site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भावुक प्रचण्ड : साथीहरूले ‘सुप्रिमो’ र ‘गद्दार’ दुवै बनाए
SkywellSkywell

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भावुक हुँदै साथीहरूले आफूलाई जनयुद्धमा ‘सुप्रिमो’ बनाएको र शान्ति प्रक्रियापछि ‘दलाल’ र ‘गद्दार’ भनेको भन्दै दुःख मनाउ गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह, नयाँ शक्ति र वृहत ध्रुविकरणबीचको पार्टी एकता सभामा उनले समयले आफूलाई विभिन्न भूमिकामा प्रस्तुत गराएको भन्दै पीडा पोखेका हुन् ।

“इतिहासमा यस्ता विरलै घटना हुन्छन् । प्रचण्डको अनुहारै नदेखि मर्न मारिन तयार भए । हजारौँ सहिद भए,” उनले भने, “शान्ति प्रक्रियापछि  आफ्नै साथीहरूले प्रचण्डजत्तिको गद्दार र दलाल कोही छैन भने । अहिले पुनः मेरै नेतृत्त्वमा एकता प्रक्रियामा सामेल भएका छन् । यस्तो घटना विरलै सुन्न पाइन्छ ।”

KFC Island Ad
NIC Asia

उनले दुुई वटा निर्वाचनको परिणाम हेर्दा माओवादी आन्दोलनका शक्तिहरूलाई एकता प्रक्रियामा सहभागि हुन जनादेश दिएको भन्दै परिवर्तनकारी शक्तिको एकताको खाँचो औँल्याए । उनले माओवादी शक्ति छिन्नभिन्न हुँदा कांग्रेस, एमालेजस्ता हिजो पराजित भएका शक्तिले मुन्टो उठाएको भन्दै क्रान्तिकारीहरू धु्रविकृत हुने हो भने पाँच वर्ष भित्रमै माओवादी राजनीतिको मूल प्रवाह हुने जिकिर गरे ।

“मुद्दामा हामी पहिलो छौँ । नेतृत्वमा पनि हामी पहिलो छौँ । तर भोटचाहिँ तेस्रो ल्याउँछौँ,” उनले आश्चर्य प्रकट गरे, “यसको सन्देश जनताले तिमीहरू मिल भनेको हो ।” 
उनले २०६४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ दुई तिहाइ जितेको तर पछिल्लो निर्वाचनमा तेस्रोमा खुम्चनु माओवादी आन्दोलनको सिङ र दाह्रा भाँचिएसरह भएको टिप्पणी गरे ।

Royal Enfield Island Ad

“हाम्रा सिङ, दाह्रा भाँचिएका छन् । जुरो खुस्किएको छ । दम्भ, अहंकार त्यागेर एकता प्रक्रियामा सामेल होऔँ,” उनले भने ।

‘केजरीवाल’को कन्तविजोग
 

डा. बाबुराम भट्टराईलाई केजरीवाल बन्ने भूत सवार भएर पार्टी विभाजन गरेको भन्दै त्यो सपना चकनाचुर भएको ठोकुवा गरे । “उहाँलाई म डक्टर हुँ भन्ने घमन्ड थियो । माओवादी आन्दोलनलाई उत्कर्षमा पु¥याउने मै हुँ, प्रचण्ड केही पनि होइन भन्ने लागेको थियो,” प्रचण्डले भने, “अहिले थाहा पाउनु भएको छ ।”

आफूले निकै कष्ट गरेर डा. बाबुरामलाई २५ वर्ष झेलेको दाबी गरे ।

त्यस्तै विप्लवमा प्रचण्ड बन्ने चाहना तीव्र भएको र त्यसले पनि मूर्तता पाउन नसकेको बताए । मोहन वैद्यमा पनि क्रान्तिकारी स्प्रिट खिइसकेकाले आफूले नै परिवर्तनकारी शक्तिलाई एक ठाउँमा ल्याउन सक्ने दाबी गरे ।

उनले दश महिना सरकारको नेतृत्व गर्दा धेरै परिवर्तन गर्न सकेको भन्दै क्रान्तिकारी, परिवर्तनकारी र पहिचानवादी शक्ति एक ठाउँमा हुने हो भने पाँच वर्षभित्रै पहिलो राजनीतिक शक्ति बन्ने कांग्रेस–एमालेलाई पाखा लगाउन सकिने जिकिर पनि गरे ।

उनले एकता प्रक्रियामा सहभागि भएका सबैलाई चित्त प्रशन्न हुनेगरी जिम्मेवारी दिइने भन्दै जीवन्त पार्टीमा समस्या रहने भन्दै नआत्तिन सबैलाई आग्रह पनि गरे ।
उनले एक्लै पार्टी छाडेकाहरूले अहिले ब्याजका रूपमा दुई चारसय कार्यकर्ता बोकेर मूल घर फर्किएको भन्दै यसले वृहत क्रान्तिकारी शक्ति निर्माणमा पुँजिको काम गर्ने दाबी गरे ।

केही रात रहन सकेनौँ
 

वृहत ध्रुविकरण राष्ट्रिय भेलामार्फत एकता प्रक्रियामा समाहित भएका देवेन्द्र पौडेलले केही रात सँगै हुन नपाएको भन्दै आत्मभ्रत्सना गरे । उनले भने, “हामी झन्डै टाढा भइसकेको थियौँ । नयाँ शक्तिमा रहँदा लालसलामसमेत भन्न पाएनौँ । इमान्दार सिपाही पछि पर्न सक्छ, मैदान छाडेर भाग्दैन ।”

उनले माओवादी आन्दोलन खण्डित हुँदा परिवर्तन र यथास्थितिबादी शक्तिका टुुसा पलाएको जिकिर गरे । पछिल्लो निर्वाचनमा परिवर्तनकारी शक्ति कमजोर हुनु त्यसैको दृष्टान्त भएको उनको भनाइ थियो ।

त्यस्तै विप्लव माओवादीबाट विद्रोह गरी माओवादी केन्द्रमा मिसिएका जीवनले नेपाल कम्युनिष्ट पार्टी क्रान्तिका नाममा लुटिखाने गिरोह भएको भन्दै आक्रोस पोखे ।

फरक विचार राख्दा आफूमाथि साङ्घातिक हमला भएको भन्दै उनले आफू भन्दा पृथक विचार राख्नेमाथि भौतिक आक्रमणमा उत्रनु विप्लवको समाप्तीको बाटो भएको जिरह प्रस्तुत गरे ।

वृहत ध्रुविकरणमार्फत पार्टी एकीकरण प्रक्रियामा सयौँ परिवर्तनकारी शक्ति समाहित भएको कार्यक्रममा जानकारी दिइएको थियो ।

तस्बिर, रासस
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ६, २०७४  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro