site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आरआरआरको दुई दिनको ‘ग्रस कलेक्सन’ बाहुबली–२ को भन्दा बढी 
SkywellSkywell

काठामाडौं । पछिल्लो समय नेपालमा दक्षिण भारतीय चलचित्रको हाइप बढ्दो क्रममा छ । कोरोनाका कारण बन्द हललाई भारतीय चलचित्र ‘सूर्यवंशी’ले यसअघि दर्शक फर्काएको थियो ।

त्योसँगै दक्षिण भारतीय चलचित्र ‘पुष्पा : द राईज’ ले ह्वात्तै दर्शक बढाएर राम्रो व्यापार गर्न सफल भएको थियो । 

त्यसपछि हलमा दर्शकको चहलपहल केही मत्थर भएको थियो । चलचित्र रिलिज भए । तर, फाट्टफुट्ट मात्रै दर्शक हल पुगे । 

KFC Island Ad
NIC Asia

तर, दक्षिण भारतीय चलचित्र ‘आरआरआर’ले हलमा दर्शकको ओइरो लागेको छ । सुपरहिट चलचित्र ‘बाहुबली’ का निर्देशक एसएस राजमौलीको बहुप्रतीक्षित चलचित्र रिलिजअगावै दर्शक व्यग्र प्रतीक्षामा थिए । 

एकैसाथ विश्वका आठ हजार स्क्रिनमा रिलिज भएको यो चलचित्र नेपालका १५० हलमा प्रदर्शन भइरहेको छ । यो चलचित्रले कोरोना महामारीयताकै उच्च शो पाएको वितरक मनोज राठीले बताएका छन् । 

Royal Enfield Island Ad

“क्रेज राम्रो छ, बुकिङ पनि राम्रो छ, दर्शक आउन थालेपछि हलवाला खुसी छन्,” वितरक राठीले भने, “रिलिजको पहिलो दिन शुक्रबार र दोस्रो दिन शनिबार देशभरका हलमा फुल अकुपेन्सीमा शो सञ्चालन भएको छ । र, हल अझै हाउसफुल हुने क्रम जारी छ ।”

चलचित्रले ओपनिङ दिन र दोस्रो दिन गरेर कुल साढे दुई करोडको ग्रस कलेक्सन गरेको अ एट फिल्म्सका सञ्चालक निरज पौडेलले जानकारी दिए । 

यसले राजमौलीकै सुपरहिट चलचित्र बाहुबलीभन्दा बढी कमाइ गरेको पौडेल बताउँछन्, “आरआरको पहिलो दुई दिनको कलेक्सन बाहुबली–२ भन्दा माथि छ । यसले नेपाली साढे दुई करोडको ग्रस कलेक्सन गरेको छ ।” 

उनका अनुसार ‘बाहुबली–२’ ले रिलिजको पहिलो दिन शुक्रबार र दोस्रो दिन शनिबार नेपाली दुई करोड २५ लाख जतिको मात्रै ग्रस कलेक्सन गर्न सफल भएको थियो । 

‘आरआरआर’लाई नेपालमा गोपीकृष्ण मुभिजको सिस्टर कम्पनी अ एट फिल्म्स प्रालिले भित्र्याएको हो । भारु दुई करोडमा नेपाल ल्याएको निरज पौडेलले बताए ।

“हामीले आईसी तीन करोडमा ६ महिनाको सम्झौतामा यो चलचित्र नेपाल ल्याएका हौँ । विश्वबजारमा यसले बाहुबलीभन्दा माथिकै कमाइ गरेको देखियो । दुई दिनभित्र र यसको समीक्षा पनि राम्रै आएको छ । जसका कारण यो फिल्म एक महिनासम्म राम्रो चल्ने देखिन्छ,” पौडेलले भने ।

आरआरआरका प्रदर्शनका लागि सोमबारदेखि नै प्रिबुकिङ (स्पोट बुकिङ) खुला गरिएको थियो । आरआरआरका लागि पहिलोपटक स्पोट बुकिङको सिस्टममा टिकट बुकिङ सिस्टम ल्याएको पौडेल बताउँछन् । 

“हामीले सोमबारबाट आइतबारसम्मका लागि स्पोट बुकिङ खुला गरेका थियौँ । अर्थात्, अनलाइनबाट आफू कुन सिटमा बस्ने त्यो बुकिङ गर्ने व्यवस्था थियो । तर, टिकट भने हलमा नै गएर किन्नुपर्ने थियो । यो हामीले पहिलोपटक गरेका हौँ ।”

तर, रिलिजको तेस्रो दिन आइतबारबाट पहिलाजस्तै तीन दिनसम्मको अनलाइनबाटै टिकट बुकिङ गर्न मिल्ने भइसकेको छ । तेस्रो दिन आज आइतबार काठमाडौंका मल्टिप्लेक्समा स्क्रिननजिकै अगाडि रोका केही सिटबाहेक सबै टिकट बुक भइसकेका छन् । त्यसैगरी, सोमबारसम्मका लागि टिकट प्रायः फुल भइसकेका छन् । 

काठमाडौंका केही मल्टिप्लेक्सले शनिबार सबै शो ‘आरआरआर’ का लागि दिएका थिए ।

जुनियर एनटीआर, रामचरण, आलिया भट्ट र अजय देवगन मुख्य भूमिकामा रहेको यो चलचित्र १०० भन्दा बढी हलमा आइम्याक्स स्क्रिनमा प्रदर्शन भइरहेको छ । चलचित्र जम्मा तीन घण्टा एक मिनेटको रहेको छ ।

यति बेला हलमा आरआरआरका साथै भारतीय चलचित्र ‘द कश्मिर फाइल्स’, ‘बच्चन पाण्डे’ र नेपाली चलचित्र ‘चिसो एस्ट्रे’ प्रदर्शनमा छन् । तर, हलहरूले अरू चलचित्रको शो घटाएर आरआरआरको प्रदर्शनलाई प्राथमिकता दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro