site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रिसाको मृत्यु प्रकरण– के गर्दैछ परराष्ट्र मन्त्रालय ?
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)  विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा शाहको मृत्यु प्रकरणमा घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको बताएको छ । 
 
परराष्ट्रमन्त्री आरजु राणा देउवाले घटनालगत्तै हिजो (बिहीबार) नै भारत सरकार, ओडिसा राज्य सरकारका उच्च अधिकारी र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको बताएकी छन् । 

घटनाले आफूलाई मर्माहित बनाएको उनले बताएकी छन् । 

बिहीबार साँझ प्रिशा होस्टेलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । घटनाबारे मृतकका परिवार र राजदूतावासलाई प्रहरीले जानकारी गराइसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ०७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro