site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६० प्रतिशतसम्म घट्यो म्युजिक भिडियो निर्माण, पल हुन् कारण ?
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । पछिल्लो समय म्युजिक भिडियो निर्माणको क्रम घढेको छ । ठूलो परिमाणमा म्युजिक भिडियो निर्माणमा गिरावट आएको छ ।

करिब ६० प्रतिशतसम्म म्युजिक भिडियो निर्माणमा कमी आएको निर्देशकहरू बताउँछन् । “पछिल्लो केही समययता करिब–करिब म्युजिक भिडियो निर्देशक फुर्सदिलाजस्तै भएका छौँ । ठूलो संख्यामा म्युजिक भिडियो निर्माणको क्रम घढेको छ,” निर्देशक निकेश खड्का भन्छन्, “यकिन तथ्यांक त कसैसँग पनि छैन, तर ६० प्रतिशतसम्मले भिडियो निर्माणमा कमी आएको छ ।”

म्युजिक भिडियो निर्माणका लागि सरकारी तथा गैरसरकारी कुनै पनि निकायसँग अनुमति लिनु वा दर्ता हुनु नपर्ने भएकाले यसको आधिकारिक तथ्यांक भने कसैसँग पनि हुँदैन ।

KFC Island Ad
NIC Asia

विदेशबाट आउने लगानी घट्यो 
गीत–संगीत र म्युजिक भिडियो निर्माणका लागि ठूलो रकम विदेशबाट आउँथ्यो । अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत, हङकङ, जापानबाट गीत र भिडियो निर्माणका लागि लगानी (पैसा) आउँथ्यो । तर, अहिले ती देशबाट लगानी आउन उल्लेख्य रूपमा कमी आएको छ ।

विदेशमा रहेका नेपाली जो गीत लेख्छन्, उनीहरूबाट नै प्रायः रेकर्डिङ र म्युजिक भिडियोका लागि लगानी हुँदै आएको छ । तर, उनीहरूले नै लगानी कम गरेपछि म्युजिक भिडियो निर्माणको क्रम ओरालो लागेको हो ।

Royal Enfield Island Ad

के हो कारण ? 
“यही नै कारण हो भन्ने हामीलाई पनि थाहा छैन । तर, लगानी गर्ने क्रम घटेको छ । युक्रेन–रुस युद्ध सुरु हुँदाको समयदेखि यहाँ म्युजिक भिडियो निर्माणको क्रम पनि घटेको हो,” निकेश भन्छन्, “युक्रेन–रुस युद्धकै कारण हो अथवा त्यो समयबाट कम हुनु संयोग मात्रै हो थाहा छैन । तर, लगानी आउन कम हुन थालेको समयचाहिँ त्यही बेलाबाट हो ।”

रुस र युक्रेनमा रहेका नेपालीले भने त्यति धेरै लगानी गीत–संगीत र म्युजिक भिडियोमा गर्दैन थिए, जति अरू देशमा रहेका नेपालीले गर्छन् । “तर, रुस–युक्रेन युद्धको आर्थिक असर हामीलाई पनि पर्छ कि भनेर पहिला नै सचेत हुनुभएको पनि हुनसक्छ,” निकेश भन्छन् ।

लकडाउनले पनि गरेको थिएन असर
कोभिड–१९ संक्रमणको त्रासका कारण भएको पहिलो लकडाउन केही खुकुलो भएपछि अनुमान गरेभन्दा धेरै म्युजिक भिडियो बनेका थिए । त्यति बेला सामान्य अवस्थामा भन्दा धेरै म्युजिक भिडियो बनेका थिए । तिजका गीतमा मात्रै पाँच करोड रुपैयाँभन्दा धेरै लगानी भएको थियो । चलचित्र क्षेत्र ठप्प भएर कामविहीन हुनुपरेका बेला चलचित्रका स्टार नायक/नायिकाहरूले पनि त्यो समय म्युजिक भिडियोमा अभिनय गरेका थिए ।

“लकडाउनले पनि प्रभावित नभएको म्युजिक भिडियो निर्माण अहिले सुस्ताएको छ । कोभिड–१९ संक्रमणको त्रास कम गर्न सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गरेर समेत कतिपयले म्युजिक भिडियो निर्माण गरेका थिए,” निकेश भन्छन्, “तर, अहिले सामान्य अवस्थामा भने घटेको छ । निर्देशकदेखि कलाकारसम्म फुर्सदिला हुन थालेका छन् ।”

निरन्तर घाटाको परिणाम 
पछिल्लो समय एउटै भिडियो निर्माण गर्न ठूलो बजेट लाग्ने गरेको छ । भर्खर सार्वजनिक भएको सुजन चापागाईंको गीत ‘घुमीघुमी...’ को भिडियो निर्माणमा २० लाख रुपैयाँ खर्च भएको निर्माण पक्षले जनाएको छ । केही समय अगाडि निर्माण भएको सत्यराज आचार्य र स्वरूपराज आचार्यको गीत ‘मै साब...’ को भिडियोमा २२ लाख खर्च भएको थियो ।

यति धेरै लगानी हुने गीतको आम्दानीको प्रत्यक्ष स्रोत भने युट्युबबाट आउने कमाइ मात्रै हो । युट्युबबाट लगानी उठ्ने सम्भावना करिब–करिब शून्यजस्तै हुने निकेश बताउँछन् । “एकाध गीतले युट्युबबाट लगानी उठाउँछन् । तर, यो अपवाद मात्रै हो,” उनी भन्छन्, “ठूलो लगानी भएका गीतले म्युजिक भिडियोबाट पैसा उठाउन सक्दैनन् ।”

त्यसैले लगातार घाटा हुनु तर रिटर्न्स कतैबाट हुन नसकेपछि लगानी हुन छोडेको हुन सक्ने उनको आशंका छ । “एउटै व्यक्तिले चार/पाँचवटा भिडियोमा लगानी गर्दा पनि त्यसको लगानी उठ्न नसकेपछि लगानीकर्ता फ्रस्टेड भएको हुनसक्छ,” निकेश भन्छन्, “नाम र दाम दुवै नभएपछि जे अपेक्षा लगानी गर्नेले गरेको थियो, त्यो नपाएपछि हात झिक्न थालेको हुनसक्छ ।”

करिब चार हजार म्युजिक भिडियो निर्देशन गरेका शिव विक पनि म्युजिक भडियो बन्ने क्रममा निकै कमी आएको बताउँछन् । विदेशबाट आउने लगानी कम भएको उनको भनाइ छ । “सामान्य समयमा १५ जनाले लगानी गर्थे भने अहिले मुस्किलले पाँचदेखि सातजनाले म्युजिक भिडियोमा लगानी गरिरहेका छन्,” उनी भन्छन्, “तिजमा पुनः गीत–संगीतमा लगानी बढ्ने र म्युजिक भिडियो पनि बन्ने अपेक्षा छ ।”

लगानी कम हुनुमा आर्थिक प्रतिफल नआउनु मुख्य कारण भएको उनको बुझाइ छ । लगानी गरेको मान्छेले त्यसको आर्थिक प्रतिफल पनि खोज्ने तर लगातार असफल भएपछि त्यसबाट हात झिक्न थालेको हुन सक्ने शिवको भनाइ छ । आफूले पनि अहिले निकै कम काम गरिरहेको उनी बताउँछन् ।

टिकटक अर्को कारण 
दर्शक टिकटकमा व्यस्त हुन थालेको निर्देशक शिवको अनुभव छ । आजकाल दर्शक युट्युबमा गएर गीत तथा भिडियो हेर्नेभन्दा पनि टिकटकमा दर्शक रमाउने गरेको उनी बताउँछन् ।

“टिकटक आएपछि दर्शक युट्युबमा गएर सात/आठ मिनेटको भिडियो हेर्नेभन्दा पनि टिकटकको एक मिनेटको भिडियोमा रमाउने गरेका छन्,” शिव भन्छन्, “दर्शक टिकटकमै छोटो भिडियोमा रमाउने भएपछि युट्युबका लागि निर्माण गरिने भिडियोमा लगानी किन गर्ने भन्ने पनि लगानीकर्ताको मानसिकता बनेजस्तो लाग्छ ।” गीत–संगीतसँगै टिकटकमा विश्वभरका विभिन्न सामग्री आउने भएपछि दर्शकको ध्यान त्यसतर्फ खिचिएको उनले बताए ।

पल शाह अर्को कारण 
म्युजिक भिडियो निर्माण घट्नुमा पल शाहको अनुपस्थिति पनि अर्को कारण भएको शिवको भनाइ छ । उनका लागि भनेर गाइएका गीत थुप्रै रहेको उनले जानकारी दिए ।

“पल शाह नहुनु पनि भिडियो निर्माण कम हुनुको एउटा कारण हो भन्ने लाग्छ । पललाई भिडियोमा राख्ने भनेर गाइएका थुप्रै गायक/गायिकाका गीत अहिले थन्किएका छन्,” उनी भन्छन्, “केहीले पल नभएपछि अरूलाई भिडियोमा खेलाए पनि धेरैले होल्ड गरेका छन् ।”

म्युजिक भिडियोको पहिलो रोजाइको मोडल तथा कलाकार नहुँदा यसको निर्माणमा कमी आउनु स्वाभाविक भएको उनी बताउँछन् ।

नाबालिगमाथि जबरजस्ती करणीको अभियोग लागेका पल अहिले पुर्पक्षका लागि थुनामा छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro