site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाबुराम भट्टराइलाई आफ्नैले एकाएक किन छाड्दैछन् ?
SkywellSkywell

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको राजनीतिक भविष्यमा प्रश्न उठेको छ । पार्टी निर्माणका हर्ताकर्ताहरू एकपछि अर्को गरी बाहिरिन थालेपछि डा. बाबुराम भट्टराई बिलखबन्दमा परेका छन् । र, नयाँ शक्ति क्षीण बन्न पुगेको छ ।

नयाँ शक्ति परिकल्पना गरिएजस्तो वैकल्पिक शक्ति बन्न नसकेको भन्दै नयाँ शक्तिसँग सम्बन्ध विच्छेद गर्नेको संख्या थपिएपछि पार्टीका भविष्य के होला भन्ने चासो राजनीतिक वृत्तमा बढेको छ ।

माओवादी छाडेर वैकल्पिक शक्ति निर्माणका साथ नयाँ शक्तिमा गोलबन्द भएकाहरू पार्टी छाडेर पुरानै घरमा फर्किन थालेपछि नयाँ शक्तिको भविष्य अन्यौलग्रस्त बनेको छ यतिबेला ।

KFC Island Ad
NIC Asia

को–को बाहिरिए ?

गएको शुक्रबार नयाँ शक्तिबाट पार्टीका प्रभावशाली नेता देवेन्द्र पौडेल, वामदेव क्षत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिर्पाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईं, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवार बाहिरिए र ध्रुविकरण केन्द्रीय संयोजन समिति गठन गरे । अहिले उनीहरू माओवादी केन्द्रमा प्रवेश गर्नेबारे छलफल चलाइरहेका छन् ।

Royal Enfield Island Ad

त्यसको हप्ता दिन नवित्दै संघीय परिषद् सदस्य बलराम पुन नेतृत्वमा २ सय ६ जनाले देवेन्द्र पौडेल समूहलाई समर्थन गरेको संयुक्त विज्ञप्तिमार्फत् घोषणा गरेका छन् ।

यस्तै नयाँ शक्तिमा निष्कृय रहेका रामचन्द्र झा र रामकुमार शर्मा पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नयाँ शक्तिका सहसंयोजक रहेका महेश कोर्मोचाले पनि गत चैतमा पार्टी त्यागे । र विजय गच्छदारको लोकतान्त्रिक फोरममा प्रवेश गरे । त्यसअघि मुमाराम खनालले पनि भट्टराईलाई छाडेर हिँडे । अझ सबैभन्दा पहिला त भट्टराइलाई नयाँ शक्ति स्थापनाका बेला खम्बा मानिएका रामेश्वर खनालले छाडेका थिए ।

किन छाड्दैछन् नयाँ शक्ति ?
 

पार्टी गठनको दुई वर्षमा समेत नयाँ शक्तिले स्पष्ट राजनीतिक स्वरूप ग्रहण गर्न सकेन । ‘राजनीतिक निकाश, आर्थिक विकासको आकर्षक क्लेवरमा नयाँ यात्राको थालनी गरे पनि पार्टीले स्पष्ट धार पकड्न नसकेको नयाँ शक्ति छाड्नेको लहर चलेको बहिर्गमित नेताहरू बताउँछन् । पछिल्लो समय डा. बाबुराम भट्टराईको बाम आन्दोलनप्रति मोह भंग भएको र पार्टीको वर्गीय धार स्पष्ट हुन नसकेकाले नयाँ शक्ति समस्याग्रस्त बन्न पुगेको अधिकांश नेताको ठहर छ । 

बाबुरामलाई दशक लामो साथ दिएर केही दिनअघि बाहिरिएका नयाँ शक्तिका सूत्राधार देवेन्द्र पौडेलले नयाँ शक्ति वैकल्पिक शक्ति बन्न नसकेको बताउँछन् । नयाँ शक्ति मूलतः बाम आन्दोलनबाट आएका शक्तिहरूले गठन गरे पनि पार्टीले बाम चरित्र ग्रहण गर्न नसकेको र क्रमशः एलिटहरूको पार्टीमा रुपान्तरण हुन थालेको उनको आक्षेप थियो ।

“नयाँ शक्ति गठन गर्दा हामीले परिवर्तनका विभिन्न एजेन्डा उठाएका थियौँ,” पौडेलले बाह्रखरीसँग भने, “तर पार्टी गठनको यत्रो समय बितिसक्दा पनि एजेन्डा संस्थागत गर्न सकेनौँ र पार्टीलाई मूल मुद्दामा समाश्रित गराउन सकेनौँ ।”

उनले पार्टी गठनताका तय भएका आधारभूत सिद्धान्तअनुरूप नयाँ शक्ति नचलेको छ र बाबुराम भट्टराईले विकल्प नै दिन नसकेको दाबी गरे । “हामीले बाबुराम भट्टराईलाई विभिन्न विकल्प सुझायौँ । संगठन विस्तार, वर्गीय चरित्रको स्पष्टता, श्रमिक, उत्पीडित समुदायको बीचमा पार्टीलाई लैजाने कुरामा संयोजकको बेवास्ता देखियो,” पौडेलको आसय थियो, “त्यसैले हामीले नयाँ शक्ति छाड्यौँ ।”

उनले नयाँ शक्ति वैकल्पिक शक्तिको रूपमा स्थापित हुने भन्दा पनि यथास्थितिको पक्षपोषक बन्ने बाटो रोजेको टिप्पणी गरे । नीति, सिद्धान्त र कार्यदिशाका हिसावले वामआन्दोलनबाट विमुख रही सारमा एलिटहरूको पार्टी बन्ने खतरा बढेकाले माओवादी आन्दोलनबाट आएकाहरूको नयाँ शक्तिप्रति मोह भंग भइसकेको दाबी उनको थियो ।

उनले इतिहासको रक्षा र प्रगतिशील आन्दोलनको मोहका कारणले आफूहरू नयाँ शक्तिमा बसिराख्न नसकेको प्रष्ट्याए । उनले अहिलेको आवश्यकता वाम ध्रुविकरण र प्रगतिशील आन्दोलनको रक्षा भएको प्रष्ट्याए ।

“एउटा यथास्थितिबाटी कम्युनिष्ट शक्तिको नेतृत्व एमालेले गरिरहेको छ । त्यसको विकल्पमा अर्को वामशक्ति तयार पार्नुपर्छ । ध्रुविकरणको नेतृत्व बाबुरामले गर्नूहोस भनेर हामीले भन्यौँ, उहाँ सहमत हुनसक्नुभएन,” उनको भनाइ थियो ।

\"\"

बाबुरामको बाटो

नयाँ शक्ति एउटा वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभ्यासले २५ महिनामै केही नहुने नयाँ शक्तिकी नेतृ कल्पना धमला बताउँछिन् । उनले देवेन्द्र पौडेलहरूले राजनीतिक बेइमानी गरेको दाबी गरिन् । “बरु रामचन्द्र झाजीले नयाँ शक्ति नेपालको सन्दर्भमा आवश्यक रहेको तर नयाँ शक्तिले मूलधारको स्वरुप ग्रहण गर्न दश वर्ष लाग्ने र त्यतिन्जेल आफू पर्खन नसक्ने बताएर राजनीतिक इमान्दारी प्रस्तुत गर्नुभयो । तर, अरूले गरेनन्,” उनको भनाइ थियो ।

“सत्ता र शक्तिको आशक्ति भएकाहरूले नयाँ शक्तिबाट तत्कालै लाभ लिन सक्नुभएन,” उनले अगाडि भनिन, “आरोप जे लगाएर बाहिरिए पनि उहाँहरू राजनीतिक बेइमानीको चंगुलबाट उम्कन सक्नुभएन ।”

उनले कम्युनिष्ट, कांग्रेस दुवैले नयाँ शक्तिलाई उदाउँदो वैकल्पिक मानेकाले पार्टी कमजोर बनाउन लागिपरेको र पार्टीबाट बाहिरिनेहरू त्यसैको सिकार बनेको आरोप लगाइन् । “कम्युनिष्टहरूले सत्ता र शक्ति आर्जन गर्न ६८ वर्ष पर्खनु परेको छ । कांग्रेसको इतिहास पनि ७० वर्षको हो, दुई वर्ष पनि नपुगेको नयाँ शक्तिले सत्ता, शक्ति पाएन भनेर बाहिरिनेहरूलाई रोक्ने बिधि हामीसँग छैन,” उनको प्रष्टोक्ति थियो ।

उनले नयाँ शक्ति न एलिट न सर्वहाराको पार्टी भएको बताउँदै सर्वहारा बेचेर सत्ता आर्जन गर्नेहरूको विरुद्धमा गठन भएको समेत बताइन् । “सर्वहारा र एलिट दुवै यही देशका नागरिक हुन् । विभेद गर्न पाइँदैन । नयाँ शक्तिमा सबै अटाउँछन् । सबैलाई समेटेर आर्थिक विकासको बाटोमा हामी अघि बढ्नुपर्छ,” उनको भनाइ थियो ।

उनले नयाँ शक्ति वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियान भएकाले कोही बाहिरिँदैमा आन्दोलन कमजोर नहुने दाबी गरिन् ।  “मुलुकलाई आर्थिक हिसाबले समृद्ध बनाउन हामीले २५ वर्ष लक्ष्य अघि सारेका छौँ,” उनले भनिन्, “पर्खन नसक्नेहरू बाहिरिएका हुन् ।”

 

नयाँ शक्ति माओवादीको ‘कम्पोनेन्ट’ होइन
 

धमलाले नयाँ शक्ति फरक राजनीतिक शक्ति भएको दाबी गर्दै माआवादीको कम्पोनेन्ट हुन नसक्ने स्पष्ट पारिन् ।  माओवादी आन्दोलनप्रति मोह भएका र सत्ता र शक्तिको उन्मादमा रमाउन चाहनेहरूले नयाँ शक्ति छाडेको उनको भनाइ थियो ।

\"\"फाइल तस्बिर 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ५, २०७४  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro