site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कानुन कार्यान्वयन फितलो हुँदा हिमालमा फोहोर थुप्रिने क्रम रोकिएन !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । “कुनैबेला उत्तरतिर सेता, सफा र चम्किला हिमाल देखिन्थे । तर, अब हाम्रा हिमालहरू त्यति सेता रहेनन् । बरु दिनप्रतिदिन काला बन्दै गएका छन्,” लामो समयदेखि हिमाली क्षेत्रमा काम गर्दै आएका नापी विभागका उपसचिव इन्जिनियर खिमलाल गौतमले विगत सम्झिँदै भने ।

त्यसैगरी, सेभेन विमिन समिटबाट हिमाल चढेकी शैली बस्नेत सगरमाथा चढ्दाको अनुभव सुनाउँदै हिमाली क्षेत्रमा काला चट्टान र फोहोरको थुप्रो देखिन थालेको बताउँछिन् । सार्वजनिक रूपमै उनले भनेकी थिइन्, “हिमालमा हिउँँ पग्लिदैछ, काला चट्टान र फोहोरका थुप्रो देखिन थालेका छन् ।

विभिन्न प्रतिवेदनअनुसार नेपालमा कुल ३२६ हिमाल छन् । यिनै हिमालबाट उपलब्ध हुने पानी पिउन, सिँचाइका लागि प्रयोग गरेर दुई अर्ब मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पारेको छ । तर, हिमालमा फोहोर रोक्ने प्रयास भने भएको पाइँदैन । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सन् १९२० बाट हिमाल आरोहण सुरु भएको थियो । यद्यपि सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेसँगै हिमाल आरोहणमा पर्वतारोहीको आकर्षण बढ्यो । योसँगै हिमाली क्षेत्रमा फोहोर बढ्दै गयो । 

सुरुदेखि थुप्रिएको फोहोरका कारण हिमाल फोहोर देखिएको उपसचिव गौतमको बुझाइ छ । “आरोहण गरेको धेरै समयसम्म फोहोर सफा नगर्दा हिमालमा फोहोर बढेको छ । उतिबेला फाहोर संकलन गर्ने भन्ने थिएन । हिमाल सफा राख्न केही वर्ष यो अभियानलाई जारी राख्नुपर्छ,” उनले भने ।

Royal Enfield Island Ad

हिमाल आरोहण गर्न गएकाहरूले फोहोर थुपारिरहने र राज्यले कहिलेसम्म फोहोर टिपिराख्ने भन्ने प्रश्न पनि उठ्ने थालेको छ ।

पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ मा पर्वतारोही दलल पर्वतारोहणसम्बन्धी जानकारी लिनुअघि फोहोरमैला व्यवस्थापनका मन्त्रालयमा धरौटी राख्नुपर्ने, फोहोरमैला व्यवस्थापन गरिएको प्रमाण मन्त्रालयमा पेस गर्नुपर्नेलगायत कुरा उल्लेख छ । 

त्यसैगरी, सगरमाथा प्रदूषण नियन्त्रण समिति(एसपीसीसी)पनि कानुनी व्यवस्था गरिएको छ । यस समितिले पर्वतारोहीले आरोहण गर्दा प्रयोग गर्ने सम्पूर्ण सामानको निरीक्षण गरेर रिपोर्टमा राख्ने र फोहोर संकलन र व्यवस्थापनको काम गर्छ । 

तर, यसले हेलिकप्टोरबाट ढुवानी भएका सामानको रेकर्ड यसले राख्दैन । त्यस क्षेत्रमा हेलिकोप्टरबाट लगिएका सामानको अभिलेख कुनै पनि निकायले राख्ने सरोकारवालाहरू बताउँछन् । 

“काठमाडौंमा कुद्ने ट्याक्सीभन्दा बढी हेलिकोप्टर उड्छन्,” नाम नखुलाउने सर्तमा पर्यटन विभागका एक कर्मचारी भन्छन्, “सिजनमा यहाँ प्रत्येक पाँच मिनेटमा दुईवटा हेलिकोप्टर उड्छन् ।”

तर, विज्ञहरूले भएका कानुनको कार्यान्वयन पक्ष फितलो भएको बताउँदै आएका छन् । अभियान्ताहरू पनि हिमाल सफा राख्न राज्यको नीतिमा सुधार हुनुपर्ने बताउँछन् । 

आरोहणपछि फोहोर नल्याउनेको डिपोजिट जफत हुने एसपीसीसीका बेस म्यानेजर छिरिङ शेर्पा बताउँछन् । तर, उनलाई हेलिकोप्टरबाट हुने ढुवानीबारे जानकारी छैन ।

उनी भन्छन्, “काठमाडौंबाट पर्वतारोहीले लगेको सामानको नाम्चेमा मात्रै रेकर्ड राख्छौँ । त्यसबाहेक हामीलाई जानकारी हुँदैन । सामान फिर्ता आएन भने डिपोजिटको चार हजार डलर जफत गर्छौं ।”

पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले हेलिकोप्टरको रेकर्ड कतै राख्ने नगरेको, तर हेलिकोप्टरमा धेरै सामान लैजाने नगरेको दाबी गरे । भन्छन्, “हेलिकोप्टरले कति नै लैजाला र ? बढीमा ६ किलो ।”

विभागले डिपोजिट नभई सलामी राख्ने गरेको र सो सलामी रकम पाँच सयदेखि चार हजार डलरसम्म रहने गरेको उनको भनाइ छ । 

जरिबाना अत्यन्त न्यून भएकाले हिमालमा फोहोर गर्ने लापरबाही बढेको एक कर्मचारी बताउँछन् ।

२०औँ शताब्दीको मध्येबाट नेपालका प्रायः हिमाल आरोहणका लागि खुलेका थिए । तत्कालीन समयमा हिमालको धेरै महत्त्व थिएन ।  त्यसैगरी, हिमालमा थुप्रिएको फोहोरका कारण जलवायु परिवर्तनमा असर परी जिविकोपार्जनमा असर पर्छ भन्ने थिएन । त्यसैगरी, सेता फुलेका हिमाल काला हुन्छन् भन्ने कल्पना गरिएको थिएन । 

तर, अहिले हिउँँ छिटो पग्लिन थालेको छ । पर्वतारोही र तिनका सहयोगीले लगेका खाद्यपदार्थ, अक्सिजन सिलिन्डर र अन्य उपकरण धेरै देखिन थालेका छन् । 

एसपीसीसीले सगरमाथाको क्याम्प–२ सम्मको फोहोरलाई मात्रै व्यवस्थापन गर्छ । 

तर, फोहोरको थुप्रो दोस्रो शिविरभन्दा माथि शिविर–४ सम्म अर्थात् साउथ पोलमा टन्नै फोहोर भएको शेर्पा बताउँछन् । उनकाअनुसार सात हजार नौ सय मिटरमाथि साउथ पोलसम्म बढी फोहोर छ । भन्छन्, “क्याम्प १ र २ मा दिउँसो फोहोर देखिन्न । हिउँ पग्लिएका बेला फोहोर देखिन्छ । कति टन फोहोर छ भन्ने यकिन छैन । तर, त्यहाँ धेरै फोहोर छ ।”

फोहोर हटाउन अभियन्ताहरूले थुप्रै काम गरेका छन् । तर, पनि हिमालको फोहोर घटेको छैन ।

हिमालको फोहोर व्यवस्थापनमा सेना 
विगतमा वातावरण विभागले 'स्वच्छ हिमाल' अभियानको नाममा हिमाल सफाइ अभियान चलाएको थियो । तर, अब हिमाल सफाइको पूर्ण जिम्मेवारी नेपाली सेनाले पाएको छ ।

आगामी चैत २२ देखि जेठ २२ सम्म सेनाले ‘सफा हिमाल अभियान–२०२२’ सञ्चालन गर्दै छ । हिमाली भेगमा हिउँभन्दा फोहोरको थुप्रो बढ्न थालेपछि सेनाले 'सफा हिमाल अभियान' चलाउन लागेको हो ।

वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेल अरूभन्दा सेनासँग राम्रो अनुभव भएकाले अभियानको सम्पूर्ण जिम्मेवारी सेनालाई दिएको बताउँछन् । 

यसपालि सेनाले 'सफा हिमाल अभियान–२०२२' अन्तर्गत सगरमाथाबाट १४ टन, कञ्जनजंघाबाट १० टन, ल्होत्सेबाट ६ टन र मनास्लुबाट पाँच टन फोहोर संकलन गर्ने तयारी गरेको छ । 

गत वर्ष सगरमाथामा ४०४, ल्होत्सेमा १३१ र नुप्त्सेमा ३८ वटाले हिमाल चढ्ने अनुमति पाएका थिए । जसमा एसपीसीसीले मात्रै ६० हजार ३९ केजी आरोहण समूहबाट फोहोर संकलन गरेको थियो । जसमा ५५ हजार ६७६ केजी सगरमाथा बेस क्याम्प र चार हजार ३६३ केजीमाथिको क्याम्पबाट संकलन गरेको थियो । 

त्यसमध्ये २५ हजार ८६६ केजी जलाउन मिल्ने, २२ हजार ८०३ केजी मानव फोहोर, ६ हजार ७९ केजी भान्साबाट निस्केको फोहोर र पाँच हजार २९१ केजी जलाउन नमिल्ने फोहोर थियो । 

न्यून बजेट, जिम्मेवारी धेरै
‘सफा हिमाल अभियान’का लागि सेनाले १० करोड मागेको थियो । तर, सरकारले ८ करोडमात्रै बजेट छुट्याएको छ । 

सेनाले सगरमाथा र ल्होत्से हिमाल सफाइ तथा आरोहण अभियानका लागि ६ अप्रिल २०२२ देखि २९ मे २०२२ सम्म ५५ दिन र कञ्जनजंघा र मनास्लु सफाइ तथा आरोहण अभियानका लागि १६ अप्रिल सन् २०२२ देखि ३० मे २०२२ सम्म ४५ दिन सरसफाइ गर्ने योजना बनाएको छ ।

हिमालमा फोहोरको थुप्रोमा अझै पनि धेरै शव भएको अनुमान छ । आठ हजारभन्दा माथि देवासन भएका पर्वतारोहीलाई नियम संशोधन गरेर लास सोही वर्ष बेस क्याम्पमा झार्नुपर्ने नियम छ । 

तर, हिमालमा मौसमको कुनै भर नहुने बताउँदै उपसचिव गौतम शवसहित झर्न चुनौती हुने बताउँछन् । उनी भन्छन्, “सिंगै लास ल्याउनु, अन्य सामान लिएर आएजस्तो हुँदैन ।” 

मान्छे मरेपछि कमसेकम उसको बिमाले शव झार्ने व्यवस्था गर्दा ठिक हुने उनी सुनाउँछन् । “आठ हजारभन्दा माथि भएका बेस क्याम्पसम्म झार्न २० लाखभन्दा बढी लाग्छ । त्यहाँबाट उसको घरसम्म लैजान शव व्यवस्थापन गर्न अझ बढी खर्च लाग्छ । त्यसका लागि छुट्टै संयन्त्र व्यवस्था गर्नुपर्छ,” उनले भने ।

हिमालमा फोहोर कसरी थुप्रिन्छ ?
सगरमाथाको आधार शिविरको क्याम्प–२ मा कतिपय आरोहणका लागि चाहिने सामान त्यही हुन्छ । सबै सामान लैजान गाह्रो हुन्छ । टेन्ट र भाडाकुँडा तल ल्याउनभन्दा माथि राख्न ५० गुणा सस्तो पर्ने छिरिङ शेर्पा बताउँछन् ।

आधार शिविरबाट माथि भाडादर महँगो छ । अघिल्लो वर्ष राखिएका टेन्ट र सामान त्यहाँ राख्न नपाउने सामान्य नियम छ । तर, ती नियम कडाइका साथ कार्यान्वयन नहुँदा हिमालमा फोहोर थुप्रिएको छ ।

बेस क्याम्प अनुगमनका लागि सरकारले पर्यटन विभागबाट सम्पर्क अधिकृत खटाएको छ । तर, धेरैजसो बेस क्याम्प नपुगी झुटो सूचना विभागमा पुर्‍याउने गर्छन् । 

यद्यपि विभागले हाल भिडियो कल गरेर कडाइ गर्न सुरु गरेको विभागका निर्देशक उपाध्यायको दाबी गरे । 

बेस क्याम्प म्यानेजर छिरिङ शेर्पाको अनुभवमा आरोहीले अहिले कम फोहोर गर्ने गरेका छन् । तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बारम्बार फोहोर भनिदिँदा विदेशमा नराम्रो सन्देश गएका उनको भनाइ छ ।

हिमाल सफाइमा सेनाले देखिनेगरी राम्रो काम गरेको छ । तर, अन्तरसरकार समन्वय हुन नसक्दा समस्या सिर्जना भएको छ ।सरकारको मातहतमा रहेर काम गरिहेको गैरसरकारी संस्था एसपीसीसी र सेनाबीच सहकार्य हुन सकिरहेको छैन । पर्यटन विभागले समन्वय गराउनसके प्रभावकारी काम हुने देखिन्छ ।

तर, बोर्डका सीईओ धनञ्जय रेग्मी र पर्यटनमन्त्री प्रेम आलेबीचको विवादका कारण सम्मेलन अन्योलमा छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro