site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थ्रेट आएर पिरको सिन हटाएको होइन

काठमाडौं । पर्दा पछाडि केही लजालु र शान्त स्वभावका ‘प्रकाश सपूत’ कम बोल्न रुचाउँछन् । उनलाई विश्वास गर्ने हो भने प्रकाशले व्यक्तिगत रुपमा समाजलाई आँच पुग्ने वा कुनै वर्गलाई ठेस पुग्ने काम गरेका छैनन् । तर, उनै प्रकाशका सिर्जनाले भने बेला–बेला विवाद तानिरहन्छ । कहिले गीतमा प्रयोग भएका शब्दका कारण त कहिले भाका मिल्न गएका कारण । अनि कहिले गीतको भिडियोमा प्रयोग भएका दृश्यका कारण । उनको पछिल्लो ‘पिर’ गीतको विवादको कारण भिडियो बन्यो । 

प्रकाशको शब्द, स्वर र निर्देशन रहेको ‘पिर’को भिडियोमा तत्कालीन माओवादी जनयुद्धको समय र त्यसपछिको अवस्थालाई चित्रण गरिएको छ । तर, त्यसमध्ये केही दृश्यमा आपत्ति जनाउँदै चर्को आलोचना भयो । दर्शकको समर्थन पाए पनि नेकपा माओवादी केन्द्रका केही भगिनी संस्थाहरूको आलोचनापछि उनले गीतको भिडियो हटाएर पुनः अपलोड गरे । 
 
“कहिले काँही मेरा सिर्जनाहरूले, समाजलाई प्रतिबिम्बित गर्दा, समाजका गीतहरु गाउँदा त्यसमा दर्शक/स्रोता पक्ष/विपक्षमा आउँनुहुन्छ । यसलाई मैले विवादभन्दा पनि समीक्षाको रुपमा लिएको छु,” उनले भने ।
  
सिर्जना हटाउन अप्रत्यक्ष दबाब आए पनि व्यक्तिगत रुपमा प्रत्यक्ष भने कुनै दबबा नआएको प्रकाश बताउँछन्, “सिर्जनामाथि आएका थुप्रै टिकाटिप्पणीलाई मैले मनन् गरेँ । व्यक्तिगत रुपमा कुनै थ्रेट आएर वा कसैको आग्रहमा दृश्य हटाएको होइन ।  कसैको आफ्नो आत्मसम्मानमा ठेस पुग्यो भने सर्जकका हिसाबले म असफल हुन्छ,” उनी भन्छन्, “मैले जुन समूहको कथा उठाउन खोजेको थिएँ । जसको बेदना पोख्न खोजेको थिएँ । उहाँहरुले नै केही दृश्यमा आफूलाई रिलेट गर्न सक्नुभएन । उहाँहरुले त्यो रिलेट गर्न नसकेपछि हटाएको हुँ ।”

समाजको यथार्थलाई कलामार्फत पोख्न खोज्दा विवाद अनि दबाब आउँदा प्रकाशलाई कहिले दिक्क पनि लाग्छ । “अहिलेको समयमा म केही निरुत्साहित छु । मलाई अहिले अब यस्ता गीत नगरुँ कि भन्ने पनि लागिरहेको छ । अब गलबन्दी गाउने रमाइलो गर्ने हो भन्ने लागिरहेको छ,” प्रकाश केही हतास सुनिन्छन्, “तर म यही समाजको एउटा हिस्सा भएकाले र मेरा सिर्जनाको रुचीका हिसाबले मलाई समाजका लुकेका पक्षहरुबाट भाग्न सक्दिन होला । अब त्यस्ता गीत निकालिरहँदा म लिरिक्समा १० पटक हेर्छु होला । दृश्यमा ५० पटक हेर्छु होला । आफैंले आफैंलाई अंकुश लगाउँछु होला ।”

देशमा गणतन्त्र आइसक्दा प्रकाश भने आफ्नै सिर्जनामाथि अंकुश लगाउनुपर्ने यथार्थ पोख्छन् । उनका अनुसार नेतृत्त्व पंक्तिले जनयुद्धलाई गलत चित्रण गरियो भनेर मात्रै बुझे । तर, युद्धको राम्रो र नराम्रो दुबै पक्ष हुन्छ भन्ने तथ्य बुझेर पनि त्यसलाई उजागर गर्दा स्वीकार्न नसकेको आफूले अनुभूत गरेको उनी सुनाउँछन् ।

गीत अनि भिडियोमार्फत राजनीति गर्न खोजेको भन्ने आरोपको खण्डन गर्दै उनी आफूले राजनीति नगरेको स्पष्ट पार्छन् । उनै गायक प्रकाशसँग उनको ‘पिर’ गीतको विवाद, त्यसमा आएका प्रतिक्रिया र त्यसपछिको अवस्था तथा चलचित्रमा उनको डेब्यू र निरन्तरतालगायतमा केन्द्रित रहेर गरिएको भिडियोवार्ता ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro