site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिराको विकल्प ‘हिराजस्तै’ : अनलाइन व्यवसायमा रमाएका प्रकृति र श्रेया

काठमाडौं । प्रकृति थापा र श्रेया बिसी दिदीबहिनी हुन् । उनीहरूको दैनिकी मोबाइलबाट सुरु हुन्छ । 

बिहान उठ्नेबित्तिकै मोबाइलमा ग्राहकले पठाएका म्यासेजको रिप्लाई दिने, अर्डर लिने, ग्राहक घरमै आउँछन् कि डेलिभरी गर्नुपर्ने हो भनी यकिनमै उनीहरूको दैनिकी बितिरहेको छ । 

कोरोना महामारीपछि ३३ वर्षीया प्रकृति र २९ वर्षीया श्रेया मात्रै नभएर डिजिटल व्यवसायमा थुप्रै युवायुवती व्यस्त छन् ।  विगत ६ वर्षदेखि यी दिदीबहिनी ‘करिज्मा फेसन’नामक अनलाइन व्यवसायमा संलग्न छन् । 

उनीहरू लाखौँ पर्ने ‘हिरा’जस्तै देखिने, तर ‘हीरा’को विकल्पमा आएका आभूषण अनलाइन व्यवसायका सर्जक हुन् ।  झट्ट हेर्दा हिराजस्तै देखिने यी आभूषणलाई कतिपयले ‘अमेरिकन डायमन्ड’ र ‘रेप्लिका’ भन्ने गर्छन् । 

सुनको विकल्पमा सुनजस्तै देखिने आभूषणको प्रयोग हुन थालेको धेरै भइसक्यो । तर, नेपालमा पनि विगत केही वर्षयता डायमन्ड (हिरा) को विकल्पमा हिराजस्तै चमक दिने आभूषणको माग बढेको छ । जसमध्ये एक आभूषण हो अमेरिकन डायमन्ड । 

के हो अमेरिकन डायमन्ड ?

प्रकृतिका अनुसार डायमन्ड भनेको हीराजस्तै चम्किने, तर हिराभन्दा सस्तो स्टोन हो । 

“जसलाई अमेरिकन डायमन्ड र रेप्लिका पनि भनिन्छ । अमेरिकन डायमन्डको पनि ग्रेड हुन्छ,” उनले भनिन्, “हामीले व्यवसाय गरेको डायमन्ड ५ ए–ग्रेडको स्टोन हो ।” 

हस्तशिल्पका कारण अन्य आभूषणभन्दा ए–ग्रेडको अमेरिकन डायमन्ड ग्राहकको पहिलो रोजाइमा पर्ने गरेको प्रकृति बताउँछिन् । 

ह्यान्डक्राफ्टेड भएकाले अमेरिकन डायमन्डको फिनिसिङ रामो हुने श्रेयाको अनुभव छ । 

“यो रियल डायमन्डजस्तो देखिन्छ । बजारमा पाइने यस्ता डायमन्ड स्टोन गमले मात्रै टाँसेका हुन्छन्, “उनले भनिन् “तर, हामीले ह्याडवर्क गरेर रियल लुक्स्का लागि क्ल्पिङ गरेका छौँ ।”

घाम र पसिनाबाट नबिग्रने ‘५ ए–ग्रेडको अमेरिकन डाइमन्ड’को स्टोनमा लाइफटाइम र प्लेटिङमा पाँचवर्षको वारेन्टी हुने बताउँछिन् श्रेया । 

पर्फ्यूम, क्रिम, हेयर स्प्रे, साबुनपानीबाट बचाउन सके वारेन्टी सकिएको लामो समयसम्म चमक र गुणस्तरमा ह्रास नआउने प्रकृतिको भनाइ छ । 

५ ए–ग्रेडको अमेरिकन डाइमन्डलाई रियल हिरा भनी धेरै झुक्किने गरेको श्रेयाको अनुभव छ ।  “कतिपय ग्राहक सक्कली हिरा भन्दै हामीकहाँ आउनुहुन्छ । तर, मूल्य बताएपछि अचम्ममा पर्नुहुन्छ,” श्रेया भन्छिन् । 

आमग्राहकमा अमेरिकन डायमन्ड भन्नेबित्तिकै अमेरिकाबाटै आएको भन्ने बुझाइ रहेको बताउँदै यी आभूषण अमेरिकाबाट नभएर भारतबाट आउने उनीहरू बताउँछन् । 

रहर भएर पनि हिराका आभूषण प्रयोग गर्न नसक्नेहरूलाई लक्षित डायमन्ड पछिल्लो समय धनाढ्यको रोजाइमा परेको श्रेया बताउँछिन् । 

केकी अधिकारी, ऋचा शर्मा, स्वेता खड्का, दिया मास्केलगायतको रोजाइमा आफ्नो प्रोडक्ट परेको बताउँछन् यी दिदीबहिनी । 

पछिल्लो समय विदेशमा बस्ने नेपाली ग्राहकको रूपमा जोडिने क्रम बढेको अनुभव छ । 

ग्राहकको मागबमोसिजम कस्टमाइज सेट उपलब्ध हुने भन्दै करिज्मा फेसन’ सँग टिआरा, नेक्लेस, एयररिंग, ब्याङ्गल, ब्रुचेज र औंठी उपलब्ध रहेको उनीहरूले जानकारी दिए । 

नेपालमा अनलाइन व्यवसायलाई पार्टटाइम जबको रूपमा हेरिने गरेको बताउँदै यी दिदीबहिनी आफूहरू पूर्णकालीन रोजगारको रूपमा अघि बढ्ने योजनामा रहेको बताउँछन् । 

पसल खोल्दा पसलको भाडा र कर्मचारीको तलबका कारण सामानको मूल्य बढ्न जाने श्रेयाको अनुभव छ । 

“हाम्रो चिनारी गुणस्तरीय सामान भरपर्दो मूल्यमा दिन सक्नु हो,” उनले भनिन् । 

उपत्यकाका ग्राहकले डेलिभरी सुविधा पाउने बताउँदै उपत्यकाबाहिरका ग्राहकले केही शुल्क तिर्नुपर्ने बताउँछन् उनीहरू । 

ग्राहकको चित्त नबुझे आफूहरूले सामान फिर्ता लिने गरेको उनीहरूले बताए ।  “अनलाइन व्यवसाय भनेर हुँदैन । यसमा पनि उत्तिकै समय दिनुपर्छ,” उनीहरूले भने । 

आफूहरूले भित्र्याएको ए–ग्रेडको अमेरिकन डायमन्डले लोकप्रियता पाइरहेको बताउँदै उनीहरूले धेरै आभूषण भित्रिए पनि यो गुणस्तरका आभूषण नभित्रिएको दाबी गरे । 

हाल बेल्जियम, अस्ट्रेलियन डायमन्ड पनि रियल डायमन्डको विकल्प भएको भन्दै मूल्यका दृष्टिले तिनीहरू अमेरिकन डायमन्डभन्दा महँगो हुने गरेको उनीहरूले बताए । 

“हामीले सुरु गर्नुअघि यसको त्यति लोकप्रियता थिएन, उनीहरूले भने “तर, अहिले धेरै यसखालका गहना पाउन थालेका छन् । ती कम गुणस्तरका छन् ।” 

यसरी सुरु भएको थियो ‘करिज्मा फेसन’ 

‘करिज्मा फेसन’को सुरुवात हुनुमा प्रकृतिको अठोट र निडर स्वभावले काम गरेको छ । एसएलसी सकिएपछि कुनै कन्सल्टेन्सीमा काम गरेकी उनले पछि आफ्नै कन्सल्टेन्सी खोलिन् । 

फेसबुक स्क्रोल गर्ने क्रममा उनको नजर एकदिन अनलाइनमा आएका गरगहनाको विज्ञापनमा पर्‍यो । उनले त्यही अर्डर गरेर साथीको जन्मदिनमा दुई जोर गहना उपहार लगिन् । 

त्यसपछि यसअघि खरिद गरेको अनलाइन र बाहिरका निर्माण कम्पनीसँग कुरा गरेर ‘करिज्मा फेसन’नामक फेसबुक पेजमार्फत् गरगहनाको व्यवसाय सुरु गरिन् ।

सुरुसुरुमा उनले फेसबुक पेजमा फोटो राख्ने र अर्डर आए मात्र सामान ल्याउने गरिन् ।

तर, विस्तारै ग्राहक बढ्दै गए । जसले उनमा हौसला बढाउँदै लग्यो । दुई वर्षसम्म उनले अमेरिकन डायमन्डकै कम गुणस्तरका गरगहना बेचिन् । 

यतिञ्जेलसम्म उनको यसअघिको व्यवसाय चलिरहेको थियो ।  पहिलो प्राथमिकता कन्सल्टेन्सी भएकाले उनले यसमा ध्यान दिन सकिरहेकी थिइनन् । तर, उनलाई अनलाइन व्यवसाय बन्दै गर्न पनि मन थिएन । 

यसैक्रममा उनी बहिनी (श्रेया उनको बुबाको साथीकी छोरी हुन् ) सँग सुस्ताएको डायमन्ड व्यवसाय व्यवस्थित गर्ने प्रस्ताव लिएर पुगिन् ।  

डिजास्टर म्यानेजमेन्ट (विपद् व्यवस्थापन)मा स्नातकोत्तर सकेकी श्रेयालाई आफ्नै क्षेत्रमा काम गर्ने चाहना थियो ।  तर, अप्लाई गर्दा काम गरेको अनुभव खोज्ने भएकाले उनी दिक्क मानिरहेकी थिइन् । 

पढाइ र काम सँगसँगै लैजाने सपना पूरा हुन नसकिरहेको अवस्थामा दिदी (प्रकृति)को प्रस्तावलाई सहर्ष स्वीकार गरेर यसमै केन्द्रित भएको उनले बताइन् । 

“दिदीको प्रस्तावपछि म बाहिरका राम्रा ब्रान्ड खोज्न लागेँ । यसै क्रममा मैले ए–ग्रेडको अमेरिकन डायमन्डबारे पत्ता लगाएँ । त्यसपछि यही ग्रेडको प्रोडक्ट मात्रै बेच्न थाल्यौँ,” श्रेयाले सुनाइन् ।

इच्छाविपरीत डायमन्ड व्यवसायमा प्रवेश गरेकी श्रेया अहिले यसैमा रमाउन चाहन्छिन् ।  बुवाआमाले जागिर खान सुझाव दिए पनि आफू अनलाइन व्यवसायलाई नै राम्रो बनाउने योजना रहेको बताउँछिन्  ।

कतिपयले एक विषय पढेर अर्कै काम गर्ने भनी उडाउने गरेको बताउँदै उनी आफूले पढेकै विषयबमोजिम काम गर्नुपर्छ भन्ने नरहेको उनको धारणा छ ।

तस्बिर ः हरिश क्षेत्री


 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro