खेल
काठमाडौं । पूर्वअन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी कल्पना राणालाई नेपाल ब्याडमिन्टन संघले मंगलबार सहयोग प्रदान गरेको छ ।
संघको पहलमा पदाधिकारी, प्रशिक्षक, खेलाडी तथा अन्य शुभचिन्तकहरूबाट संकलन गरिएको १ लाख ६६ हजार ५६० रुपैयाँ बराबरको रकम तथा खाद्यन्न सहयोग गरेको हो ।
ब्याडमिन्टनकी पूर्वप्रशिक्षक तथा पूर्वराष्ट्रिय च्याम्पियन राणा लामो समयदेखि 'ब्लड क्यान्सर'सँग संघर्ष गर्दै आइरहेकी छन् । रोगकै कारण हाल उनले आर्थिक कठिनाइ बेहोर्दै आइरहेकाले संघले सहयोग गरेको हो ।
संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, सचिव नविनविक्रम शाह, प्रशिक्षक रजनी जोशी तथा किरण थापालगायतले ललितपुरको बिस्टछापमा बसोबास गर्दै आएकी राणालाई सहयोग प्रदान गरेका हुन् ।
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८ १७:१२
प्रतिक्रिया दिनुहोस्