site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालमा अब कोरोना संक्रमण घट्दै जान्छ ? 

काठमाडौं । माघ महिनाको पहिलो सातायता नेपालमा कोभिड–१९ संक्रमण उच्च रह्यो । देस्रो साता आइपुग्दा यो संख्या स्थिर छ । माघको दोस्रो साता नेपालमा कोभिड–१९ संक्रमण उच्च भएर क्रमशः घट्दै जाने सरकारको आंकलन थियो । गत साताको तुलनामा पछिल्ला दिनहरुमा दैनिक संक्रमणदर बढेको देखिँदैन । यो अवस्थालाई हेर्दा नेपालमा अब कोभिड संक्रमण घट्दै गएको हो अथवा अझै उच्च हुन्छ ?

यस्तो छ पछिल्लो अवस्था 
नेपालमा अहिले दैनिक ६ देखि १० हजारको हाराहारीमा नयाँ कोभिड–१९ संक्रमित थपिने गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माघ १४ गतेको तथ्यांक अनुसार नेपालको टेष्ट पोजेटिभिटी दर ३४.३६ प्रतिशत छ । माघ ६ गते एकैदिन  कोभिड संक्रमण अवधिकै सबैभन्दा धेरै १२ हजार ३३८ जना संक्रमित थपिएका थिए । माघ महिनाको १४ दिनमा नेपालमा १ लाख २३ हजार ३२० संक्रमित थपिएका छन् । योसँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ । हाल सक्रिय संक्रमित ८९ हजार ९४१ रहेका छन् । 

आगामी सातादेखि संक्रमण ओरालो लाग्दै जान्छ 
नेपालमा पछिल्लो साता देखिएको कोभिड–१९ को संक्रमणलाई तेस्रो लहरको उच्च बिन्दुको रुपमा विज्ञहरुले व्याख्या गरेका छन् । अहिलेको लहरमा नै संक्रमितको संख्या यो भन्दा उच्च हुने सम्भावना नरहेको उनीहरुको आंकलन छ । “यो साता नेपालमा कोभिड संक्रमण उच्च बिन्दुमा पुग्यो अब क्रमशः ओरालो लाग्दै जान्छ । आगामी सातादेखि संक्रमण ओरोलो लाग्दै जान्छ । जोखिमयुक्त क्षेत्रमा संक्रमितको संख्या केही बढ्नसक्छ । तर, अहिलेजस्तो उच्च भने हुँदैन,” इपिडिमियोलोजिष्ट डा. विराज कर्माचार्य भन्छन् । 

यो लहरमा फेरी संक्रमण उच्च हुँदैन 
कोभिड–१९ को पछिल्लो भेरियन्ट ओमिक्रोनका कारण निम्तिएको तेस्रो लहरको संक्रमण अब मत्थर हुने चरणमा रहेको विज्ञहरुको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल यही साता उच्च भएर संक्रमण घट्दै जाने र अब फेरी पहिलेकै रुपमा बढेर नजाने बताउँछन् । 

“अबका केही दिन संक्रमण स्थिर हुनसक्छ र पुनः पहिलेको जस्तो ¥यापिड्लिी बढेर जाने देखिँदैन,” डा. पौडेलले भने । यो लहरमा अब कोभिड–१९ को संक्रमण अहिलेकोभन्दा बढेर नजाने आंकलन छ वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको पनि । अस्पतालमा देखिएको संक्रमितको संख्या र काठमाडौंको पछिल्लो अवस्थालाई हेर्दा संक्रमितको संख्या उच्च नहुने देखिएको डा. पुन बताउँछन् । आगामी सातादेखि नै संक्रमण घट्दै जाने निम्न आधारहरु रहेको डा. पुनको भनाइ छ ।
अस्पतालमा कोभिड संक्रमितको चाप कम हुँदै जानु, समुदायमा अधिकांशमा संक्रमण भइसक्नु र अधिकांश संक्रमित होम आइसोलेसनमा नै रहेर निको हुनुले नेपालमा यो लहरमा अब कोभिड–१९ को संक्रमण उच्च हुने सम्भावना कम रहेको डा. पुनको दाबी छ । 

अस्पताल भर्ना हुने र मृतकको संख्या भने बढ्न सक्छ 
नेपालमा कोभिड–१९ संक्रमितको संख्या कम हुँदै गए पनि अस्पताल भर्ना हुने र  संक्रमणबाट मृत्यु हुनेको संख्या भने केही सातासम्म बढ्नसक्ने विज्ञहरुको आंकलन छ । “संक्रमणको वेगअनुसार संक्रमण उच्च भएपछि क्रमशः ओरालो लाग्दै जान्छ । परीक्षण कम भए पनि नेपालमा समुदायस्तरमा व्यापक संक्रमण फैलिएको हामीले देखिरहेकै छौं । यस हिसाबले पुनः संक्रमण एक्कासी बढ्ने सम्भावना त हुँदैन । तर, अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या भने केही साता बढ्ने नै देखिन्छ,” सरुवा रोग विशेषज्ञ डा. अनुप सुबेदी भन्छन् । 

“सिकिस्त संक्रमित भएर अस्पताल भर्ना भएको १० देखि १४ दिनलाई ब्ल्याक पिरियड कै रुपमा लिइन्छ । यो अवस्थामा बिरामीको ज्यान जे पनि हुनसक्छ । त्यसैले संक्रमण घट्दै गएको केही सातासम्म पनि मृत्यु हुनेको संख्या भने बढ्नसक्ने देखिन्छ”, संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाको तर्क छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro