जिम्मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई दिइयो । 

दुई मन्त्रीले पहिलो चरणमा आयोग, चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिहरूसँग छलफल गरिसकेको छ । तर, निजी मेडिकल कलेजका प्रतिनिधि उपत्यकाबाहिर रहेको भन्दै छलफलमा बसेका छैनन् ।

चालु शैक्षिक सत्रमा भत्ता नबढाई पीजी पढाउने दाउमा उनीहरू देखिन्छन् । “यो शैक्षिक सत्रमा केही हेरफेर हुँदैन, शुल्क समायोजन समिति बसोस्, शुल्क र भत्ता दुवैको टुंगो लगाओस् अनि हामी त्यसमा सहमत भए हेरफेर गरौँला । नभए सरकाले नै सबै विद्यार्थी पढाए हुन्छ, निजीले सक्दैन,” एसोसिएसन अफ प्रभाइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की भन्छन् ।

आयोगले भने सिट निर्धारणका निम्ति प्रक्रिया अघि बढाइरहेको छ । आयोग भत्ताको टुंगो लगाउने दुई मन्त्रीको निर्णयको पर्खाइमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  ०८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro