site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डको चिन्ता– टाउकाको मोल तोक्ने बलिया भए
SkywellSkywell

काठमाडौं । केहीदिन पहिले एमाले सिध्याउन कांग्रेससँग सहकार्य गर्नुपरेको खुलासा गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार ‘टाउकाको मोल तोक्ने’ बलिया भएको भन्दै कांग्रेसप्रति खनिएका छन् ।

काठमाडौँको बबरमहलमा अखिल क्रान्तिकारी को एकताको २१ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उनले माओवादी आन्दोलन विभक्त हुँदा प्रतिक्रान्तिकारी र प्रतिगमनकारी शक्तिले मुन्टो उठाउन थालेको टिप्पणी गरेका हुन् ।

“पहिले यथास्थितिवादीहरू माओवादी भन्ने वित्तिकै डराउँथे, बीचमा हेप्न थाले,” उनले विद्यार्थीहरूलाई उत्साहित बनाउँदै भने, “माओवादी ध्रुविकरण र एकीकरणको दिशामा अघि बढेपछि तिनीहरूको सात्तो उडेको छ । यो खुसीको कुरा हो ।” 

KFC Island Ad
NIC Asia

उनले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, संविधानसभामार्फत नयाँ संविधान माओवादी आन्दोलनको उपलब्धी भएकाले यसको रक्षाका लागि पनि तितरवितर भएको माओवादी आन्दोलन पुनःसंगठित हुनुपर्ने औँल्याए । र, त्यसैको लागि एकता प्रक्रिया सुरू भएको उनको जोड थियो ।

‘विचलन, विभाजन विकृतिको दोषी मै हुँ’
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले पार्टीभित्र विचलन, माओवादी आन्दोलनको विभाजन क्षयीकरण र विकृतिको भागिदार आफैँ भएकाले एकीकरणको अध्याय पनि आफैँले सुरू गरेको स्वीकारोक्ति दिए । “विद्यार्थीहरू पछिल्लो समय हामीले विभाजन र खण्डिकरण व्यहोर्‍यौँ । यसमा तपाईंहरूको दोष छैन । नेतृत्वको हिसाबले यसको कारक मै हुँ, त्यसैले एकीकरणको नेतृत्व पनि म आफैँले गरिरहेको छु,” उनको भनाइ थियो । उनले पार्टी विभाजनको नैतिक जिम्मेवारी आफैँ एक्लैले लिनेसमेत बताए ।

Royal Enfield Island Ad

पद, प्रतिष्ठा र व्यक्तिगत लाभको प्रतिष्पर्धाले आन्दोलन कमजोर बनेको उनको धारणा थियो । उनले एकीकरण प्राप्त उपलव्धीको रक्षा र अर्को क्रान्तिको तयारी भएकोसमेत बताए ।

‘एकवर्षभित्रै पुनः प्रचण्ड बन्छु’
उनले प्रचण्डलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको भन्दै एकवर्षभित्रै पुनः प्रचण्ड बन्नेबाटोमा आफू अघि बढेको बताए । “प्रचण्ड आन्दोलन हो, अहिले कमजोर भएको प्रतीत भएको छ । तर, एकवर्षभित्र पुनः प्रचण्ड बन्नेछु,” उनले दृढता व्यक्त गरे ।

पार्टीभित्र लाइन छैन
उनले माओवादी केन्द्रभित्र लाइनको सङ्घर्ष सकिएको भन्दै मोर्चा र भ्रातृसंगठनमा लाइनको कुनै सम्भावना नरहेको जिकिर गरे । अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनसँग जोडिएको सम्मेलनसमेत भएकाले उनल  सकेसम्म विधिसम्मत हिसावले नेतृत्व चयनको दिशामा अघि बढ्न सुझाए । पार्टी एकताको प्रक्रिया चलेकाले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने उनको सुझाव थियो । यदि त्यो सम्भावना नरहे लोकतान्त्रिक प्रक्रियाद्वारा नेतृत्व छनोट गर्ने विधि पक्रन उनले बाटो खुला गरिदिए । तथापि कांग्रेस, एमालेको जस्तो ‘गाइजात्रे विधि’ नअपनाउनसमेत उनले सुझाए ।

“विद्यार्थीहरू नेतृत्व चयनमा पार्टीलाई हस्तक्षेप गराउन बाध्य नपार्नूस्,” उनको आग्रह थियो, “सकेसम्म सर्वसम्मत नभए प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्नुहोस् । तर, कांग्रेस एमालेकोजस्तो चर्तिकला नदेखाउनूहोस् ।”

‘राजपाका नेतासमेत माओवादीमा आउँदैछन्’
एकीकरणबाट उत्साहित बनेका प्रचण्डले केहीसमयभित्रै राष्ट्रिय जनता पार्टीका महत्त्वपूर्ण नेताहरू माओवादी केन्द्रमा आउन लागेको दोस्रो पटक खुलासा गरे । मंगलबार पार्टी एकीकरण सभामा पनि उनले केहीदिनभित्रै ठूलो संख्यामा मधेसी नेताहरू पार्टी प्रवेशको तयारी गरिरहेको र आफू मधेस जान लागेको बताएका थिए ।

त्यस्तै उनले एकवर्षभित्र सबै विभक्त माओवादी मूल घर फर्किइसक्ने र पार्टी एकीकरण प्रक्रिया सकिने दाबी गरे ।

अध्यक्षका दावेदार पाँचजना
आजबाट सुरु भएको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा पाँच जना अध्यक्षका प्रत्यासी छन् । वर्तमान उपाध्यक्षहरू अनील शर्मा,  रामचन्द्र अधिकारी (आरसी), रञ्जित तामाङ, पञ्चा सिंह, र महासचिव वीरेन्द्र बस्नेतले अध्यक्षमा दाबी गरिरहेको क्रान्तिकारीका नेताहरूले जानकारी दिएका छन् ।

तीनदिनसम्म चल्ने सम्मेलनमा देशभरबाट २६ सय प्रतिनिधि काठमाडौँ आइपुगेका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ७, २०७४  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro