site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
करिष्माको तिज

काठमाडौं । यो साल पनि तिज आउनु भन्दा करिब एक महिना अघिदेखि नै सामाजिक सञ्जालका भित्ताहरु राताम्मै भए । रातो साडी, रातो ब्लाउज, रातै चुरा र पहेला गहनामा सजिएर पोज–पोजका तस्बिरहरुले सामाजिक सञ्जालका भित्ताहरु भरिभराउ भए । 

तर, यो साल पार्टी प्यालेसमा भएका कार्यक्रम र सामाजिक सञ्जालमा चहलपहल हेर्दा विगतका वर्षहरुको भन्दा कम तडकभडक भएको देखियो । यद्यपि यो साल पनि तिजका गीतमा भने कमी आएन । झण्डै १३ सय तीजका गीत सार्वजनिक भए । तिजका गीतमा भने सुधार आएन । दोहोरी भाकादेखि रत्यौलीजस्ता तिजका गीत बजारमा आए । तिजका गीत हुन् कि कमेडी छुट्याउन गाह्रो हुने गरेको कतिपय गायक÷गायिकाले नै टिप्पणी गरे ।   

समयसँगै तिज मनाउने तरिका फेरियो । तिजमा लगाउने पहिरनको स्वरुप परिवर्तन भए । समयसँगै तिजमा महिलासँगै पुरुष पनि व्रत बस्ने चलन सुरु हुँदैछ । 

तिज परिष्कृत र परिमार्जित हुँदै जाँदा नायिका करिष्मा मानन्धर तिज कसरी मनाउँछिन् ? “म आजकल स्कुल जान्छु, त्यसैले हिजो ममीकोमा दर खान जान पाइन । उहाँले टिफिन बक्समा घरमै दर ल्याइदिनु भएको रहेछ,” करिष्माले भनिन्, “बिहान उठेर मन्दिर गएँ । म पानी पनि नखाई व्रत बस्नैपर्छ भन्ने मान्यता राख्दिन । दिउँसो व्रत बसे पनि साँझ फलफूल खान्छु ।”

नेपाली रजतपटमा करिब दुई दशक एकछत्र राज गरेकी करिष्मा हिजोआज भने रंगीन दुनियासँगै राजनीतितिर अलि बढी व्यस्त छिन् । उनले सेतो पर्दालाई माया नै त मारेकी हैनन् तर, राजनीति र रजतपटलाई सँगसँगै लैजाँदा सिनेमालाई पूरै समय भने दिन सकेकी छैनन् । सकेसम्म उनी दुवैतिरका कार्यक्रम छुटाउँदिनन् । 

समयसँगै उनी परिपक्व हुँदै गइन् होला । समयले कतै अलि खुकुलो र कतै व्यस्त बनायो होला । तर, उनले आफ्नो संस्कार र संस्कृति भने भुलेकी छैनन् । बरु झन् बढी सचेत र जिम्मेवार भएकी छन् । उनी सानै देखि तिजको व्रत बस्छिन् । व्रत कहिले देखि बस्न थालिन्, त्यो उनलाई थाहा छैन । तर, उनको व्रत बस्ने तरिका भने अलि फरक छ । उनी पानी पनि नपिईब्रत भने बस्दिनन् । भन्छिन्, “म पानी पनि पिउनु व्रत बस्नै पर्छ भन्ने मान्यता राख्दिन । फलफूल खाएरै व्रत बस्छु । मेरो ममी पानी पनि नखाई व्रत बस्नु हुन्छ । तर म उहाँलाई सधैं भन्छु यसो नगर्नुस् तर उहाँ मान्नु हुन्न ।”

उनी तिज विरोधी हैनन् । धर्म संस्कृतिको विरोधी हैनन् । तिजसँगै हाम्रा मौलिक कला र संस्कृतिलाई पनि जगेर्ना गर्दै लैजानुपर्ने भन्ने उनको मान्यता छ । तर निराहार व्रत बस्दैमा पतिको आयु लामो हुने र श्रीमान श्रीमतीको सम्बन्ध राम्रो हुन्छ भन्ने पनि उनी मान्यता राख्दिनन् ।  

उनलाई आफ्नो मात्रै होइन, अरु महिला दिदी बहिनीको पनि चिन्ता छ । “पानी पनि नखाई व्रत बस्ने कति दिदी बहिनीहरु बेहोस भएर लडेको पनि देखेको छु । आफ्नो स्वास्थ्यलाई नै जोखिममा राखेर असर पर्ने काम नगर्नुस् भन्ने आग्रह गर्छु,” करिष्माले महिला दिदी बहिनीहरुलाई अनुरोध गरिन् । 

उनी यो वर्ष पनि व्रत बस्दैछिन् । सुरुका वर्षमा राती दुई वजे उठेर पशुपतिनाथको मन्दिर गएर पूजा गरेको सम्झना ताजै छ उनको स्मरणमा । गोदावरी बस्न थालेपछि भने उनी पशुपति आउन छोडिन् । करिष्मा अहिले गोदावरीकै शिव मन्दिरमा पूजा गर्छिन् । 

अरु दिदी बहिनीहरु तीजमा माइत जान्छन् । उनी भने आफू भन्दा सानोलाई सौभाग्यको प्रतिक चूरा पोते दिन्छिन् रे । भन्छिन्, “मलाई पनि आफू भन्दा ठूलोले यस्तै सौभाग्यको प्रतीक दिनुहुन्छ । हाम्रोमा यस्तै चलन छ ।”

पछिल्ला वर्षमा तिज निकै मंहगो हुँदै गएको छ । हुँदा खानेका लागि भन्दा हुने खानेको पर्व हो जस्तो भान पर्न थालेको छ । यसमा पनि करिष्मा अलि सचेत नै रछिन् । “म तिजमा त्यती धेरै खर्चालु छैन । म अरुलाई पनि यही भन्छु,” उनले भनिन् । 

गच्छेअनुसार तिज मनाउन सके राम्रो हुने उनको सुझावछ । रमाइलोको नाममा तडकभडक गर्नाले अन्ततः त्यसले आफैलाई पिर्ने उनको निष्कर्ष छ । “पछिल्ला ५ वर्ष जति तिजमा निकै तडकभडक भए जस्तो लाग्छ मलाई । तर यो वर्ष विगतका वर्षमा जस्तो देखिएन,” सायद बाढी, पहिरो र दुई वर्ष अगाडिको भूकम्पका कारण पनि हुन सक्छ । कार्यक्रम आयोजना गरेर सामाजिक कामका लागि सयोग जुटाउने गरेको पाइयो । मैले पनि यस्ता तिजका केही कार्यक्रममा जाँदा सहयोग गर्ने मौका पाएँ ।”

तिज भनेको के हो ? “तिजको रहर आयो बरीलै भन्ने गीत ध्यान दिएर सुन्यो भने त्यहाँ महिलाले स्वामिको दिर्घायु र सुस्वास्थ्यको कामना गरिएको छ । आफू भोकै बसेर श्रीमानका लागि गरिएको यो कति ठूलो त्याग हो,” उनलेश्रीमानप्रति हिन्दू महिलाहरुले देखाउँदै आएको भक्तिभावको प्रसंशा गर्दैै भनिन्, “महिलाको स्वतन्त्रताको दिनको रुपमा मनाइने पर्व हो तिज भनेर भनिन्छ तर, यथार्थमा महिलाको महानता देखिन्छ यसमा ।”

उच्च व्यावसायिकतका नाममा गीतहरु भड्किला हुँदै जाँदा तिजको वास्तविक मौलिक पहिचान नै बदलिने हो कि भन्ने उनलाई चिन्ता छ । संस्कार र संस्कृतिभित्र बसेर गीतका शब्दहरु चयन गर्न सकिए राम्रो हुने करिष्माको बुझाइ छ । कुनै पनि बहानामा मान्छे खुसी हुनु नराम्रो नभए पनि खुसीयालीका नाममा पहिचानमै खलल पुर्याउने काम भर्ने गर्न नहुनेमा उनको जोड छ ।

करिष्मालाई उनको स्टारडमले अझै पछ्याइरहेकै छ । तिज विशेष कार्यक्रममा उनीव्यस्त बनाइरहेकै छन् । आज पनि केही कार्यक्रम छन् भन्ने जिज्ञासामा उनले भनिन्, “यो पटक तिजमा म अलि फरक कार्यक्रममा सहभागी हुँदैछु । तेस्रोलिंगीहरुले आयोजना गरेको तिजको कार्यक्रममा सहभागी हुँदैछु ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ८, २०७४  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro