site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं ट्रिएनालेका आकर्षण के–के हुन् ?

काठमाडौं । प्रत्येक तीन–तीन वर्षको अन्तरालमा आयोजना हुने कन्टेम्प्रोरी कलाको भव्य महोत्सव ‘काठमाडौं ट्रिएनाले’को चौँथो संस्करण सुरु भएको छ । काठमाडौंका विभिन्न पाँच स्थानमा मंगलबार चौँथो संस्करण ‘काठमाडौं ट्रियनाले २०७७’ सुरु भएको हो ।

यस कला महोत्सवमा नेपाललगायत ४० देशका कलाकार सहभागी छन् । चौँथो संस्करणका क्युरेटरमध्ये एक शिलासा राजभण्डारीले गत वर्ष हुनुपर्ने यो कार्यक्रम कोरोनाका कारण धकेलिएको बताइन् । आफूहरूले त्यसबेला गरेको संघर्ष र तयारीलाई पुनः सम्झिन २०७७ राखेको उनले बताइन् । 

सन् २००९ मा संगीता थापाले गोजीको खर्चबाट यो कार्यक्रम ‘काठमाडौं इन्टरनेसनल आर्ट फेस्टिबल’ शीर्षकबाट सुरु गरेकी थिइन् । उनले यो कार्यक्रम सुरु गर्दा भर्खर जनयुद्ध सकिएको थियो । नेपाली कलाकार कलामार्फत उथलपुथलबीच शान्तिको खोजीमा केन्द्रित  थिए । त्यतिबेला कविता र पेन्टिङ हुन्थे ।

काठमाडौं ट्रिएनाले सुरु भएदेखि नै विविध खालका वाधा अड्चन छिचोल्दै  चौँथो संस्करणसम्म आएको उनको भनाइ छ । 

जनयुद्धपछि नेपाली कला क्षेत्र परिवर्तन भएको थापाको अनुभव छ । अहिले स्थानीय आर्टिस्टको ध्यान सामाजिक जनचेतना झल्काउनमा छ । यसअघि परम्परागत कला नेपाललाई चिनाउने बुद्ध, हिमालजस्ता कुरामा केन्द्रित थियो । 

पहिलो संस्करणमा सहभागी कलाकारको सल्लाह सुझावअनुरूप संस्थागत रूपमा नयाँ संस्करण आयोजना गर्ने उद्देश्यले सन् २०११ मा ‘सिद्धार्थ आर्ट ग्यालरी’ को स्थापन भयो । पछि सन् २०१२ मा सिद्धार्थ आर्ट ग्यालरीको आयोजना र केहीको सहयोगमा ‘काठमाडौं ट्रिएनाले’ शीर्षकसहित दोस्रो संस्करण सुरु गर्‍यो । जसको थिम ‘क्लाइमेट चेन्ज’ थियो । 

तर, आर्थिकलगायत विभिन्न कारणले प्रत्येक वर्ष महोत्सव असम्भव भएकाले तीन/तीन वर्षको अन्तरालमा गर्ने निर्णय गरी ‘ट्रिएनाले’नामसहित निरन्तरता दियो । तर, शीर्षकसँग कला महोत्सव मेल खाएन ।

भूकम्पका कारण सन् २०१५ मा तेस्रो संस्करण भएन । र, २०१७ मा तेस्रो संस्करण आयोजना गरियो । यस महोत्सवमा कलाकार भूकम्पको कहालीलाग्दो समय र त्यसले निम्त्याएको विनाशमा केन्द्रित भए । 

त्यसैगरी, चौँथो संस्करण सन् २०२० मा आयोजना गर्नुपर्ने थियो । तर, कोरोना महामारीका कारण यो संस्करण सन् २०२२ हुँदैछ ।

यस वर्षको विशेषता र ट्रिएनाले भइरहेका स्थान 
यस वर्षको कला महोत्सवको केन्द्र विश्व सम्पदा सूचीमा परेको ऐतिहासिक पाटन क्षेत्र हो । पाटन क्षेत्रमा थापाको पहिलेदेखि नै लगाव थियो ।

“पाटन, अझ इतिहास हेर्ने हो भने ललितपुर ललितकलाको सहर हो । ललितपुरमा, पौवा, मूर्तिकला देखाउन तिब्बत, मंगोलियादेखि धेरै कलाप्रेमी ऐतिहासिक, परम्परागत कला सिक्न आउथे । त्यसैले विशेष आकर्षण पाटन एरिया हो ।”

मार्च १ देखि सुरु भएको ट्रिएनाले मार्च ३१ सम्म तारागाउँ म्युजियम, सिद्धार्थ आर्ट ग्यालरी, नेपाल आर्ट काउन्सिल, पाटन म्युजियम–केशव नारायणचोक, सुन्दरीचोक र बहादुर शाह बैठकमा चल्नेछ । 

यहाँ ४० भन्दा बढी देशका १५० भन्दा बढी कलाकारको कला अवलोकन, उपनिवेशीकरण, आदिवासी अधिकार, लैंगिकता, नारीवाद, जनयुद्धलगायत विषयको अवलोकन गर्न पाइन्छ । 

नेपाल आर्ट काउन्सिल
नेपाल आर्ट काउन्सिलमा आफ्नो चिनारी, अस्तित्व, परिचयका लागि महिला, आदिवासी, बसाइँ सरी आएकाहरूको संघर्ष, लडाइ, भोगाइ समेट्ने कला राखिएका छन् । 

यहाँ राखिएका कलाको मुख्य थिम उपनिवेशीकरण आदिवासी अधिकार, लैंगिकता, नारीवाद, जनयुद्ध हो । यहाँ नेपाली र विदेशी गरी ५३ कलाकारको कला सजाइएको छ । 

म्यानमारमा महिलाको लुंगी, पेटिकोट, साडीमुनिबाट हिँड्दा अलछिन लाग्छ, पुरुषत्व हराउँछ भन्ने रुढीवादी मान्यता छ । जसका कारण सेना पनि लुंगीमुनिबाट हिँड्न डराउँछन् । 

सेनाप्रतिको आक्रोशित हुँदै म्यानमारका कलाकारले विभिन्न रंग अनि डिजाइनमा लुंगी सजाएका छन् । 

तारागाँउ म्युजियम 
तारागाउँ म्युजियममा मानवका कारण विश्वव्यापी वातावरण, जलवायु परिवर्तन र राजनीतक विपति कसरी निम्तिरहेको छ भन्ने खालका कला प्रदर्शन भइरहेका छन् । यहाँ नेपाली तथा विदेशी गरी ३२ कलाकारको कला हेर्न सकिन्छ । 

पाटन म्युजियम 
ट्रिएनालेको मुख्य आकर्षणको विन्दु पाटन म्युजियममा कलाका विभिन्न विषयमा छलफललगायत विभिन्न देशका धर्म, संंस्कृतिसँग सम्बन्धित तन्त्रमन्त्र, हिलिङ, पौभालगायत परम्परागत थिमको कला हो ।

यस म्युजियममा ३० वर्षभन्दा पुरानो मिथिला कला र एब्स्ट्रयाक्ट पेन्टिङकी मुख्य फाउन्डरको पेन्टिङ आकर्षक बन्नेछन् ।

यी कलाकार एब्स्ट्रयाक्ट कलाकी फाउन्डर स्विडिस महिला कलाकार हिल्मा एफ क्लिन्ट हुन् । भर्खरै मात्र संसारले उनलाई उनको योगदानको श्रेय दिन थालेको छ । 

महिला भएकै कारण उनको चिनारी वर्षौंसम्म छायाँमा परेको थियो । यसअघि वर्षौंसम्म वासिली कान्डिन्सकीले यसको श्रेय पाएकी थिइन् । पाटन म्युजियमभित्र केशव नारायणचोक र सुन्दरीचोकमा ट्रिएनाले भइरहेको छ । जहाँ ५२ कलाकारको कला प्रदर्शनीमा राखिएको छ । 

बहादुर शाह बैठक 
पाटकनकै अर्को मुख्य आकर्षण बहादुर शाह बैठकमा राखिएका कला हुन् । यो त्यही भवन हो, जहाँबाट पृथ्वीनारायण शाहका छोरा बहादुर शाहले युद्धका सबै योजना बनाउने, हतियार जम्मा गर्ने र सेना परिचालन गर्थे ।

त्यसैले यो भवनमा नक्सा, कार्टोग्राफीका कला सजाइएका छन् । यहाँ भौगोलिक र राजनीतिक बनावटको नक्सामात्रै नभएर विभिन्न धार्मिक परम्पराअनुसार गरिने बडी म्यापिङ अर्थात् कुण्डली राखिएका छन् । 

साथै, यहाँ कालो वर्णका नागरिक भाग्दा उनीहरूको कपाल/टाउकोमा नक्सा बनाएर पठाउने कुरालाई चित्रण गर्ने विदेशी कलाकारको फोटो पनि प्रदर्शनीमा छ ।

जारी काठमाडौं ट्रिएनालेमा ललितकला मात्रै नभएर हस्तकला, इलुस्ट्रेसन, मिथिलाकला, फोटोकलालगायत कलाको अवलोकन गर्न सकिन्छ । 

सिद्धार्थ आर्ट ग्यालरी 
यस्तै, सिद्धार्थ आर्ट ग्यालरीमा विशेषगरी प्रकृतिको चक्रपछाडि मानवनिर्मित प्रकोपको लचकताबारे कविता छन् । यो ग्यालरीमा भूकम्पदेखि दशकौँ पुराना प्रकोपलाई आधार बनाइएको छ । यहाँ चार कलाकारको कला समेटिएको छ । 

चौँथो संस्करणमा सिद्धार्थ आर्ट ग्यालरीसँग पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र हङ्कङको पारासाइट पनि जोडिएका छन् । 

पारासाइटकै कज्मिनले आर्टिस्ट क्युरेटरको जिम्मा लिएका छन् । त्यसैगरी, चौथो संस्करणका लागि नेपालबाट शिलासा राजभण्डारी र हितमान गुरुङ क्युरेटर हुन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro